Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

कांग्रेस युवा नेताको आवाज: ‘७० नाघ्नुभयो, विश्राम लिनुस्’

[caption id=\"attachment_166875\" align=\"alignleft\" width=\"750\"]\"\" सांकेतिक तस्बिर[/caption] काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् । पार्टी ओरालो लाग्दै गएको विषयलाई उनीहरूको उमेरसँग जोड्दै पछिल्लो पुस्ताका नेताहरू भन्छन्, ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ।’ तर, दुवैको छाँट त्यस्तो छैन । केही समयअघि नेता बालकृष्ण खाँणले दुवैलाई भने पनि ‘तपार्इंहरूसँग अझै नयाँ विचार केही छ भने त्यसलाई ल्याउनुहोस्, नत्र नेतृत्व हस्तान्तरणतिर लाग्नुहोस् ।’ जब नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्छ, देउवा ९२ वर्षमा सत्तामा पुन: उदाएका मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् । कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् । अाजको कान्तिपुरमा खबर छ-युवा नेताहरू भने अब ‘गर कि छाड’ को अडानमा पुगेका छन् । राज्यका तीनै तहका निर्वाचनमा पार्टी नराम्ररी हारेपछि उनीहरू शुद्धीकरणका लागि नेतृत्व परिवर्तनको जोडमा लागेका छन् । ‘उमेरमा ७० पुगेका र क्रियाशीलताका आधारमा २० वर्ष केन्द्रीय सदस्य भएकाले विश्राम लिने प्रावधान पार्टीको विधानमा राख्दा राम्रो हुन्छ,’ खाँणले भने । यस्तो मापदण्ड लागू भएमा ५८ वर्षीय खाँण अवकाश लिनेको सूचीमा पर्छन् । उनी केन्द्रीय सदस्य भएको १९ वर्ष नाघेको छ । ‘म सम्मानपूर्वक अवकाश लिन तयार छु,’ उनले कान्तिपुरसँग भने, ‘अरू सबै तयार हुनुपर्छ ।’ कांग्रेसमा उमेर हदको प्रसंग यस पटक मात्रै उठेको होइन । केहीअघि केन्द्रीय कार्यसमिति बैठकमै नेता प्रदीप गिरीले ७० वर्षे उमेर हद राख्न प्रस्ताव गरे । युवा नेता गगन थापाले जीवनको ऊर्जावान समयपछि राजनीतिबाट अलग हुनुपर्छ भन्ने मान्यता राख्दै ५५ वर्षमै आफू क्रियाशील राजनीतिबाट अलग हुने प्रतिबद्धता धेरैअघि राखेका हुन् । आफ्नो हकमा ५५ वर्षको हद तोके पनि सबैका लागि यही मापदण्ड बन्नुपर्छ भन्ने भनाइ नरहेको उनले बताए । खाँणकै प्रस्तावमा उनी सहमत छन् । ‘प्रवेश र जिम्मेवारीबाट अवकाश हुन पार्टीभित्र वैज्ञानिक व्यवस्थापन जरुरी छ,’ उनले भने, ‘कसरी बहिर्गमन गर्ने भन्ने व्यवस्थापन गर्न सकेनौं भने कोलाहल हुन्छ, समस्या आउँछ ।’ उनका अनुसार कि त कांग्रेस बेलायतको पद्धतिमा जानुपर्छ, नभए निश्चित उमेरपछि ‘रिटायर्ड’ लिने व्यवस्था हुनुपर्छ । बेलायतमा पार्टी पराजित हुँदा नेतृत्वले राजनीतिबाट विश्राम लिने प्रचलन छ । ‘बेलायतको बाटो हिँड्न नसक्ने भए हाम्रो परिवेशमा ७० वर्ष पुगेपछि राजनीतिबाट विश्राम लिने उपाय उपयुक्त हुन्छ,’ थापाले भने, ‘निर्वाचन हार्दा र जति उमेर पुग्दा पनि छाड्न नपर्ने भए नयाँ नेतृत्वको कहिल्यै उदय हुन सक्दैन ।’ देउवा र पौडेलको छहारीमा आफ्नो सुरक्षा देख्ने नेताको एउटा तप्का छ, जसले यिनलाई चाहेर पनि विश्राम लिन दिँदैन । पहिलो पुस्ताले बाटो नछाडिदिने हो भने दोस्रो पुस्ता सबभन्दा पीडित हुने देखिन्छ । यो पुस्ताले १४ औं महाधिवेशनमा अवसर नपाए १५ औंमा पुग्दा सबैको उमेर ७० देखि ७५ सम्म पुग्छ । नेतृत्वमा आउन दोस्रो पुस्तामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, रामशरण महत, विमलेन्द्र निधिलगायत अग्रसर छन् । एक पटक देउवा आफैं सभापतिको प्रतिस्पर्धा गर्न तम्तयार भएकाले संस्थापन पक्षमा नेतृत्वका लागि अन्य दाबेदार छैनन् । तर, संस्थापनइतर पक्षबाट धेरै यस प्रतिस्पर्धामा देखिन्छन् । पौडेल स्वयंको भित्री चाहना अन्तिम एक पटक सभापतिमै प्रतिस्पर्धा गर्नेछ । पौडेलको विकल्पमा शेखर, शशांक कोइराला र सिंह खरो रूपमा अघि बढेका छन् । \"\" १४ औं महाधिवेशनमा अवसर नपाएमा सिंह १५ औं महाधिवेशनमा पुग्दा ७० पुग्छन् । शेखर ७५ पुग्छन् भने शशांक ६८ वर्ष पुग्छन् । सिटौला र शेखर १४ औं महाधिवेशनमै ७१ वर्ष उमेरका हुनेछन् । ‘दोस्रो पुस्तालाई अब समयको सुविधा छैन, त्यसैले पनि नेतृत्वका लागि रस्साकसी १४ औं महाधिवेशनमा प्रबल बन्ने सम्भावना छ,’ कांग्रेसका एक नेता भन्छन् । उमेरमा ७० र केन्द्रीय कार्यसमितिमा २० वर्ष सदस्य भएको मापदण्ड लगाउँदा देउवा र पौडेलसहित दोस्रो पुस्ताका एक दर्जन बढी नेताहरूले ‘अवकाश’ पाउनेछन् । यस्तो हुँदा तेस्रो पुस्ताका नेताहरू नेतृत्वमा आउने सम्भावना बढ्छ । कांग्रेस केन्द्रीय कार्यसमितिमा अहिले तीन पुस्ताको प्रतिनिधित्व छ । पहिलो पुस्ताको नेतृत्व देउवा र पौडेलले गरेका छन् । दोस्रो पुस्तामा ६० देखि माथिका नेताहरू हावी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending