काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले ११ कक्षामा भर्ना हुन नपाउने भएपछि \'कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने\' भनिएको शिक्षा प्रणालीका कारण दशौँ हजार विद्यार्थीको भविष्य अन्योलमा परेको शिक्षाविद्ले बताएका छन् । सरकारले उनीहरूका लागि दुईवटा विकल्प दिएको छः प्राविधिक शिक्षा अर्थात् टी एसईई पढ्न वा पूरक परीक्षा दिन । तर प्राविधिकतर्फ त्यो माग धान्न सक्ने क्षमता नभएको प्राविधिक शिक्षा कार्यालयले जनाएको छ। १.६ भन्दा कम अङ्क अर्थात् जीपीए ल्याउने एसईई विद्यार्थीहरूको संख्या यसपाली पनि ७५ हजारको हाराहारीमा छ।
माध्यमिक शिक्षा परिषद्को मापदण्ड अनुसार १.६ भन्दा मुनिको ग्रेड ल्याउने विद्यार्थीहरू कक्षा ११ भर्ना हुन मिल्दैन । त्यसैले डी र ई ग्रेडका विद्यार्थीलाई प्राविधिक पढाइ अर्थात् टी एसईई को व्यवस्था गरिएको छ, जुन १८ महिने सीपमूलक शिक्षा हो । तर त्यति ठूलो संख्यामा माग धान्न सक्ने क्षमता समेत सरकारसँग नभएको प्राविधिक शिक्षा परिषद् सीटीइभीटीका सदस्य सचिव पुष्परमण वाग्ले बताउँछन् । उनी भन्छन्, \"एक लाखमा एकै लाख विद्यार्थी पढ्न आँउछन् कि आँउदैन त्यो अर्को विषय हो । तर पढ्न आउने विद्यार्थीलाई जीवन उपयोगी प्राविधिक शिक्षा दिन सक्ने क्षमता भने हामीसँग २९ हजारका लागि मात्रै छ ।\" २ भन्दा कम ग्रेड ल्याउने विद्यार्थीले लोकसेवामा पनि प्रतिस्पर्धा गर्न नपाइने शिक्षा मन्त्रालयले जनाएको छ । नयाँ प्रणाली शुरू भएको दुई वर्षमा झण्डै २ लाख त्यस्ता विद्यार्थी पढाइबाट वञ्चित भइसक्दा पनि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना भएको छ । तर शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्याल भन्छन्, \" हामी सीटीइभीटी अन्तर्गत उलेख्य संख्यामा स्कूलहरू खोल्ने योजनामा छौँ । साउन, भदौमा त्यसलाई शुरूवाती प्रक्रियामा लग्नेछौँ ।\" एकातिर कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भन्ने मनोविज्ञान विद्यार्थीमा पर्न जाँदा उनीहरू पढाइप्रति गम्भीर हुने नगरेको विवरण सार्वजनिक भएको छ। अर्कोतिर कम ग्रेडका विद्यार्थीको नियमित पढाइको ढोका बन्द हुँदा त्यसले समग्र शिक्षा प्रणालीमा असर पर्ने ठानिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: