Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

पर्या–पर्यटनका लागि पर्यटन र संरक्षण शुल्क लीने

चितवन। चितवन रत्ननगर नगरपालिका–९ स्थित टिकौली मध्यवर्ती सामुदायिक वनले पर्यटन तथा संरक्षण शुल्क लिने निर्णय गरेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट वनले वार्षिक कार्य योजना पास गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको उक्त सामुदायिक वनमा पर्या–पर्यटन विकास र संरक्षणका लागि शुल्क लिने निर्णय गरेको अध्यक्ष ईश्वरी लामिछानेले जानकारी दिए। वनले आफ्नो सेवा क्षेत्रभित्र प्रवेश गर्ने जीप, कार, भ्यान र अन्य गाडीलाई एकपटक प्रवेश गर्दा रु पाँच सय रुपैयाँ र प्रतिव्यक्ति नेपाली पर्यटकलाई रु २५ तथा विदेशीलाई रु २०० तोकेको छ । पर्यटन शुल्क आगामी साउन १ गतेबाट लागू हुने उहाँको भनाइ छ । जैविक मार्गक्षेत्रमा पर्ने टिकौली वनको भित्री भागमा विश्व रामसार सूचीमा सूचीकृत विसहजारी ताल रहेको छ । गैंँडा तथा विभिन्न प्रजातिका वन्यजन्तु, चरा, गोही हेर्न तथा प्राकृतिक रमणीय वातावरणमा रमाउन यहाँ पर्यटक पुग्छन् । उक्त तालमा टिकौली वन हुँदै जानुपर्छ । महत्वपूर्ण संरक्षित क्षेत्र भएको र पर्यटकीय गतिविधिसमेत बढेकाले दिगो संरक्षण र व्यवस्थापन गर्न शुल्क लिने निर्णय गरिएको सामुदायिक वनले जनाएको छ । संरक्षण व्यवस्थापनका लागि शुल्क उठाउने निर्णयलाई सहज रुपमा लिन सबै पर्यटन व्यवसायीलाई वनका अध्यक्ष लामिछानेले आग्रह गरेको छ। वन क्षेत्रमा पर्ने टिकौली ताल, चेपाङ ताल, ठूली घोल, आमसोती घोलमा लोपोन्मुख रहेका विभिन्न प्रजातिका चराको मुख्य वासस्थानसमेत रहेको वनका कार्यालय सचिव कृष्ण आचार्यले बताए । विभिन्न मठमन्दिर, ईको कल्चर पार्क, चेपाङ र थारु बस्ती समेत यहाँ रहेको छ । यहाँको वन क्षेत्रमा दुर्लभ एक सिङ्गे गैंडा र पाटे बाघसँगै अन्य वन्यजन्तुसमेत देख्न सकिन्छ । अध्यक्ष लामिछानेले लागू हुने शुल्कबाट उठेको १० प्रतिशत रकम वीसहजारी ताल संरक्षण समितिलाई उपलब्ध गराउने जानकारी दिए । यहाँको मध्यवर्ती क्षेत्र हेर्ने मृगकुञ्ज उपभोक्ता समितिका उपाध्यक्ष बुद्धि विक भने यसरी शुल्क लिनु सान्दर्भिक नहुने तर्क गर्छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies