Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

आउँन थाले आमा र सन्तानको डिएनए परीक्षणका मुद्दा

ललितपुर। महिलाका नाममा सम्पत्ति हुनेक्रम बढेपछि आमा र सन्तानको डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको छ । सन्तानले आमासँग अंश दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकाले जैविक नाता प्रमाणितका लागि त्यस्ता मुद्दामा डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । पहिले पुरुषका नाममा मात्रै जग्गा हुँदा बाबु र सन्तानको डिएनए परीक्षणका घटना मात्रै परीक्षणका लागि आउने गरेकामा पछिल्लो समय महिलाका नाममा पनि सम्पत्ति हुनेक्रम बढेकाले आमा र सन्तानको अंश मुद्दा अदालतमा पर्न थालेको प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजाल बताउछन् । “कतिपय महिलाले आफ्नो सन्तान होइन भन्दै अंश दिन नमानेपछि मुद्दा अदालत पुग्छ”, उनी भन्छन्, “अदालतले डिएनए परीक्षणको प्रतिवेदन मागेमा परीक्षणका लागि यहाँसम्म आइपुग्छ ।” सन्तान र आमाबीचमा डिएनए परीक्षण गर्दा नतिजामा आमा प्रमाणित भएका र नभएका दुवै खालका नतिजा देखापरेको कार्यकारी निर्देशक रिजाल उल्लेख गर्छन् । आफूलाई जन्माउने आमासंग सन्तानले आंश माग गर्दा र आमाले दिन नचाहँदा त्यस्ता मुद्दा अदालत हुँदै प्रयोगालामा परीक्षणका लागिसम्म पुग्छ । कतिपय घटनामा परीक्षणबाट आमा प्रमाणित नभएका घटनाले सबैलाई आश्चर्यचकित बनाउने गरेको छ । कार्यकारी निर्देशक रिजाल भन्छन्, “आमालाई आफूले जन्माएको सन्तान होइन भन्ने थाहा भए पनि सन्तानलाई उनले त्यतिबेलासम्म नभनेका घटना हँुदारहेछन् ।” आमा–बाबुले कसैको जन्मनासाथको बच्चा संरक्षण गर्दा सन्तानले मात्रै नभएर छिमेकी र आफन्त सबैलाई ती महिला नै आमा हुन भन्ने भ्रम हुने गरेको छ । उनी भन्छन्, “महिलाले आफूले जन्म नदिएको भन्दै सम्पत्ति दिन नमानेमा आमा र सन्तानको डिएनए परीक्षणका लागि अदालतले आदेश दिने गर्छ ।” अस्पताललगायतका स्थानमा जानेर वा अञ्जानमा सन्तान साटिएका घटनामा पनि आमा र सन्तानको डिएनएको नतिजा नकारात्मक पनि आउने प्रयोगशालाले जनाएको छ । सन्तान भने पूरै जिन्दगी आफूलाई जन्माउने आमा उनै हुन भन्ने भ्रममा हुन्छन् । कार्यकारी निर्देशक रिजाल जोड दिन्छन्, “जन्मनासाथ ल्याएर र न्वारन–पास्नी आफैँले गरे पनि जैविक आमा नभएपछि प्रयोगशालाको नतिजा पनि नकारात्मक नै आउँछ ।” प्रयोगशालामा मानव डिएनए परीक्षणका लागि सबैभन्दा बढी अदालतको अंश मुद्दासंग सम्बन्धित हुन्छ । अधिकांश परिवारमा आमाका नाममा भन्दा बाबुका नाममा सम्पत्ति हुन्छ । अधिकांशका अंश मुद्दामा सन्तानले बाबुलाई विपक्षी बनाएर मुद्दा हालेको हुन्छ । यसमा बाबु र सन्तानको डिएनए परीक्षण हुन्छ । कानूनी र सामाजिक परिवर्तनका कारण महिलाका नाममा सम्पत्ति हुनेक्रम बढ्दै छ । बाबु बितेका परिवारमा र कतिमा बाबु भए पनि आमाका नाममा सम्पत्ति हुँदा सन्तानले आमासँग कानूनीरुपमा सम्पत्ति माग्ने पाइएको उहाँ उल्लेख गर्छन् । कार्यकारी निर्देशक रिजाल भन्छन्, “महिलाका नाममा सम्पत्ति हुने क्रम बढेसँगै आमा र सन्तानबीचको डिएनए परीक्षणका लागि प्रयोगशालामा मुद्दा आउन थालेको हो ।” सिंगो जिन्दगी आफूले नजन्माएको सन्तानलाई आफैँले जन्माएको जसरी पालनपोषण गरेका आमाले सन्तानले चित्त दुखाउँदा वा सन्तानसँग असमझदारी हुँदा अंश दिन नमानेका कारण मुद्दा अदालतसम्म पुग्ने गरेको जोड दिँदै उनी भन्छन्, “सिंगो जिन्दगी आफैँले जन्माएको हो भनेर ढाँटे पनि कुनै कुरामा चित्त दुख्दा आमाले होइन भन्ने गर्छन् ।” प्रयोगशालाले केही वर्ष पहिलेबाट विदेशमा बसोबास गर्ने अभिभावकका सन्तान विदेशमा लैजाने प्रयोजनका लागिसमेत डिएनए परीक्षण गर्दै आएको कार्यकारी निर्देशक रिजाल रासससंगको कुराकानीमा बताउछन् । कतिपयले भने झुट बोलेरै भिसा प्रयोजनका लागि भन्दै डिएनए परीक्षणका लागि आउँछन् । हामी पूरै काजगात हेरेर त्यही प्रयोजनका लागि भए मात्रै परीक्षण गर्छौं ।व्यक्तिगत मुद्दा हेरेर अभिभावक र सन्तानको डिएनए परीक्षण गर्दा सामाजिक जीवनमा उथल–पुथल आउन सक्ने उनको भनाइ छ । आव २०६३÷६३ मा यस प्रयोगशालामा पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षणको शुरुआत भएको थियो । प्रयोगशालाले विश्वव्यापीरुपमा मान्यताप्राप्त प्रचलित उपकरण, रसायन र किटको प्रयोग गरेर जैविक नाता प्रमाणित गर्दै आएको छ । यस प्रयोगशालामा बाबाुआमा र छोराछोरी, काका–भतिजा, दाजुभाइ र हजुरबुबा नातीकाबीचमा जैविक नाता प्रमाणित हुने गरेको छ । गत वर्ष मात्रै प्रयोगशालाले २०५ मुद्दाका ६०३ नमूना परीक्षण गरेर राय दिएको थियो । अदालत, प्रहरी कन्सुलर विभागमार्फत मुद्दा आउने गरेका छन् । रगतबाट मात्रै नभएर डिएनए परीक्षण ¥याल, मासु, रौँ, विर्यको दाग, दाँत आदिबाट समेत परीक्षण हुने गरेको प्रयोगशालाले जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending