Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सम्पदा पुनःनिर्माणसहित पूर्वाधार विकासमा कामपाको प्राथमिकता

काठमाडौँ । ऐतिहासिक\"\" रानीपोखरी, काष्ठमण्डपलगायत क्षेत्रको पुनःनिर्माणसहित काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरेको छ । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणमा ढिलाइ भइरहेका बेला कामपाले ती सम्पदाको पुनःनिर्माणसहित आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट विनियोजन गर्ने क्रममा बसैभन्दा बढी पूर्वाधार विकासका लागि रु तीन अर्ब छ करोड २५ लाख बजेट विनियोजन गरेको हो । यसअघि नै रानीपोखरीको पुनःनिर्माणको काम शुरु भए पनि आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै विरोध आएपछि अहिले उक्त आधुनिक सामग्री हटाउने काम भइरहेको छ भने काष्ठमण्डपको पुनःनिर्माणका लागि क्षमा पूजा एक महिनाअघि नै सकिसकेको र अहिले निर्माणका सामग्री जुटाउने काम भइरहेको र अबको करीब दुई महिनामा निर्माण कार्य शुरु हुनेछ । कामपाका उपप्रमुख हरि प्रभा खड्की ९श्रेष्ठ०ले कामपाको पूर्वाधार विकास नै सम्पूर्ण विकास प्रक्रियाको मुख्य बिन्दु भएकाले यस क्षेत्रमा अन्य क्षेत्रमा भन्दा धेरै बजेट विनियोजन गरिएको बताए । पूर्वाधार विकासअन्तर्गत सम्पदा, सुविधासम्पन्न सडक व्यवस्थापन, ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण र व्यवस्थित यातायातको सञ्चालन महानगरवासीको चाहनाअनुरुप यस क्षेत्रमा बढी बजेट विनियोजन गरिएको छ । यसैगरी दरबार हाइस्कुल पुनःनिर्माण, आधुनिक आकाशे पुल निर्माणका लागि पनि प्राथमिकता दिएको छ । कामपाले सबै क्षेत्रमा गरी कूल रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव प्रस्तुत गरेको छ । महानगरले आन्तरिकतर्फ रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट रु पाँच अर्ब १९ करोड र अन्य स्रोतबाट रु एक अर्ब चार करोड ११ लाख आय अनुमान गरेको छ । आगामी आवका लागि प्रस्तुत गरिएको बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु एक अर्ब ९३ करोड २५ लाख, शहरी विकासतर्फ रु सात करोड ८१ लाख, विपद् व्यवस्थापनतर्फ रु १६ करोड ७८ लाख, वातावरण व्यवस्थापनतर्फ रु ५४ करोड ४६ लाख छुट्याइएको छ । वातावरण र विपद् व्यवस्थापनमा जल उत्पन्न प्रकोप नियन्त्रण, जलवायु परिवर्तन, जलाधार क्षेत्रको संरक्षण, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल साइट व्यवस्थापन, वन तथा भू–संरक्षण, वातावरण संरक्षण, वारुणयन्त्र सञ्चालन र विपद्सम्बन्धी कार्यलाई महानगरले अगाडि बढाउने उल्लेख गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending