Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

धार्मिक पर्यटकीय क्षेत्रमा सौर्यबत्ती जडान

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ । वडा कार्यालयको रु एक लाख बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान र बत्ति राख्ने कार्य पूरा गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए । “बत्तीको व्यवस्था नहुँदा यहाँ घुम्नका लागि पुग्ने पर्यटकले सास्ती खेप्नुपरेकाले बत्तिको अभाव पूर्ति गर्नका लागि वडा कार्यालयकै रकम खर्चेर बत्ती जडान गरेका छौँ”, अध्यक्ष ऐरले भने । पौराणिककालदेखि धार्मिक क्षेत्रका रुपमा पहिचान कायम राखेको यस क्षेत्रसम्म पुग्नका लागि सडक, यातायात, विद्युत् र पर्यटकलाई बस्नका लागि सुविधायुक्त होटल र धर्मशाला नहुँदा पर्यटकले सास्ती खेप्दै आएका छन् ।” चारैतिर हरियो सालको वनले घेरिएको मुड्कामा टिनको छाना भएको सामान्य धर्मशाला, नेपाल पर्यटन बोर्ड र स्थानीय सामुदायिक वनको रु आठ लाखको लगानीमा मन्दिरबाहेकका अन्य भौतिक पूर्वाधार यस क्षेत्रमा छैन । प्राचीनकालमा पहाडबाट झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आए पछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुँदै गएको हो । यसैगरी वडाका दश स्थानमा समेत सौर्यबत्ती जडानको कार्य भइरहेको छ । सार्वजनिक स्थान, सडक चौराह र विद्यालय नजिकका स्थानमा सौर्यबत्ती जडानको कार्य भइरहेको अध्यक्ष ऐरको भनाइ रहेको छ । सौर्यबत्ती जडानका लागि वडाको रु पाँच लाख र रु पाँच लाख अनुदान गरी रु १० लाखको बजेट परिचालन गरिएको छ । चिकित्सक अभावबारे छलफल यसैगरी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले खेप्दै आएको चिकित्सकको अभाव पूर्ति गर्नका लागि सांसदहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दक्ष विशेषज्ञ डाक्टरको अभावमा अस्पताल रिफर सेन्टरका रुपमा परिणत भएपछि सांसदले अस्पतालमा चिकित्सकको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । अस्पतालले लामो समयदेखि खेप्दै आएकाले चिकित्सको अभाव पूर्ति गर्नका लागि सदनमा कुरा राखेको सांसद डा दीपक भट्टले अस्पताल सुधारका लागि शनिबार साँझ अबेर सरोकारवालाको सहभागितामा आयोजना गरिएको बैठकमा बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies