Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

संघीयता व्यवस्थापनमा सकस

काठमाडाैं । संघीयताको सफल कार्यान्वयनमा हरतरहले सहयोग गर्नु प्रत्येक राजनीतिक एवं प्रशासनिक नेतृत्व एवं कर्मचारी वर्गको कर्तव्य हो । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - नागरिक स्वतन्त्रता, प्रजातन्त्र, स्वायत्त एवं स्वशासनको विश्वव्यापी लहरसँगै आधुनिक शासन प्रणालीका रूपमा विश्वमा दुई किसिमका शासन प्रणाली प्रचलनमा छन्– एकात्मक र संघात्मक । एकात्मक शासन पद्धतिमा राज्यका अंगहरूको एकल अस्तित्व रहन्छ र केन्द्र सरकारले मातहतका निकायहरूमा अधिकार प्रत्यायोजन गरी नियन्त्रणमुखी शासन सञ्चालन गर्छ । संघीय शासन पद्धतिमा भने एउटै राज्यमा दुई वा दुईभन्दा बढी सरकारहरूको समान अस्तित्व हुन्छ । तहगत सरकार र त्यसका अङ्गहरू एकअर्काबाट नियन्त्रित नभई समन्वयित र अन्तरनिर्भर हुन्छन् । प्रायस देशको संविधानले नै तहगत सरकारको काम, कर्तव्य र अधिकार किटानी गरेको हुन्छ । त्यसैले संघीयतामा केन्द्र सरकारले भन्दा तल्लो तहका सरकारले निश्चित संवैधानिक अधिकारहरू अभ्यास गर्न पाउने, त्यस्ता अधिकारको संवैधानिक सुनिश्चितता गरिने तथा निर्णय निर्माण र कार्यान्वयनमा केन्द्रीय सरकारमा भर नपर्ने व्यवस्थाले गर्दा स्थानीय तहमा स्वशासन प्राप्त हुने विश्वास गरिन्छ । नेपालमा जनताको विगतको निरंकुश शासनबाट मुक्तिको चाहना, राज्यसत्तामा पहिचान र पहुँच, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंँगालिएको छ । नेपालको संघीय स्वरुप एक केन्द्र सरकार, सात प्रदेश सरकार, ७५३ स्थानीय तह सञ्चालनमा छन् भने संरक्षित, विशेष र स्वयत्त क्षेत्रको परिकल्पना पनि संविधानले गरेको छ । सिद्धान्तत: संघीयताको अभ्यास कतै छरिएर रहेका राज्यहरू एकत्रित भई बलियो राज्य बन्ने चाहना त कतै छुट्टिन खोज्नेलाई केही स्वतन्त्रता दिई ‘होल्ड’ गरिराख्ने रणनीति अनुरुप अभ्यास भइरहेको संघीयताको उतार–चढावलाई हेर्ने हो भने सुखद र दु:खद दुवै अनुभवको मिश्रण पाइन्छ । लामो समय एकदलीय सैनिक शासन व्यहोरेपछि संघीयतामा प्रवेश गरेका देशहरूमा अर्जेन्टिना, ब्राजिल, मेक्सिको, रूस, नाइजेरिया आदि पर्छन् । त्यस्तै प्रजातान्त्रिक लहरसँंगै दक्षिण अफ्रिका, इथियोपिया, स्पेनजस्ता देश संघीयतामा छिरे । राजनीतिक व्यवस्थापन राम्रो हुन नसक्दा सुडान टुक्रिन पुग्यो । नाइजेरियामा सन् १९६० मा ३ राज्य भएकामा हाल ३६ राज्य बन्नपुगेको छ । संघीयतामा धेरै सरकार र ठूलो संख्यामा जनप्रतिनिधि हुँदा जनचाहनामा ह्वात्तै बढोत्तरी हुने, प्रशासन, प्रहरी, स्थानीय कर्मचारीले ठूलो आकार लिने, साधनस्रोतको माग बढ्ने, साझा स्वार्थ निर्माणमा कठिनाइ हुने, अन्तरप्रदेश विवाद बढ्न सक्ने चुनौती हुन्छन् । खर्चिलो प्रणाली हँुदाहँुदै पनि संघीयतामा चुनौती र अवसर दुवै बराबरी हुन्छन् । त्यसैले यसको सुरुवाती चरणको व्यवस्थापनमा सबै पक्षको त्याग र सहयोग महत्त्वपूर्ण रहने गर्छ । अझ महत्त्वपूर्ण भूमिका त केन्द्र सरकारको प्रदेश सरकारप्रति उदारतामा हुने गर्छ । नेपालमा संविधानले तीन तहका सरकारको अधिकारक्षेत्र तोकिदिएको छ । तर आजसम्म सबै तहमा सम्पूर्ण साधनस्रोत केन्द्र सरकारकै मातहतमा छन् । यस्तो अवस्थामा प्रदेश एवं स्थानीय सरकारको सञ्चालनमा गति नआउँदासम्म केन्द्र सरकारले प्रदेशहरूबीच समन्यायिक ढंगले स्रोतसाधनको बाँडफाँड एवं उच्च र निरन्तर समन्वयको वातावरण निर्माण गरी सहयोग गर्नुपर्ने देखिन्छ । संघीय शासनको अभ्यास प्रारम्भ भइरहेको अवस्थामा प्रदेश तथा स्थानीय सरकार सञ्चालनमा देखापरेको व्यवस्थापकीय कठिनाइ केन्द्र एवं प्रदेश सरकार दुवैलाई पेचिलो विषय बन्दै गएको देखिन्छ । संघीयता कार्यान्वयनको यो उत्तम घडीमा केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई गर्ने सहयोग, स्रोतको विभाजन, भोतिक पूर्वाधार व्यवस्थापन सहयोग, सार्वजनिक प्रशासनको समायोजन, कर्मचारी खटन, सुरक्षा, न्याय प्रशासनजस्ता आधारभूत विषयमा प्रदेश र स्थानीय सरकार, राजनीतिक एवं प्रशासनिक नेतृत्वले व्यवस्थापकीय कठिनाइ भोग्नु परिरहेको छ । स्थानीय तह एवं प्रदेश सरकार गठनसँंगै कार्यालयहरूको भौतिक पूर्वाधार व्यवस्थापन नै कठिन बनेको छ । मन्त्री लगायत जनप्रतिनिधिको कार्यालय एवं बासको व्यवस्था हुनसकेको छैन । खटाइएका कर्मचारीको गाँस, बास र सुरक्षाको कुरा कसैले गर्दैन । उता केन्द्र सरकार जागिर खाइदिने धम्की दिइरहेको छ । संघीयताको सफल कार्यान्वयनमा हरतरहले सहयोग गर्नु प्रत्येक राजनीतिक एवं प्रशासनिक नेतृत्व एवं कर्मचारी वर्गको कर्तव्य हो । तर त्यो कर्तव्य पुराना, नयाँ, सबै तह र तप्काका नेता एवं कर्मचारीको हो । संघीयतालाई सफल बनाउन सबैभन्दा अनुभवी र ट्यालेन्ट सचिवलाई प्रमुख सचिव र प्रदेश सचिवमा खटाइनुपथ्र्याे । प्रदेश सभाहरूको प्राविधिक कार्य सञ्चालन गर्न संसदका केही अनुभवी कर्मचारी चाहिन्थ्यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केन्द्रबाट अनुभवी कर्मचारी परिचालन हुनुपर्छ । प्रदेश अर्थ मन्त्रालयमा सुरुका वर्षमा बजेटलाई ट्रयाकमा लान केन्द्र मन्त्रालयबाट कर्मचारी पठाउन जरुरी थियो । यस्तै प्रदेशका विषयगत मन्त्रालयहरूमा पनि त्यस्तै केन्द्रका अनुभवी भए सहज हुन्थ्यो । अनुभवविहीन कर्मचारीका कारण प्रदेश सञ्चालनमा कठिनाइ भयो भनी जनप्रतिनिधिहरूबाट बारम्बार कुरा आइरहेकोप्रति केन्द्र सरकारको ध्यानाकर्षण हुनुपर्छ । केन्द्र सरकारका निकायहरूमार्फत प्राप्त हुने स्वदेशमै तथा विदेशमा उच्च अध्ययन, तालिम र भ्रमणजस्ता कार्यक्रमका अवसर प्रदेश एवं स्थानीय तहमा कार्यरतले पाउने कि नपाउने, प्रस्ट हुनुपर्छ । संघीयताको सफल कार्यान्वयनका लागि जनशक्ति व्यवस्थापनमा केन्द्र सरकारको भूमिका महत्त्वपूर्ण रहेको हालको अवस्थामा फेरि पनि केन्द्रीयकरणको आरोप खेप्न नपरोस् भन्नेतर्फ सदैव सचेत हुनुपर्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies