Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८० बिहीबार | 30th November, 2023 Thu

विश्वमा जन्मियो नयाँ देश, बन्न चाहनुहुन्छ यहाँकाे नागरिक ?

सात वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको लिबरल्याण्ड नामक नयाँ देशको करिब डेढ महिना अघि जन्म भएको छ । यद्यपी यसको मान्यतालाई लिएर अन्तर्राष्ट्रिय समर्थन अझै जुटिसकेको छैन । यहाँ सरकारले नागरिकलाई कर नलगाउने घोषणा गरिसकेको छ । यहाँ नागरिकले आफूले तिर्ने कर आफैँ तय गर्नेछन् । कहाँ छ लिबरल्याण्ड ? डेन्यूब नदीको पश्चिमी तटस्थित सर्बिया र क्रोएशियाकोबीचमा ७ वर्ग किलो मिटरको यस्तो क्षेत्र छ, जुन भूभागलाई कुनै पनि देशले आफ्नो सिमाभित्र मानेका छैनन् । कहाँबाट आयो विचार ? विट जेडलिका, चेक गणराज्यको मेम्बर अफ कञ्जरभेटिव पार्टी फर फ्री सिटिजनका सदस्य हुन् । चेक गणराज्यमा जब उनी ट्याक्स फ्री कानुनको वकालत गर्दथे, तब हमेसा सबैले उनको मजाक उडाउँदै आफ्नै नयाँ राज्य बनाउन सुझाव दिन्थे । यस्तैमा जब उनलाई छिमेकमा यस्तो भूभागको बारेमा जानकारी मिल्यो, जुन कुनै पनि देशको नियन्त्रणमा थिएन । त्यसपछि उनले यस भूभागलाई एक नयाँ देशको रुपमा घोषणा गरिदिए । अहिले क्रोएशिया र सर्भिया दुबैले लिबरल्याण्डसँगको आफ्नो सिमा बन्द गरिदिएका छन् । चेक नागरिक विट जेडलिकाले सो भूभागलाई समेटेर १३ अप्रिल २०१५ मा नयाँ देश घोषणा गरिदिएका छन् । यस देशको नाम उनले लिबरल्याण्ड राखेका छन् । यो नयाँ देशको मूलमन्त्र ‘बाँचौं र बाँच्न दिऔं’ तय गरिएको छ । क्षेत्रफलका हिसाबले लिबरल्याण्ड भ्याटिकनसिटी र मोनाकोभन्दा ठूलो छ । यहाँको आधिकारिक भाषा चेक र अंग्रेजी हो । यस नयाँ देशले निर्णय गरेको छ कि यहाँ पनि भ्याटिकनसिटीमा जस्तै कुनै सेना रहनेछैन । पाँच हजार मानिसलाई नागरिक बन्ने निम्ता विट जेडलिकाले सुरुमा केवल ५ हजार मानिसलाई लिबरल्याण्डको नागरिक बन्न आवेदन खुलाएका थिए । जब अनलाईन आवेदन खुलाइयो, तब तत्काल त्यहाँको नागरिक बन्न चाहने मानिसको संख्या १ लाख ६० हजार पुग्यो । हाल यो संख्या साढे दुई लाख पार गरिसकेको छ । लिबरल्याण्डको आधिकारिक वेवसाइटका अनुसार कम्युनिष्ट, नाजी र चरमपन्थीबाहेक अन्य जो कसैलाई यो देशको नागरिक बन्ने छुट छ । यसै आधारमा नागरिकता दिइनेछ । मात्र नर्वेको  समर्थन सामान्यतया कुनै पनि याँ देश निर्माणका लागि चारवटा अनिवार्य सर्त हुन्छन् । निश्चित सिमारेखा, नागरिक, एक स्वीकार्य सरकार र अन्तराष्ट्रिय मान्यता । हालसम्म यस देशले आधिकारिक रुपमा लिबरल्याण्डको मान्यता पाएको छैन । नर्वेले भने यस देशलाई मान्यता दिइसकेको छ । अष्ट्रियासँग पनि यसबारेमा सकारात्मक कुराकानी भइरहेको छ । हालसम्म भर्चुअल कन्ट्री क्रोएशिया र सर्भियाको आपत्ति तथा अन्य देशबाट अझै मान्यता प्राप्त नभइसकेकाले यो देश हालसम्म भर्चुअल कन्ट्रीको रुपमामात्रै अस्तित्वमा छ । यसका राष्ट्रपति जेडलिका आफूले बनाएको देशमा जानेक्रममा दुई पटक क्रोएशियामा गिरफ्तार भइसकेका छन् । उनका अनुसार छिट्टै अनलाइन चुनावबाट एक स्वीकार्य सरकार निर्वाचित गरिनेछ । लिबरल्याण्डको नाममा बनाइएको फेसबुक पेजलाई १५ लाखभन्दा बढी मानिसले लाइक गरिसकेका छन् । स्रोतः आइचोक
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies