Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

पूर्ण न्याय नपाई अनशन तोडदिनँ : गंगामाया

काठमाडौँ । छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी छन् । अाजकाे कान्तिपुर पत्रिकामा खबर छ - हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुनसचिव र गृहसचिवको टोलीले सोमबार वीर अस्पताल पुगी गंगामायालाई अनशन तोड्न आग्रह गरेको थियो । ‘तपाईंको मुख्य माग पूरा भइहाल्यो, अब अरू पनि पूरा गर्दै जान्छौँ, अनशन तोडिदिनुपर्‍यो,’ कानुनसचिव राजीव गौतमले आईसीयूमै पसेर गंगामायालाई भनेका थिए, ‘ज्यान रहे मात्रै न्यायको अर्थ रहन्छ, त्यसैले अब खाइदिनुस् ।’ जवाफमा गंगामायाले यसअघि पनि ६ पटक यसैगरी उधारो अश्वासन दिएर अनशन तोडाएको भन्दै अब आफू नझुक्किने बताइन् । ‘अरू अपराधी पनि छन्, तिनलाई समातेर ल्याउनुस्, मेरो बेपत्ता छोरालाई खोजिदिनुस्, मेरो बसोबासको व्यवस्था मिलाइदिनुस्,’ उनले भनिन्, ‘त्यसपछि म तपाईंले नखा भने पनि खान्छु, यसरी फाँसीमा झुन्डिएजसरी अनशन बसिरहन कसलाई मन हुन्छ र ?’ उनका किशोर छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ जेठ २४ गते गोली हान्ने मुख्य अभियुक्त रुद्र आचार्य उत्तरी आयरल्यान्डमा बसोबास गर्दै आएका छन् । उनै आचार्यलाई झिकाउनु भन्ने अदालतको आदेश पालना हुनुपर्ने उनको माग छ । ‘प्रहरीले अदालतको आदेशअनुसार आचार्यका विरुद्ध डिफ्युजन नोटिस जारी गरेको धेरै भए पनि त्यो पत्र परराष्ट्र मन्त्रालयबाट अघि बढ्न सकेको छैन भन्ने बुझिन्छ,’ गंगामायाका अधिवक्ता बाबुराम गिरीले भने, ‘सरकारले चाह्यो भने २४ घण्टामा आचार्यलाई झिकाउन सक्छ, यति भयो भने उहाँको जीवनरक्षा हुन्थ्यो । कृष्णप्रसादका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दा गंगामाया, उनका पति नन्दप्रसाद तथा उनका जेठा छोरा नूरप्रसादलाई छविलाल पौडेललगायत गोरखा फुजेलका तत्कालीन माओवादी कार्यकर्ताले घरजग्गा कब्जा गरेर गाउँबाटै निकाला गरिदिएका थिए । त्यसपछि बेघर भएको अधिकारी परिवार न्यायको खोजीमा वर्षौँ यत्रतत्र भौंतारियो । अन्त्यमा सरकारले उपचारार्थ वीर अस्पताल भर्ना गरेको अवस्थामा आमरण अनशन थालेका अधिकारी दम्पतीमध्ये नन्दप्रसादको ज्यान सत्याग्रह थालेको ३ सय ३५ औँ दिनका दिन २०७१ असोजमा गएको थियो । त्यसयता एक्लै सत्याग्रह गर्दै आएकी गंगामायाले अब आफू अस्पतालमा प्रहरी र डाक्टरको निगरानीमा बसिरहन असमर्थ भएको पनि जनाएकी छन् । ‘म अब त्यो फुजेलको भत्किएको घरबारी सम्हाल्न निकै बुढी भइसकें, एक्ली पनि छु,’ उनले भनिन्, ‘त्यसो हुँदा त्यो मेरो जायजेथा जेजस्तो हालतमा छ, त्यही हालतमा संग्रहालयमा परिणत गरियोस् । यसो भयो भने हामीमाथिको अत्याचार भविष्यमा अरूले पनि थाहा पाउनेछन् । त्यसपछि मलाई सरकारले अन्त कतै बसोबासको व्यवस्था गरोस्, यति भए मलाई पुग्छ ।’ गंगामायाको देब्रे खुट्टाको नसामा रक्त सञ्चालन नहुने रोग लागेको छ । त्यसको उपचार हुनुपर्ने र उनको पुन:स्थापना पनि गरिनुपर्ने अधिकारवादीको धारणा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending