Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

एसिया कपको खेल तालिका सार्वजनिक, नेपालले खेल्न पाउने संभावना छ ?

काठमाडौँ। आगामि भदौ ३० गते अर्थात सेप्टेम्बर १५ देखि संयुक्त अबर इमिरेट्स, युएईमा आउँदो सुरु हुने एसिया कप क्रिकेट २०१८ को खेल तालिका सार्वजनिक भएको छ । सेप्टेम्बर २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट मान्यता प्राप्त पाँच देश र छनौट भएर जाने एक गरी ६ देशले प्रतिस्पर्धा गर्ने छन् । नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबिच छनौट प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धाको विजेताले एसिया कपमा स्थान बनाउने छ । यसको विजेता टिमले एसियाका टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्न पाउने छन् । भारत र पाकिस्तान समूह ए मा छन् । छनौट प्रतिस्पर्धाको विजेता पनि यहि समूहमा रहनेछ । यसको अर्थ नेपालले छनौट प्रतिस्पर्धा जितेमा भारत र पाकिस्तानसँगको समूहबाट खेल्नु पर्नेछ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । समूह चरणका खेल सेप्टेम्बर १५ देखि २० तथा सुपर ४ का खेलहरु सेप्टेम्बर २१ देखि २६ सम्म हुनेछ । फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ । सन् २०१६ मा ट्वेन्टी-ट्वेन्टी फर्म्याटमा भएको एसिया कप यसपटक एक दिवसीय फर्म्याटमा हुँदैछ । एसिया कपको साबिक विजेता भारत हो । पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले एसिया कपका लागि ६ टिम सम्मिलित छनौट प्रतियोगिता खेल्दैछ । जसमा एक दिवसीय मान्यता प्राप्त देश युएईसँगै हङकङ, ओमान, सिंगापुर र मलेसिया रहेका छन् र नेपालले यिनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । गएको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनौटमा एसोसिएटतर्फ शीर्ष तीनमा अटाउन सफल हुँदै एक दिवसीय मान्यता पाएको नेपाल अहिले बेलायत र नेदरल्याण्ड्स भ्रमणमा छ । नेपालले जुलाई २९ मा लड्र्समा ट्राई सिरिज र अगष्ट पहिलो हप्ता नेदरल्याण्ड्ससँग उसैको मैदानमा एक दिवसीय शृङ्खला खेल्दैछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies