आषाढ़ २५ गते, २०७५ सोमवार 9th July, 2018 Mon१२:४४:०९ मा प्रकाशित
सर्लाही ।राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको संयोजकसहित अध्यक्ष मण्डलका तीन जना सदस्य रहेको सर्लाहीका जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका अध्यक्ष मण्डलका संयोजक नागेश्वर साहले सोमबार जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
पार्टीको गतिविधि न्यून भएको, केन्द्रीय नेता तथा विधायकहरूले वास्ता नगरेको भन्दै उनले राजीनामा दिएका छन् । यस आर्थिक वर्षमा उनले केन्द्रीय सांसद तथा प्रदेशका सांसदहरूसँग माग गरेको कुनै पनि योजना नपरेपछि राजीनामा गरेको बताइएको छ ।
केन्द्रीय सांसद तथा प्रदेश सांसदहरूले आफुखुशी काम गरेको र पार्टी नेता कार्यकर्तालाई कुनै भूमिका नदिइएको साहको आरोप छ । अध्यक्ष साह राजपा गठन हुनुअघि राजेन्द्र महतो नेतृत्वको सद्भावनाका नेता हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: