Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कांग्रेस युवा नेताको आवाज: ‘७० नाघ्नुभयो, विश्राम लिनुस्’

[caption id=\"attachment_166875\" align=\"alignleft\" width=\"750\"]\"\" सांकेतिक तस्बिर[/caption] काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् । पार्टी ओरालो लाग्दै गएको विषयलाई उनीहरूको उमेरसँग जोड्दै पछिल्लो पुस्ताका नेताहरू भन्छन्, ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ।’ तर, दुवैको छाँट त्यस्तो छैन । केही समयअघि नेता बालकृष्ण खाँणले दुवैलाई भने पनि ‘तपार्इंहरूसँग अझै नयाँ विचार केही छ भने त्यसलाई ल्याउनुहोस्, नत्र नेतृत्व हस्तान्तरणतिर लाग्नुहोस् ।’ जब नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्छ, देउवा ९२ वर्षमा सत्तामा पुन: उदाएका मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् । कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् । अाजको कान्तिपुरमा खबर छ-युवा नेताहरू भने अब ‘गर कि छाड’ को अडानमा पुगेका छन् । राज्यका तीनै तहका निर्वाचनमा पार्टी नराम्ररी हारेपछि उनीहरू शुद्धीकरणका लागि नेतृत्व परिवर्तनको जोडमा लागेका छन् । ‘उमेरमा ७० पुगेका र क्रियाशीलताका आधारमा २० वर्ष केन्द्रीय सदस्य भएकाले विश्राम लिने प्रावधान पार्टीको विधानमा राख्दा राम्रो हुन्छ,’ खाँणले भने । यस्तो मापदण्ड लागू भएमा ५८ वर्षीय खाँण अवकाश लिनेको सूचीमा पर्छन् । उनी केन्द्रीय सदस्य भएको १९ वर्ष नाघेको छ । ‘म सम्मानपूर्वक अवकाश लिन तयार छु,’ उनले कान्तिपुरसँग भने, ‘अरू सबै तयार हुनुपर्छ ।’ कांग्रेसमा उमेर हदको प्रसंग यस पटक मात्रै उठेको होइन । केहीअघि केन्द्रीय कार्यसमिति बैठकमै नेता प्रदीप गिरीले ७० वर्षे उमेर हद राख्न प्रस्ताव गरे । युवा नेता गगन थापाले जीवनको ऊर्जावान समयपछि राजनीतिबाट अलग हुनुपर्छ भन्ने मान्यता राख्दै ५५ वर्षमै आफू क्रियाशील राजनीतिबाट अलग हुने प्रतिबद्धता धेरैअघि राखेका हुन् । आफ्नो हकमा ५५ वर्षको हद तोके पनि सबैका लागि यही मापदण्ड बन्नुपर्छ भन्ने भनाइ नरहेको उनले बताए । खाँणकै प्रस्तावमा उनी सहमत छन् । ‘प्रवेश र जिम्मेवारीबाट अवकाश हुन पार्टीभित्र वैज्ञानिक व्यवस्थापन जरुरी छ,’ उनले भने, ‘कसरी बहिर्गमन गर्ने भन्ने व्यवस्थापन गर्न सकेनौं भने कोलाहल हुन्छ, समस्या आउँछ ।’ उनका अनुसार कि त कांग्रेस बेलायतको पद्धतिमा जानुपर्छ, नभए निश्चित उमेरपछि ‘रिटायर्ड’ लिने व्यवस्था हुनुपर्छ । बेलायतमा पार्टी पराजित हुँदा नेतृत्वले राजनीतिबाट विश्राम लिने प्रचलन छ । ‘बेलायतको बाटो हिँड्न नसक्ने भए हाम्रो परिवेशमा ७० वर्ष पुगेपछि राजनीतिबाट विश्राम लिने उपाय उपयुक्त हुन्छ,’ थापाले भने, ‘निर्वाचन हार्दा र जति उमेर पुग्दा पनि छाड्न नपर्ने भए नयाँ नेतृत्वको कहिल्यै उदय हुन सक्दैन ।’ देउवा र पौडेलको छहारीमा आफ्नो सुरक्षा देख्ने नेताको एउटा तप्का छ, जसले यिनलाई चाहेर पनि विश्राम लिन दिँदैन । पहिलो पुस्ताले बाटो नछाडिदिने हो भने दोस्रो पुस्ता सबभन्दा पीडित हुने देखिन्छ । यो पुस्ताले १४ औं महाधिवेशनमा अवसर नपाए १५ औंमा पुग्दा सबैको उमेर ७० देखि ७५ सम्म पुग्छ । नेतृत्वमा आउन दोस्रो पुस्तामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, रामशरण महत, विमलेन्द्र निधिलगायत अग्रसर छन् । एक पटक देउवा आफैं सभापतिको प्रतिस्पर्धा गर्न तम्तयार भएकाले संस्थापन पक्षमा नेतृत्वका लागि अन्य दाबेदार छैनन् । तर, संस्थापनइतर पक्षबाट धेरै यस प्रतिस्पर्धामा देखिन्छन् । पौडेल स्वयंको भित्री चाहना अन्तिम एक पटक सभापतिमै प्रतिस्पर्धा गर्नेछ । पौडेलको विकल्पमा शेखर, शशांक कोइराला र सिंह खरो रूपमा अघि बढेका छन् । \"\" १४ औं महाधिवेशनमा अवसर नपाएमा सिंह १५ औं महाधिवेशनमा पुग्दा ७० पुग्छन् । शेखर ७५ पुग्छन् भने शशांक ६८ वर्ष पुग्छन् । सिटौला र शेखर १४ औं महाधिवेशनमै ७१ वर्ष उमेरका हुनेछन् । ‘दोस्रो पुस्तालाई अब समयको सुविधा छैन, त्यसैले पनि नेतृत्वका लागि रस्साकसी १४ औं महाधिवेशनमा प्रबल बन्ने सम्भावना छ,’ कांग्रेसका एक नेता भन्छन् । उमेरमा ७० र केन्द्रीय कार्यसमितिमा २० वर्ष सदस्य भएको मापदण्ड लगाउँदा देउवा र पौडेलसहित दोस्रो पुस्ताका एक दर्जन बढी नेताहरूले ‘अवकाश’ पाउनेछन् । यस्तो हुँदा तेस्रो पुस्ताका नेताहरू नेतृत्वमा आउने सम्भावना बढ्छ । कांग्रेस केन्द्रीय कार्यसमितिमा अहिले तीन पुस्ताको प्रतिनिधित्व छ । पहिलो पुस्ताको नेतृत्व देउवा र पौडेलले गरेका छन् । दोस्रो पुस्तामा ६० देखि माथिका नेताहरू हावी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending