Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

क्यान्सरविरुद्ध लडिरहेका इरफान खानको भावुक चिठी...

करिब चार महिना पहिलेदेखि लन्डनमा न्यूरो इन्डोक्राइन नामको गम्भीर बिमारीको उपचार गराइरहेका बलिउड अभिनेता इरफान खानले एउटा चिठी लेखेका छन् । आफ्नो अवस्था बताउन लेखिएको इरफानको यो चिठी निकै भावुक छ । ५१ वर्षका इरफानले चिठीमा चार महिना वा दुई वर्षमा आफूलाई जीवनले कहाँ लैजाने थाहा नभएको लेखेका छन् । इरफानको त्यो चिठीको अनौपचारिक अनुवादः केही समय पहिले मलाई थाहा भयो कि म उच्च तहको न्यूरोइन्डोक्राइन क्यान्सरबाट पीडित छु । मेरो शब्दावलीमा यो नयाँ शब्द थियो । मलाई थाहा भयो– यो दुर्लभ रोग हो, यसबारे खासै धेरै अध्ययन पनि भएको छेन र यसबारे खासै धेरै जानकारी पनि उपलब्ध छैन । यसको उपचारबाट के कस्तो हुन्छ, त्यो पनि थाहा छैन । म डाक्टरका लागि गिनीपिग बनेर गएको थिएँ, म एउटा फरक किसिमको खेल खेलिरहेको थिएँ । मानौं, एउटा द्रुत गतिको रेलमा यात्रा गरिरहेको थिएँ । मेरा केही सपना थिए, योजना थिए, महत्वकांक्षा थिए, लक्ष्य थिए र म पूर्ण रुपमा त्यसमा हराएको थिएँ । अचानक रेलको टिकेट कलेक्टरले आएर मेरो काँधमा धाप मार्यो । उसले भन्यो– तेरो स्टेसन आइसक्यो, तँ अब उत्रिनु पर्छ । म अन्योलमा परेँ र भनेँ– होइन, होइन मेरो स्टेसन आएको छैन । यो मेरो स्टेसन होइन, यस्तो कसरी भइरहेको छ ? अत्यन्त छिटो परिवर्तन भइरहेका विषयहरुले मलाई महसुस गरायो कि तपाईं समुद्रमा तैरिएको कर्कजस्तै हो, जोसँग जतिबेला पनि जे पनि हुनसक्छ र तपाईं कुनै तरिकाले त्यसलाई रोक्ने प्रयास गर्दै हुनुहुन्छ । या उथलपुथल, डर तथा अत्यासका बीच म अस्पताल जाने क्रममा मैले आफ्नो छोरासँग भनेका छु कि मैले आफूसँग आफैंले एउटा मात्र कुराको चाहना गरेको छु कि यो अवस्थामा अभावको सामना गर्न नपरोस् । मलाई आफ्नो खुट्टामा उभिनु थियो । र, अत्यास ममाथि हावी नहोस् । किनकि त्यसले मलाई दयनीय अवस्थामा पुर्याइदिन्छ । यो मेरो उद्देश्य थियो तर त्यही बेला दुखाइले मलाई छोयो । यतिबेला सम्म तपाईंलाई दुखाइको मात्र थाहा थियो र अब यसको प्रकृति र त्यसको प्रभावबारे पनि थाहा भयो । केहीले पनि काम गरिरहेको थिएन । न सान्त्वना न कुनै प्रेरणाले काम गरेको थियो । सबै कुरा त्यही दुखाइमा घुलिएको थियो र यो दुखाइ कुनै भगवानभन्दा पनि ठूलो लागिरहेको थियो । जब म अस्पतालमा आएँ, तब म कमजोर र थकित तथा उदासिन थिएँ । मलाई यो कुराको पनि थाहा थिएन कि अस्पतालको अगाडि लड्स स्टेडियम थियो जुन मेरो बाल्यकालको सपना थियो । त्यो दुखाइका बीच मेरो आँखा एउटा पोस्टरमा पर्यो जसमा विवियन रिचड्र्स हाँसिरहेको अनुहार देखिएको थियो । मलाई महसुस भयो कि मलाई केही पनि भएको छैन । अस्पतालमा एउटा कोमा वार्ड पनि थियो । मेरो वार्डको ठिक माथि । जब म अस्पतालमा मेरो वार्डको बाल्कोनीमा उभिएको थिएँ, त्यति बेला मलाई धक्का लाग्यो । जीवनको खेल र मृत्युबीच केवल एउटा बाटोको रेखा थियो । एकातिर अस्पताल थियो र अर्कोतिर स्टेडियम । निश्चितताका साथ दाबी कहीँ पनि गर्न सकिरहेको थिइनँ । न अस्पतालमा न स्टेडियममा । त्यति बेला नै ममा निकै गहिरो धक्का लाग्यो । म यो ब्रम्हाण्डको शक्ति तथा समझदारीबाट भरिएँ । मेरो अस्पतालको लोकेसनले पनि मलाई असर गरिरहेको थियो । एउटै कुरा निश्चित छ र त्यो अनिश्चितता हो । म केवल के गर्न सक्छु भने आफ्नो तागतको सम्झूँ र आफ्नो खेल राम्रोसँग खेल्न सकूँ । यो महसुस हुँदाहुँदै पनि मैले हतियार हानिदिएँ र पर्वाह गरिनँ कि परिणाम के आउने हो । मलाई थाहा छैन आजभन्दा ८ महिना पहिले वा चार महिनापछि वा दुई वर्षपछि जीवनले मलाई कहाँ लिएर जानेछ । अब मैले चिन्ताहरुलाई किनारा लगाएको छु र मस्तिष्कबाट चिन्ताहरु बाहिर राखेको छु । पहिलो पटक मलाई बल्ल थाहा भएको छ कि स्वतन्त्रताको खास माने के हो । यो एउटा उपलब्धि हो । यस्तो लाग्छ कि मैले पहिलो पटक जीवनको वास्तविक स्वाद चाखेको छु । यसको जादुयी पहलू देखेको छु । भगवानप्रतिको मेरो भरोसा अझ बलियो भएको छ । अगाडि के हुन्छ भन्ने त समयले नै बताउनेछ । तर, अहिले तत्कालका लागि म यस्तै महसुस गरिरहेको छु । मेरो यो यात्रामा मानिसहरुले मलाई शुभकामना दिए, विश्वभरका मानिसहरुले मलाई आर्शिवाद दिए । उनीहरुले दिए जसलाई म चिन्छु, र उनीहरुले पनि जसलाई म चिन्दिनँ । मानिसहरुले विभिन्न ठाउँबाट विभिन्न समयमा मलाई आर्शिवाद दिएका छन् र मलाई लाग्छ ती सबै एकत्रित भएका छन् । यी आर्शिवाद शक्ति जसरी मेरो मेरुदण्ड हुँदै टाउकोमा पुगेका छन् । यो बढिरहेको छ । थोरै थोरै गर्दै धेरै । आर्शिवादबाट आएका सबै फूल, सबै आर्शिवाद र सबै आर्शिवाद मलाई आश्चर्य, खुसी तथा जिज्ञासासहित भरिदिन्छन् । यो अनुभूति हुन्छ कि कर्कलाई कसैको कन्ट्रोलको आवश्यकता छैन, तपाईं भगवानले बनाएको पिङमा मच्चिरहनु भएको छ ।
(यो अनुवाद फरकधारबाट साभार गरिएको हो –सम्पादक)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending