काठमाडौँ, २३ असार । आगामी भदौ १ देखि मुलुकमा लागू हुन लागेको मुलुकी अपराध (संहिता) ऐन कडाइका साथ लागू गरिने भएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले प्रदेश नं ३ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दुई दिवसीय सम्मेलनमा १८ बुँदे प्रस्ताव पारित गर्दै भदौ १ देखि लागू हुन गइरहेको संहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने भएको हो । सम्मेलनले अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनामा उल्लेखित १२ बुँदे कार्यनीतिका लक्ष्य कार्यान्वयन गर्न प्रदेशमा उपलब्ध जनशक्ति प्रदेशस्तरमा नै व्यवस्थापन गर्ने र बाँकी साधन स्रोत प्रहरी प्रधान कार्यालयले व्यवस्था गर्नुपर्ने बताइएको छ । यस्तै सम्मेलनले नयाँ संहितालाई प्रभावकारी कार्यान्वयन गर्न संघीय तहदेखि तल्लो तहसम्म सहजीकरण इकाइ स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको हो । संहिताले अपराध घोषित गरेका नयाँ विषयलाई अपराध अनुसन्धान र अभियोजन कार्यलाई थप वैज्ञानिक, वस्तुनिष्ट र प्रभावकारी बनाउन क्रियाशील जनशक्तिलाई थप दक्ष बनाउनु जरुरी रहेको बताइएको छ । सम्मेलनले अनुसन्धान सिलसिलामा ‘कल डिटेल’ तथा अन्य ‘डाटा’ प्राप्त गर्न सेवा प्रदायक निकायसँग अपराध अनुसन्धान अधिकारीले माग गर्नुपूर्व अदालतको अनुमति लिनुपर्ने प्रावधानलाई सहज गर्न माग गरेको छ । यस्तै मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दे शंकित व्यक्तिको अधिकार संरक्षण गर्ने सम्मेलनले प्रतिबद्धता व्यक्त गरेको छ । सम्मेलनको आज समापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्मेलनले फौजदारी न्याय प्रशासनको क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “समर्पणसँगै प्रतिबद्धताको खाँचो भएमात्र हामीले आँटेका काम पूरा गर्न सक्छौँ,”–उहाँले भन्नुभयो । मानिसलाई न्याय दिलाउने र अनुसन्धान कार्यमा खर्च हुने भन्दै उहाँले अपराध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो रहेको उल्लेख गरे । अपराध अनुसन्धानमा राज्यले विशेष चासो दिनु जरुरी रहेको उनको भनाइ थियो । सहन्यायधीवक्ता लोकराज पराजुली, प्रदेश नं ३ का प्रहरी नायब महानिरीक्षक दीपक थापा, जिल्ला वकील कार्यालय भक्तपुरका प्रतिनिधि चन्द्रकुमार पोखरेल, जिल्ला वकील कार्यालय ललितपुरका प्रतिनिधि राम घिमिरेलगायतले हरेक व्यक्तिलाई अनुसन्धान गर्नुपूर्व थुन्नुभन्दा अनुसन्धान गरेर मात्र थुन्ने गरी काम गर्नुपर्नेमा जोड दिए । अपराध अनुसन्धान विभागका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातले कुनै पनि घटनाको समाधानका लागि अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकीलबीच समन्वय हुनु जरुरी रहेको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: