Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

दुव्र्यवहारविरुद्ध चेतनामूलक सडक नाटक सम्पन्न

काठमाडौँ। ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले डान्स तथा क्याबिन रेष्टुराँलगायत मनोरञ्जन क्षेत्रमा कार्यरत महिलामाथि हुने दुव्र्यवहारविरुद्ध चेतनामूलक सडक नाटक ‘हामी चेली’ प्रदर्शन शुक्रबार सम्पन्न भएको छ । बिहीबारदेखि दुईदिनसम्म आयोजित नाटक चाबहिल, गौशाला, चक्रपथ, गँगबु, ठमेल, सोह्रखुट्टे, कालोपुल, सुन्धारा, बालाजु र कलंकीमा देखाइएको थियो । त्यस क्षेत्रमा कार्यरत महिला कर्मचारीलाई व्यवस्थापन तथा सञ्चालकले श्रम सम्झौता गरी त्यसका आधारमा काम र पारिश्रमिक व्यवस्था गर्नुपर्ने सन्देश नाटकमा पाइन्छ । त्यस्तै उक्त व्यवसाय सञ्चालन गर्ने व्यवसायी तथा संस्थालाई पनि सरकारले निर्दिष्ट गरेका श्रम सम्झौतालगायत पालना गरी कुनै पनि बहानामा हिंसालाई प्रश्रय नदिन नाटकमा सुझाइएको छ । बालबालिका प्रयोग नगर्ने, कार्यरत कर्मचारीको नागरिकता र ठेगाना प्रष्ट राख्नुपर्ने, जीवन बीमा व्यवस्था गर्नुपर्ने, तोकिएको समयभन्दा धेरै काममा लगाउन परेमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्नुपर्नेजस्ता पक्षलाई समावेश गरिएको सो नाटकमा महिलाविरुद्ध हुने विभेद तथा शारीरिक र मानसिक हिंसाका कारण समाजमा पर्ने प्रभावको विश्लेषण गरिएको छ । हिंसा न्यूनीकरण तथा यौन हिंसाविरुद्ध देखाइएको नाटकमा नयाँ बसपार्क तथा त्यस आसपास क्षेत्रका रेष्टुराँबाट १८ वर्षभन्दा कम उमेरका बालिका र किशोरी फेला परेको समाचार प्रस्तुत गरिएको छ । संस्थाका अध्यक्ष तारा भण्डारीले पछिल्लो समय मानव बेचबिखनको क्षेत्र मानिउका डान्स, दोहोरी, क्याबिन रेष्टुराँलगायत मनोरञ्जन क्षेत्र विकसित हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । यस्ता कार्य निरुत्साहन गर्न नाटक सशक्त माध्यम हुन सक्ने बताउँदै उहाँले हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारले निगरानी बढाउनपुर्नेमा जोड दिए । मनोरञ्जन क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार नेहा शर्माले गरेका विभिन्न अनुसन्धानका क्रममा राजनीतिक संरक्षणका आधारमा केही बिचौलिया तथा खराब गिरोहले ग्रामीण भेगका किशोरीलाई रोजगारीको प्रलोभन तथा विवाह गर्ने आश देखाएर डान्स तथा क्याबिनमा काम लगाउने गरेको अनुभव सुनाए । आगामी दिनमा काठमाडौँ उपत्यका तथा त्यस बाहिरका अन्य जिल्लामा समेत नाटक प्रदर्शन गरिनेछ । उक्त संस्थाको पहलमा प्रहरीको सहयोगमा वैदेशिक रोजगारीका बहानामा बेचबिखन तथा हिंसामा परेका बालबालिका तथा महिलालाई विभिन्न पुनःस्थापना केन्द्र तथा व्यावसायिक सीप केन्द्रमा तालीमको व्यवस्था गरी सम्बन्धित जिल्लामा फर्काउन सहयोग भएको छ । भूकम्पपछि बालबालिका तथा किशोरी बढी जोखिममा रहेको सो संस्थाको अध्ययनले देखाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending