Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

पूरा हुने भो पुरुषको नर्स बन्ने धोको

काठमाडौं : नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वाभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् । संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि केही समयदेखि प्रश्न उठ्न थालेको थियो– नर्स बनेर सेवा गर्न पुरुषले किन नपाउने ? के नर्स भनेको महिलाको मात्रै पेशा हो र ? अाजको अन्नपूर्णमा खबर छ-होइन, अब नेपालमा पनि पुरुषहरूको नर्स बन्ने धोको पूरा हुने भएको छ । पुरुषले पनि नर्सिङ पढ्न पाउने गरी प्रशासनिक प्रक्रिया अघि बढाइएको हो । नर्सिङ सेवालाई प्रभावकारी, व्यवस्थित एवं वैज्ञानिक ढंगले संचालन गर्न पुरुषहरूलाई पनि सामेल गराउनु पर्ने खाँचो देखिएपछि प्रक्रिया अघि बढाइएको नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले बताइन् । पोखरेलका अनुसार पुरुषहरूलाई पनि अनमी (सहायक स्वास्थ्य परिचारिका), पीसीएल नर्र्सिङ र बीएस्सी नर्सिङमा भर्ना लिन सकिने गरी प्रक्रिया अघि बढाउन लागिएको छ । यसै शैक्षिक सत्रदेखि पुरुषहरूले पनि नर्सिङमा भर्ना हुन पाउने छन् । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७४÷०७५ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई भर्ना गराउने निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि विभिन्न विश्वविद्यालय, प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लगायतका निकायहरूमा पत्राचार गर्ने तयारी गरेको परिषद् सदस्य समेत रहेकी नर्सिङ संघकी अध्यक्ष पोखरेलले बताइन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डिन प्राध्यापक डा. जगदीशचन्द्र अग्रवाल बाहिरी मुलुकमा पुरुष नर्सहरू भएको उल्लेख गर्दै नेपालमा पनि आवश्यक भएको बताए । उनले भने, ‘पुरुष नर्सको माग स्वदेश तथा विदेशमा बढेको छ ।’ नर्सिङ परिषद्ले गरेको निर्णय प्राप्त भएपछि अगाडिका प्रक्रियाहरू बढाइने उनले बताए ।
स्वदेश तथा विदेशमा पुरुष नर्सको माग बढिरहेको छ, नर्सिङ परिषदको निर्णय प्राप्त भएपछि भर्ना प्रक्रिया अघि बढ्छः प्रा.डा. जगदीशचन्द्र अग्रवाल, डिन, चिकित्सा शास्त्र अध्ययन संस्थान
नर्सिङ कलेजमा पढ्न पाए वार्षिक झण्डै सात सय पुरुष नर्स उत्पादन हुने अपेक्षा नर्सिङ संघले गरेको छ । पुरुषहरू पढ्न नआए उनीहरूलाई छुट्याइएको कोटामा महिलाले पढ्ने छन् । यसअघि २०४६ सालमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले संचालन गरेको नर्सिङमा चार व्याचसम्म पुरुषहरूले अध्ययन गरेका थिए । त्यतिबेला झण्डै ९० जना पुरुषहरू नर्सिङ जनशक्तिका रूपमा उत्पादन भएका थिए । त्यसलगत्तै पढाइ बन्द भएको थियो । तीस वर्षअघि उत्पादित पुरुष नर्सहरूमध्ये थोरैले मात्र नर्सिङ पेशालाई निरन्तरता दिइरहेका छन् । नर्सिङ परिषद्मा झण्डै ८१ हजार महिला नर्सहरू दर्ता रहेका छन् । ‘पुरुष बिरामीहरूको हेरचाहका साथै दुर्गममा खटिएर जान सक्ने भएकाले नर्सिङमा पुरुषहरूलाई अवसर दिन लागिएको हो’, नर्सिङ संघकी अध्यक्ष प्राध्यापक पोखरेलले भनिन्, ‘पुरुषहरूले नै नर्सिङ पढ्न आकर्षण देखाएका छन् । दैवीप्रकोप लगायत अन्य विपद्मा पनि पुरुष नर्सहरूलाई परिचालन गर्न सजिलो हुन्छ ।’ पुरुषहरूले नै इच्छा देखाएपछि उनीहरूले नर्सिङ पढ्न पाउने ढोका खुला गर्न लागिएको पोखरेलले बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending