जाजरकोट । यहाँका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्खायामको भलले छियाछिया पारिदिएको छ । जमीन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय सरकारले निर्माण गरेका सडक वर्षाको भलले कतै भत्काएको छ भने कतै बाटो पुरिदिएको छ । वातावरणीय प्रभाव मूल्यांकन बिना खनिएका यहाँका सडकले दर्जनौँ गाउँसमेत जोखिममा पारेको स्थानीयवासी बताउँछन् ।
छेडागाड नगरपालिकाले खनेको आन्तरिक सडक वर्षाको भलले बगाउँदा अहिले यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । यो नगरपालिकाले कति सडक निर्माण गरेको छ भनी सोध्दा नगरप्रमुख लालबहादुर महतराले सडक त खनियो तर कति किलोमिटर पुग्यो थाहा छैन उनले भने । उक्त नगरपालिकाले वडा ७ र ८ वडामा मात्र सडक निर्माण नभएको र अन्य सबै वडामा सडक सञ्जालले छोएको उनले जानकारी दिए । सडक निर्माण गरिएका सबै ठाउँमा अहिले यातायात सेवा बन्द भएको छ । वर्षाको भलले सडक अवरुद्ध बनाएपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो । त्यस्तै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले आफ्नो गाउँपालिकाभित्र निर्माण गरिएको सडकको यकिन विवरण आउन नसकेको बताए । यो गाउँपालिकाभित्र आन्तरिक रुपमा सञ्चालनमा रहेका सबै सडक अवरुद्ध भएकाले अहिले यातायातका साधनहरु चल्न सकेका छैनन् । त्यस्तै जुनिचाँदे गाउँपालिकाभित्र २० किलोमिटर सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए । यो गाउँपालिकामा यातायातका साधनहरु सञ्चालन छैनन् । सडक निर्माणका काम भइरहेकोले अर्को वर्ष यातायातका साधन चल्ने अध्यक्ष केसीले बताए । नलगाड नगरपालिकाले १६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ भने १५ किलोमिटर पुरानो सडकको स्तरोन्नति गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । यो नगरपालिका जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने भएकाले यहाँ यातायातका साधनहरु सञ्चालनमा छन् । केही नगरपालिका भित्रका आन्तरिक सडक अवरुद्ध भए पनि पुनःनिर्माण गर्दै यातायातका साधनहरु सञ्चालन गर्ने काम भएको उनले जानकारी दिए ।
सडक विभागले निर्माण गरेको नलगाडको वडा ८ स्थित मन्मै–हल्चौर सडक, कायखेत–हल्चौर सडकमा यातायात चल्न सकेको छैन् । यी सडकमा हिउँदयाममा नै यातायातका साधनहरु सञ्चालन हुन सकेका थिएनन् । सडकको मापदण्डभन्दा बाहिर गएर निर्माण गरिएका कारण यातायातका साधनहरु सञ्चालन हुन नसकेको नगरप्रमुख रावलले बताए । वडा नं ८ का वडाध्यक्ष गोविन्द शाहीले आफँै डोजर लगाएर दुई वटा सडक खनेका थिए । यो सडकले कायखेत गाउँ, बगारा र मन्मै गाउँसमेत जोखिममा परेको छ । कायखेतमा सयौँ रोपनीमा लगाएको धानबाली नष्ट हुनाका साथै पाँच घरपरिवारसमेत विस्थापित भएको नगरपालिकाले बताएको छ ।
बारेकोट गाउँपालिकाले यो वर्ष १० किलोमिटर सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । कुशेगाउँपालिका सबै वडामा यातायातको पहुँच पुगे पनि बर्खायाममा सबै सडक अवरुद्ध भएका छन् । वर्षाको भलले सबै सडकमा क्षति पुगेको हो ।
भेरी नगरपालिका भित्रका अधिकांश स्थानीय सडक पनि अवरुद्ध छन् । नयाँ निर्माण गरिएका सबै सडक अवरुद्ध भएको भेरी नगरपालिकाले जनाएको छ । नयाँ सडक कति निर्माण भयो भन्ने यकिन विवरण यो नगरपालिकाले पनि दिन सकेन । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: