Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

डा. केसीको स्वास्थ्य थप जटिल, अत्यावश्यक औषधि लिन मानेनन्

काठमाडौं । नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । तैपनि, उनले अत्यावश्यक औषधिसमेत लिन मानेका छैनन् । उपचारमा संलग्न डा. प्रवीण गिरीका अनुसार केसीले अक्सिजन र स्लाइनबाहेक अरू औषधि लिएका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–‘उहाँले स्वीकृति नदिएकाले औषधि चलाउन सकेका छैनौँ । जसका कारण दिन प्रतिदिन स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको छ,’ डा. गिरीले भने । डा. केसीलाई मांसपेशी सुनिने, रिंगटा लाग्ने, छातीको धड्कन बढ्ने, पिसाब नहुने जस्ता समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । काठमाडौं नजान अडिग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. केसीको जीवनरक्षाका लागि स्वास्थ्य मन्त्रालयले खटाएका चिकित्सकबाटसमेत डा. केसीले सेवा लिन अस्वीकार गर्दै आएका छन् । शनिबार नेपाल चिकित्सक संघले काठमाडौंबाट पठाएका दुईजना विशेषज्ञ चिकित्सकले केसीलाई काठमाडौ एअरलिफ्ट गर्न सुझाव दिएका छन् । तर, डा. केसीले उनीहरूको सुझावसमेत मानेका छैनन् । ‘स्वास्थ्यअवस्था जटिल बन्दै छ । हामीले सकेजति उपचार गरिरहेका छौँ,’ डा. गिरीले भने, ‘केसी आफ्नो मागप्रति अडिग हुनुहुन्छ । चिकित्सकका सल्लाह मान्न तयार देखिनु भएको छैन । तर, सबै उपचार विधिबाट उहाँको जीवनरक्षा गर्नु हाम्रो कर्तव्य हो ।’ केसीको अडान कायमै डा. केसीका भाई किशोर केसीका अनुसार अध्यादेशकै स्वरुपमा चिकित्सा शिक्षा विधेयक नआएसम्म अनसन नत्याग्ने अडानमा छन् । ‘अनसन नतोड्ने बरु, मर्न तयार हुने उहाँको अडान यथावत छ,’ केसीका भाईले भने । सरकारलाई नागरिक समाजको चेतावनी डा. केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलन थालेको नागरिक समाज जुम्लाले तत्काल माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । समाजका अध्यक्ष राजबहादुर महतले भने, ‘केसीको स्वास्थ्यमा ठूलो समस्या देखिए यहाँ उपचार सम्भव छैन । त्यसैले उनका माग चाँडो सम्बोधन होस् । माग पूरा नभए हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending