Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

साउने झरीको पर्वाह नगरी उपत्यकाका नदी सफाइ

काठमाडौँ। साउने झरीको पनि पर्वाह नगरी उपत्यकाका नदी र चत्रपथ सफाइले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिबार सफाइ अभियन्ता वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा र हनुमन्तेलगायतका नदी किनारमा जम्मा भई सफा गर्छन् । वाग्मतीको विभिन्न स्थान र चक्रपथमा पनि सफाइ अभियान शुरु भएको छ । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी प्रत्येक हप्ता नदी किनारमा जम्मा भएर सफाइ गर्छन् । तर नदीको सफाइमा त्यति धेरै सफा देख्न नसकिएकाले सफाइको स्वरुपमै परिवर्तन गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । यद्यपि सफाइ महाअभियानले सामाजिक जागरण ल्याएर देशका १०० स्थानमा सफाइ अभियान चलेको छ । सफाइ अभियन्ताको सडक र चोकमा थुप्रिएको फोहरको डंगुरमा भने ध्यान जान सकेको छैन । गर्मी समयमा फोहरको थुप्रोले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ । उपत्यकाबाट २३ मेट्रिक टन फोहर व्यवस्थापन उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २३ मेट्रिक टन फोहर उठाइयो । सिस्डोलमा फोहर व्यवस्थापनका लागि समस्या भएकाले उठाइएको फोहर नदी किनारमै थुपारिएको सफाइ अभियन्ताले जनाएका छन् । वाग्मती सफाइ महाअभियानको २७२ औँ हप्तामा गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाई, ठकुरी समाज, सशस्त्र प्रहरी श्रीमती संघलगायत ३८ संस्थाका गरी ६०० बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी माला खरेलले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशिष घिमिरे लगायतको सक्रियता थियो । गत हप्तादेखि वाग्मती नदीभित्र लामो समयदेखि जमेको फोहर डोजर लगाएर झिक्न थालिएको समितिका सञ्चालक सदस्य खरेलले बताए । वाग्मती सफाइमा ब्लुक्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह परिचालन गर्दै आएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २३३ औँ हप्ताको कार्यक्रम आज यसै स्थानमा गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए । सफाइको संयोजन काठमाडौँ महानगरपालिका – ७ का अध्यक्ष शुद्धकुमार डंगोलले गरे । वाग्मती तिलगंगा खण्ड सफाइको १७३ औँ हप्ताको सफाइ पनि यहीँ गरियो । रुद्रमती सफाइको २२७ औँ हप्तामा रातोपुल–ज्ञानेश्वर–हुँदै कमलपोखरीसम्मको क्षेत्रमा जनचेतनामूलक अभियान गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । कमलपोखरीमा विशेष सफाइ गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिए । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, रुद्रमती रोट्रयाक्ट क्लब, महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायत दुई सय बढीको सक्रियता थियो । रुद्रमती आसपासका धेरै ठाउँमा १५ दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको उहाँले बताए । सिस्डोलमा फोहर नउठेकाले उपत्काका विभिन्न भागमा फोहर थुप्रिएको छ । विष्णुमती सफाइ अभियानको १९९ औँ हप्तामा टोखा नगरपालिकाको वडा नं ८ क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी र अभियन्ता गरी ४०० भन्दा बढी व्यक्तिको सहभागिता थियो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बिजेन लामाले राससलाई जानकारी दिए । सफाइमा टोखा नगरपालिका–८ की सदस्य निशा पाण्डेको पनि सक्रियता थियो । सदस्य पाण्डेको नेतृत्वमा वडाका टोल टोलमा छिरेर आफ्नो घर अघिको सरसफाइ आफैँ गर्न जागरणमूलक कार्यक्रम गरियो । सफाइ अभियान २०० हप्ता प्रवेश गर्ने अवसरमा साउन १९ गते विशेष कार्यक्रम गरिने उहाँले बताए । वाग्मती नदी किनारस्थित सुन्दरीघाट सफाइ अभियानको ८२ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८५ जना भन्दा बढी अभियन्ताको सहभागिता रहेकोे अभियानकर्मी चित्र सुनुवारले जानकारी दिए । मनोहरा नदी सफाइको ७० औँ हप्तामा जडबिुटीस्थित बिपी आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । चक्रपथ सफाइको ६८ औँ हप्तामा वनस्थली ढुंगेधाराचोकबाट स्वयम्भू स्वयम्भू ठूलो भ¥याङचोकसम्म सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्शलगायत संस्थाका गरी ३५० भन्दा बढी अभियन्ताको सहभागिता थियो । आजको सफाइबाट नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आलोकनगर क्षेत्र सफाइको ६८ औँ हप्तामा शान्तिनगर तीनकुने क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मातृशक्ति समूहले आलोकनगर र मीनभवन क्षेत्रमा सफाइ गर्दै आएको छ । चक्रपथ बाफल खण्ड सफाइको ५० औँ हप्तामा सीतापाइला चोकबाट सोल्टी दोबाटोसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्व सचिव किशोर थापालगायत ३०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी ताराबहादुर कुँवरले सुनाए । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभर १०० भन्दा बढी स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रि«क टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । फोहरको परिमाण उपत्यकामा काठमाडौँ, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवारीले उठाउँदा मापन गरिएका आधारमा तथ्यांक सार्वजनिक गर्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ महाअभियानको अनुरोधमा सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष समेत घोषणा गरेको छ । वाग्मती सफाइ महाअभियानले २०० हप्ता प्रवेश गरेका अवसरमा सरकारले सरसफाइ घोषणा पत्रनै जारी गरेको थियो । सरकारले घोषणापत्र जारी गरेपनि कार्यान्वयनमा ध्यान नदिएको अभियन्ताको गुनासो छ । दुई हप्तादेखि उपत्यकाबाट फोहर उठ्न नसकेपछि सफाइ अभियन्ताले सरोकार भएका सरकारी निकायमा वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending