Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नेकपाले २२० सदस्यीय सल्लाहकार परिषद् बनाउने : अरु ब्यवस्था केके छन् ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी९नेकपा०ले २२० सदस्यसम्मको सल्लाहकार परिषद् बनाउने भएको छ । केन्द्रीय कमिटीमा काम गरिसकेका अनुभवी नेतालाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् बनाउने गरी नेकपाले विधान तयार पारेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–केन्द्रीय कमिटीको ५० प्रतिशत नबढ्ने गरी अध्यक्ष, सचिव र सदस्य रहेको परिषद् बनाउने विधानमा उल्लेख छ । विधानको धारा–२५ मा भनिएको छ–‘केन्द्रीय कमिटीले आफ्नो कूल सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी नहुने गरी अध्यक्ष, सचिव र सदस्यसहित आफ्नो तहको सल्लाहकार परिषद् गठन गर्न सक्नेछ ।’ नेकपाको केन्द्रीय कमिटी ४४१ सदस्यीय छ । परिषद्ले केन्द्रीय कमिटीलाई विभिन्न विषयमा सल्लाह, सुझाब दिने अधिकार विधानमा प्रस्ताव गरिएको छ । प्रदेश र जिल्ला कमिटीमा पनि केन्द्रकै जस्तो सल्लाहकार परिषद् बनाउन सक्नेछन् । यस्तो छ अध्यक्ष र सचिवको मर्यादा नेकपाले सल्लाहकार परिषद्का अध्यक्षको मर्यादा स्थायी कमिटी सदस्यसरह हुने गरी विधान बनाएको छ । त्यस्तै, सचिवको मर्यादा पोलिटब्युरो सदस्य र सदस्यको मर्यादा केन्द्रीय सदस्यसरहको हुनेछ । अध्यक्षले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको बैठकमा भाग लिन पाउनेछन् । सल्लाहकार कमिटीमा पनि एकीकरण तत्कालीन एमाले र माओवादी केन्द्रको सल्लाहकार कमिटीलाई पनि एकीकरण गरेरै नयाँ केन्द्रीय सल्लाहकार परिषद् बनाउने नेकपाको तयारी छ । तत्कालीन एमालेले ६० जनाभन्दा बढीको सल्लाहकार परिषद् बनाएको थियो । परिषद्मा केशव बडाल अध्यक्ष छन् । माओवादी केन्द्रमा १ सयभन्दा माथिको सल्लाहकार कमिटी छ । नन्दकुमार प्रसाईं अध्यक्ष छन् । नेकपाले केन्द्रीय कमिटी बैठकबाट सल्लाहकार मिलाएर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने विधानमा उल्लेख छ । ‘केन्द्रीय कमिटीमा नपर्नुभएका तर, सल्लाहकार रहनुभएका साथीहरूलाई मिलाएर विधानले व्यवस्था गरेबमोजिमको कमिटी बन्नेछ,’ तत्कालीन एमाले सल्लाहकार परिषद्का अध्यक्ष बडालले भने, ‘नियमावली प्रकाशन भइसकेपछि केन्द्रीय कमिटीको निर्णयअनुसार सल्लाहकार परिषद्मा पनि एकीकरण हुनेछ ।’ बुढा नेताहरुको जेष्ठ मञ्च बनाइने नेकपाले विधानको धारा २६ मा ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीले अध्यक्ष, सचिव र आवश्यक संख्यामा सदस्यसहित ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने विधानमा उल्लेख छ । मञ्चका पदाधिकारी एवं सदस्यलाई आफ्ना अनुभवद्वारा युवा पुस्तालाई प्रशिक्षित र उत्प्रेरित गर्ने अधिकार दिइएको छ । मञ्चका अध्यक्षको मर्यादा पोलिटब्युरो सदस्यसरह र सचिव तथा सदस्यहरूको मर्यादा केन्द्रीय कमिटी सदस्यसरह हुने भनिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending