Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

मनकारी वडाध्यक्षः वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई, भने ‘म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ'

भीमदत्तनगर। भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुग्नुभयो । अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए । सोही अनुसार वडा कार्यालयबाट अध्यक्ष कुँवरले स्थानीय तहमा निर्वाचित भएपछि पाएको वर्ष दिनको तलब गाउँमै वितरण गरेका छन् । ‘मैले निर्वाचनमा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएकै थिएँ ।’ नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष कुँवरले भने–“यो जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोगस्वरुप दिएको हुँ ।” ज्येष्ठ नागरिक समक्ष कार्यकालभरिको रकम आफू समाजमै परोपकारी काममा दिने पनि उनले बताए ।” प्रतिव्यक्ति रु एक हजार पाँच सयका दरले १६३ जनालाई रकम वितरण गरिएको छ । “यहाँ आउन नसेका वृद्ध/वद्धालाई घरमै गएर पनि रकम दिन्छु,” अध्यक्ष कुँवरले भने– ‘म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ ।’ तलब वापत पाएको रु दुई लाख ६२ हजार वडा कार्यालयका पदाधिकारीको सहयोगमा उgले आफै वितरण गरेका थिए । वडा अध्यक्ष कुँवरले जनप्रतिनिधिले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनिय हुने तर्क गरे । “हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,” अध्यक्ष कुँवरले भने– “पाँच वर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।” वडाध्यक्षको मासिक तलब रु २२ हजार छ । ‘यहाँका ज्येष्ठ नागरिक मेरा अभिभावक हुन,” उनले भने–“उहाँहरुकै आर्शीवादले म राजनीतिमा अघि बढ्नेछु ।” वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । उनीहरुले अध्यक्ष कुँवरलाई जयजयकार गर्दै आर्शीवाद समेत दिएका छन् । तीन दशकदेखि गाउँमा बस्दै आउनु भएका ८६ वर्षीय लालबहादुर कुँवरले पहिलो पटक गाउँमा तलब रकम बाँडेको देखेको बताए । ‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौं,’ उनले भने–“तर यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका हौं ।” एक सय पाँच वर्षीय झुसिदेवी विष्टले भने–“अध्यक्षले राम्रो काम गरे, जुगौंजुग बाँचिरहुन ।” पालैपालो रकम वितरण गर्दा अध्यक्षलाई अंगालो हार्दै कतिपय वृद्धाले खुशीका आँशु समेत झारे । त्यसैगरी स्थानीय ७७ वर्षीय रामबहादुर विष्टले मनकारी अध्यक्ष पाएकोमा खुशीयाली समेत साटासाट गरेँ । अध्यक्ष कुँवरले तलब रकम वडामै वितरण गर्नुभएको सम्भवतः प्रदेश नं. ७ मा नै यो पहिलो घटना हो । स्थानीय प्रतिनिधि आएसँगै गाउँमा सडक, खानेपानी, विद्युत्, नदी नियन्त्रणका लागि तटबन्ध लगायत क्षेत्रको विकास समेत भएको स्थानीयवासीको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies