Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

पत्रकार महासंघ बागलुङ आफ्नै भवनमा

बागलुङ। पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण भएको छ । अठारौँ स्थापना दिवसको अवसर पारेर शाखा कार्यालय सोमबार आफ्नै भवनमा सरेको छ । रु ७५ लाखको लागतमा दुईतले भवनको निर्माण सम्पन्न गरिएको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिए । सरकारी र गैरसरकारी क्षेत्रबाट जुटेको आर्थिक सहयोगबाट भवन निर्माण कार्यले सफलता पाएको हो । जिल्लाका स्थानीय तहबाट रु २७ लाख ५० हजार बजेट उपलब्ध भएको थियो । सबैभन्दा बढी बागलुङ नगरपालिकाले रु १० लाख उपलब्ध गराएको जनाइएको छ । बाँकी रकम सहयोग अभियानबाट संकलन भएको अध्यक्ष शिरीषले बताउनुभयो । शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नामक आर्थिक अभियान थालेको थियो । अभियानमा सर्वसाधारण, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यालय, सहकारीलगायत जोडिएका थिए । रु चार लाख ८० हजार पत्रकार स्वयंले भवन निर्माणमा योगदान गरेका छन् । “स्थानीय तहलगायत सबै पक्षको सहयोगले वर्षौंदेखिको भवन बनाउने योजना साकार बनेको छ”, अध्यक्ष शिरीषले भने । भवन निर्माण अभियानमा व्यक्तिगत सहयोगबाट मात्रै रु सात लाखभन्दा बढी रकम जुटेको थियो । यस्तै, आर्थिक सहयोग गर्नेमा ३० भन्दा बढी सहकारी र उत्तिकै संख्यामा शैक्षिक तथा सामाजिक संस्था छन् । ती संस्थाबाट रु सात लाख सहयोग उठेको छ । उद्योगी, व्यवसायीबाट पनि यथोचित रकम उपलब्ध भएको र केही बोल रकम उठ्न बाँकी रहेको शाखाले जनाएको छ । स्वतःस्फूर्त रुपमा जुटेको आर्थिक सहयोगबाट भवन निर्माणले पूर्णता पाएको शाखा अध्यक्ष शिरीषले बताए । उनका अनुसार आउँदो आर्थिक वर्षमा सभाहल निर्माणका लागि थप एक तला थप्ने योजना छ । शाखा स्थापना भएको १९ वर्षपछि आफ्नै भवन निर्माण गर्न शाखाको वर्तमान कार्यसमिति सफल भएको छ । बागलुङ नगरपालिका–२ मा निर्माण भएको भवनमा आधुनिक सूचना केन्द्र, सभाहललगायतका संरचना बन्नेछन् । उपुयक्त ठाउँमा जग्गा नपाउँदा पत्रकार महासंघको भवन बन्न सकेको थिएन । गत वर्ष जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको विशेष पहलमा जग्गा व्यवस्थापन भएपछि भवन निर्माणले गति लिएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies