Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

विदेशमा तीन छोरा गुमाएका दम्पतीको अठोटः अब सन्तानलाई भुलेर पनि विदेश जानै दिन्नौं

म्याग्दी । दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन् ।

रोजगारको सिलसिलामा खाडीमुलुकमा धन कमाउन पुगेका तीन छोराको शव बाकसमा घरको आँगनमा आएपछि लीलमति र धन बहादुरका आँखा अहिले पनि रसाइरहेका छन् । धनबहादुर र लीलमतिका चार भाइ छोरामध्ये १० वर्ष अगाडि माहिला भक्तबहादुरको कतार, सात वर्ष अघि जेठा छोरा भक्तबहादुरको मलेसिया र कान्छा छोरा धर्मको गत वर्षको चैत महिनाको ११ गते मलेसियामै ड्युटी गरिरहेको अवस्थामा मृत्यु भएको थियो । दुईवटा छोराको सुतिरहेको अवस्थामा र एक छोराको डिट्युटीमै मृत्यु भएपछि रोका दम्पतीले आफ्नो साहिलो छोरा थमबहादुर र नातिहरुलाई कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका हुन् । “बूढेशकालको सहारा एउटा छोरा मात्रै छ, तीनवटा छोरालाई दैवले लग्यो” आफ्नो कोखबाट जन्मिएको अन्तिम सन्तानलाई गुमाउँदाको पीडा सुनाउँदै लीलमतिले भने “तीनवटा छोरालाई विदेशमै गुमाएँ, बँचेको साहिलो छोरा छ, हामी उसकै काखमा मृत्युवरण गर्न चाहन्छौँ, त्यसैले गरिबीले जति सताए पनि कुनै हालतमा पनि छोरा नातिलाई अब विदेश पठाउँदैनौँ ।” औषधोपचार र घरायसी कामको सिलसिलामा आमाबुबालाई सदरमुकाम बेनीमा लिएरआएका रोका दम्पतीका साहिला छोरा थमबहादुरले विदेश जानका लागि बनाएको राहदानी पनि स्व दाजु र भाइको राहदानीसँगै फालिदिएको बताए । रोकाले भने “गाउँकै भिरपाखामा खेल्छु, आमाबुबाको हेरचाह गर्छु, एकपेट भोकै एकपेट मकै खाएर भए पनि गुजारा गर्छु तर आमाबाबाको मन कुँडाएर विदेश जान्न ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending