Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

एक वर्षयता तीन सय नयाँ उद्योग दर्ता

\"\"म्याग्दी। म्याग्दीमा पछिल्लो एक वर्षयता करीब तीन सय वटा घरेलु तथा साना उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७४÷७५ मा २८४ वटा नयाँ उद्योग दर्ता भएको घरेलु तथा उद्योग विकास समितिको कार्यालयले जनाएको छ । यसैगरी ११३ वटा व्यावसायिक फर्म दर्ता भएको कार्यालयका खरिदार इन्द्र पौडेलले जानकारी दिए । अघिल्लो आवको तुलनामा उद्योग तथा फर्म दर्तामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आव २०७३/७४ मा १२४ उद्योग र ६८ व्यावसायिक फर्म दर्ता भएको थिए । स्थानीय तहले करको दायरामा ल्याउन पहल गरेको र व्यवसाय गर्नेहरुसमेत सचेत भएकाले दर्ता हुने क्रम बढेको वरिष्ठ उद्योग विकास अधिकृत शंकर झाले बताए । गत आवमा ११७ उद्योग र १६७ वटा वाणिज्य फर्म नवीकरण भएका छन् । छ वटा उद्योग र सात वटा वाणिज्य खारेज भएको छ । १६२ लघुउद्यमी र १७ जना महिला उद्यमीले ३५ प्रतिशत राजश्व छुटको सुविधा लिएर उद्योग दर्ता गराएका छन् । जिल्लाभर एक हजार ७१३ वाणिज्य फर्म र एक हजार ८२५ उद्योग दर्ता भएका छन् । उद्योग र फर्म दर्ता तथा नवीकरणबापत कार्यालयले रु ३२ लाख ७७ हजार ७९५ राजश्व संकलन गरेको छ । अघिल्लो वर्षमा रु २७ लाख ७९ हजार ९०० राजश्व संकलन भएको थियो । पछिल्लो समय कृषि, पशुपालन, वनपैदावार, होटल र सेवामूलक उद्योगको दर्ता बढेको खरिदार पौडेलले बताए । बीमा, बैङ्क कर्जा र अनुदान सुविधाका लागि व्यवसाय दर्ता भएको हुनुपर्ने नीतिगत व्यवस्था कारण वर्षांैदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हँुदै आएका उद्योग तथा फर्मसमेत दर्ता हुन थालेका छन् । यसैबीच कार्यालयले गत वर्ष २१ उद्योगी तथा व्यवसायीलाई उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत अनुदान दिएको छ । ४० जनाले आवेदन दिएकामा योग्य ठहरिएका २२ मध्ये २१ जनाले विभिन्न यन्त्र, उपकरण र औजार खरीद गर्न रु एक लाख बराबरको अनुदान पाएको समितिले जनाएको छ । बिस प्रतिशत स्वलगानी र असी प्रतिशत अनुदान रहेको उद्योग विकास अधिकृत झाले बताए । यसैगरी कार्यालयले गत वर्ष विभिन्न ठाउँमा ४४८ जनालाई सीपमूलक तालीम प्रदान गरेको छ । डकर्मी, अल्लो प्रशोधन, उद्यमशीलता, सिलाइकटाई, झोला तथा सल बुनाइ, धागो उत्पादन, उनी स्वेटर, हाउस वायरिङ, होजियारी, नागासल बुन्ने तालीम दिइएको समितिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending