Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल ६ वर्षमा पनि बनेन

जाजरकोट । जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको छ वर्ष बित्दा पनि जग मात्र ठडिएको छ । पुल निर्माणको जिम्मा सर्वउद्धार प्रन्डस जेभी कोटेश्वर काठमाडौँको फर्ममार्फत जाजरकोट सुवानाउलीका कर्णबहादुर थापाले लिएका थिए । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्झौता भएको पुलको ठेकेदारले समयमा काम नगर्दा अलपत्र परेको छ । तीनपटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेको छैन । समयमा निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ । स्थानीय जोखिम मोलेर खोलाबाट वारपार गर्ने गरेका छन् । महिला, बालबालिका, वृद्धवृद्धा, अपांगलाई खोला तर्न समस्या हुने गरेको छ । साना बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या छ । जिल्लाको पश्चिम सीमा, जुँगाथापाचौर, साल्मा, दसेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैकलगायत १५ गाविस, जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाई समस्या भएको छ । स्थानीयले निर्माण व्यवसायीलाई कडा कारबाहीको माग गरेका छन् । खोला बढ्दा दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री ढुवानीमा बाधा पुगेको छ । बालुवा बजारको यातायात बन्द भएको छ । यातायातका साधन मोर्क बजारमै थन्किएका छन् । निर्माणको जिम्मा लिएको ठेकेदारले काम नगरेर दोस्रो व्यक्तिलाई जिम्मा लगाउँदा निर्माणको काम अलपत्र परेको छ । व्यवसायीले तोकेको समयमा पुल नबनाउँदा यस क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या हुनुको साथै अन्य विकास निर्माणमा पनि बाधा पुगेको सीमा ९ स्यापीका पूर्णसमीर महताराले बताए । पुल नबन्दा थलह बजारसम्मको २५ किलोमिटर सडकमा यातायात चल्न सकेको छैन । सडक बने पनि यातायातको सुविधा नहुँदा स्थानीयलाई आवताजावतमा सास्ती हुने गरेको छ ।

पुल निर्माणका लागि हालसम्म रु ६० लाखभन्दा बढी रकम खर्च भइसकेको छ । २५ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको पुलका लागि पेस्की रकम बराबरको कामसमेत हुन सकेको छैन । व्यवसायीले प्रतिस्पर्धामा कामको जिम्मेवारी लिने अनि काम सम्पन्न गर्नेतर्फ बेवास्ता गर्ने प्रचलनले समस्या भएको जिल्ला समन्वय समितिले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies