Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

खुला दिसामुक्त गाविसमा चर्पी नभएको बजार

सुर्खेत,  सुर्खेत जिल्लालाई यही जेठ महिनाको अन्तिमसम्म खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । यस अघि जिल्लालाई वैशाख १ गते नै खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता गरिएको थियो । विभिन्न कारणले वैशाख महिनामा जिल्ला खुला दिसामुक्त हुन नसकेपछि पुनः जेठसम्म लम्व्याइएको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नका लागि अभियान नै चलाएर करिब सबै गाउँ विकास समितिहरुलाई पनि खुला दिसामुक्त गरियो । अब सावकिको छिन्चु गाविस र लेखपराजुल गाविस तथा बिरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेको छ । खुला दिसामुक्त गाविस घोषणा हुने मध्ये कै एउटा गाविस हो सुर्खेत निर्वाचन क्षेत्र नं. २ मा पर्ने कल्याण गाविस पनि । खुला दिसामुक्त घोषणा भइसकेको गाविस भएपनि अहिलेसम्म कल्याणका सार्वजनिक ठाउँहरु र बजार मै चर्पी निर्माण भएका छैनन् । भएका चर्पीको समेत सार्वजनिक ठाउँमा गतिलो प्रयोग हुन नसकेको पाइएको छ । कल्याण–५ मा रहेको सरस्वती उच्च माध्यामिक विद्यालय नजिकैको स्थानीय बजारमा अहिले पनि चर्पी निर्माण भएका छैनन् । स्याउली बजारका रुपमा चिनिने उक्त बजारमा करिब २० घरहरु रहेका छन् । तर ती मध्ये सडकको तल्लोपट्टी रहेका घरहरुमध्ये एउटा घरबाहेक सबैमा चर्पी छैनन् । स्थानीय व्यापारीहरुले व्यापार चम्काएपनि विभिन्न कारण देखाउँदै चर्पी निर्माण गरेका छैनन् । उक्त बजारको तल्लो पट्टीको भाग सोही सरस्वती उच्च माध्यामिक विद्यालयको हो । यसले गर्दा पनि विद्यालयले चर्पी निर्माण गरिदिनुपर्ने माग व्यवसायीहरुको रहेको छ । अहिले विद्यालयले त्यहाँ घर बनाएर व्यापार गरिरहेका व्यापारीहरुबाट एक मिटरको ४० रुपैयाँका दरले भाडा उठाउने गरेको छ । व्यवसायीहरुबाट भाडा लिने भएकोले विद्यालयले नै चर्पीको व्यवस्था गरिदिनु पर्ने माग आफूहरुको रहेको स्थानीयले बताए । जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने अन्तिम तयारी भइरहेको अवस्थामा घोषणा गरिएका गाविसहरुको अनुगमन  गर्ने क्रममा कल्याणको यो बजारमा यस्तो अवस्था देखिएको हो । बजारका स्थानीय व्यापारीहरुलाई ध्यानमा राखी एउटा सार्वजनिक चर्पी पनि निर्माण गरिएको थियो । महिला र पुरुषका छुट्टाछुट्टै कोठा बनाइएको उक्त चर्पी अहिले स्थानीयको लापर्वाहीले बन्द भएको छ । चर्पीमा जोडिएको धाराहरु बन्द भएका छन् । धाराका टुटीहरु पनि भाँचिएका छन् । अनुगमनका क्रममा सार्वजनिक शौचालयका बारेमा बुझ्दा स्थानीय नागरिकहरुले पानी नभएर चर्पी बन्द भएको बताएका थिए । तर चर्पीको माथी पानी ट्याङ्की पनि राखिएको छ । स्थानीयहरुले आफूहरु अस्थायी रुपमा बस्ने भएको र अर्काे ठाउँको घरमा शौचालय भएको बताएका छन् । उनीहरुले आफ्नै घरको शौचालय प्रयोग गर्ने बताए पनि बजारमा आउने अरु उपभोक्ताहरुलाई पनि दिसापिसावका लागि खुला जंगलमै जानुपर्ने अवस्था रहेको छ । विद्यालयले भाडा उठाउने यो बजारमा विद्यालयले बजारको लागि चर्पी निर्माण गरिदिनु पर्ने निर्णय भएको थियो । तर विद्यालयले अहिलेसम्म पनि चर्पी निर्माण नगरेको गाविस सचिवको भनाइ छ । यता विद्यालयका प्राचार्य नारायणदत्त तिवारीले बजारमा सार्वजनिक शौचालय भएको र आवश्यकताअनुसार विद्यालयको चर्पी पनि प्रयोग गर्न सकिने भएकोले चर्पी निर्माण नभएको बताए । बजारबाट आफूहरुले एक मिटरको ४० रुपैयाँले मात्रै भाडा लिने भएकोले त्यसले केही पनि नहुँने बताए । सरस्वती उच्च माविका शौचालयहरु पनि पूर्णरुपमा सरसफाईविहिन छन् । आधा दर्जन शैचालय भएपनि प्रयोगमा एउटा पनि छैनन् । चर्पीमा सरसफाईको अवस्था निकै कम्जोर छ । बन्द शौचालयका बाहिर नै खुला रुपमा विद्यार्थीले शौच गरेको पाइएको छ । विद्यालयले पानीको अभाव रहेको बताएको छ । तर विद्यालयमा दैनिक एकपटक पानी आउने गर्दछ । त्यसका लागि पम्पको प्रयोग गरिएको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अन्तिम तयारी भएको अवस्थामा अनुगमनमा यस्तो अवस्था देखिएपनि चुनौती थपिएको छ । अनुगमन समितिले गाविस सचिव, स्थानीय नागरिकहरु र विद्यालयलाई तत्काल चर्पीको निर्माण तथा सुधार गर्न निर्देशनसमेत दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies