Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

चार दशकपछि परम्परागत ‘साउने डोला’, हेर्नेको घुँईंचो

भीमदत्तनगर। राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको छ । सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना थामहिला वेषभूषासहित पुरानो गीत गाउन थालेपछि गाउँमा हेर्नेको भीड नै लागेको थियो । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास गर्दै आएका राना थारु समुदायले परम्परागत रुपमा हरेक वर्ष साउन महिनाको पूर्णिमाको तीन दिन अगाडि तीज बनाउने गर्दछन् । सोहीअनुसार १५७ परिवार राना थारुको बसोबास रहेको बागफाँटामा वडा सदस्य साहेब रानाको पहलमा तीज मनाइएको हो । भाइ र भतिजको दीर्घायुका लागि राना थारु समुदायका महिला वर्त बस्ने गरेको वडासदस्य रानाले बताउनुभयो । “बिहान चोखो बसेर वर्त उपसना बस्छन् ।” उनले भने – “दिउँसो थारु परिवार ९सिमही, पुरी बनाएर पूजाअर्चना गर्छन् ।” त्यसका साथै गाउँमै पिङ ९साउने डोला० बनाएर महिला परम्परागत गीत गाउँदै डोलामा रमाउने परम्परा छ । तीजका लागि बस्तीमा तोकिएका नौकरले सबैलाई खबर गरेपछि सामूहिकरुपमा तीज मनाउने विषय तय हुन्छ । “पिङ त साउन १ गते नै तयार भइसक्छ ।” रानाले भने– “पिङ चढेर परम्परगत गीत गाउँदा वर्षा हुने धार्मिक मन्यता रहेको छ ।” साउनमा वर्षा होस् भनेर पिङमा रमाउँदै गीत गाउने प्रचलन छ । विसं २०३९ देखि बागफाँटामा राना समुदायको बसोबास रहेको बताउँदै रानाले गाउँमा झण्डै चार दशकपछि पिङ स्थापना गरेर परम्परागत तीज मनाइएको बताए । “तीज बिर्सजन हुँदा पिङ नदीमा बगाउने चलन छ ।” उनले भने – “पछिल्ला वर्षमा तीज मनाए पनि पिङ स्थापना गर्न भने छाडिसकेका छन् ।” उहाँले आफूले पनि पहिलो पटक पिङसहितको तीज मनाएको बताउँदै उनले पिङबारे नयाँ पुस्तालाई पनि जानकारी भएको बताए । यहाँका विभिन्न स्थानीय तहमा राना थारु समुदायको बसोबास रहे पनि उनीहरु तीज भने गाउँका भलमन्साको सुझावअनुसार फरक÷फरक दिन मनाउने गर्दछन् । “गाउँमा भलमन्साले भनेअनुसार नै तीजको मिति तय गरेर मनाउने काम भइरहेको छ ।” उनले भने– “परम्परागत पिङ भने लोप हुने अवस्थामा पुगेको छ ।” रानाले आफू समुदायको कला, संस्कृति र परम्परा संरक्षणका लागि पहल गर्ने बताए । कञ्चनपुरमा थारु संग्रहालय स्थापना गरेर यहाँका थारु समुदायको संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने भनिए पनि त्यसको ठोस पहल हुन सकेको छैन । कञ्चनपुरको शंकरपुर, गञ्ज, कस्बा, पुरैना, जाइँ, देखतभुली, दैजी, भीमदत्तनगरपालिका र बेदकोटमा राना थारुको बसोबास छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies