Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

हुन्डी करोबारका ‘नाइके’ पनि पोदार नै, २५ वर्षदेखि संलग्न !

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका विमल पोदार २५ वर्षदेखि हुन्डी करोबारमा संलग्न रहेको खुलेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिको अनुसन्धानबाट उनी दुई दशकदेखि हुन्डी कारोबारमा संलग्न रहँदै आएको खुलेको हो । हुन्डीको रकम सुन तस्करीमा प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको समितिको भनाइ छ । विगतका रेक तथा कल डिटेल्सले यसलाई पुष्टि गरेको समितिका संयोजक सहसचिव पौडेलले बताए । उनले भने, ‘सुन तस्करीमा उनको गतिविधि सन्दिग्ध देखिएपछि पक्राउ गरयौं। यसक्रममा बयान लियौँ । विगतका रेकर्ड हेरियो । कल डिटेल्स अध्ययन भयो । सबै हेर्दा उनले वर्षौंदेखि हुन्डी करोबार गर्दै आएको खुल्यो । उनले पनि स्वीकार गरेका छन् ।’ समितिका अनुसार नेपालमा हुन्डी करोबार भित्र्याउने नै उनी हुन् । उनैको सिको गरेर नेपालमा हुन्डीका अन्य कारोबारी जन्मिएको समितिको दाबी छ । विगतमा उनले भन्सार हुँदै भारतीय रुपैयाँ नेपाल ल्याउँथे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सो रकम दुबई पठाउँथे । त्यसबापत सुन ल्याउँथे र भारतीय बजारमा बेच्थे । ६ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपले विदेश लैजान लागेको १ करोड २४ लाख रुपैयाँ विदेशी मुद्रासहित भारतीय रुपैयाँ बरामद भयो । घटनामा विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठ मुछिए । पछि उनी सेवाबाट बर्खास्त भए । तस्करी हुँदै विदेश लैजान लागिएको सो रकम पोदारकै रहेको प्रहरी अनुसन्धानबाट खुले पनि उनी पक्राउ परेका थिएनन् । समितिका अनुसार उनले तस्करीको सुन र आवश्यक रकम धेरैजसो वीरगन्ज नाका हुँदै भारत लैजाने गर्थे । त्यसबाहेक उनले विराटनगरको जोगबनी र झापाको काकडभिट्टास्थित पानीटैंकी नाका पनि तस्करीका लागि प्रयोग गर्थे । तस्करीमा रेमिटेन्सको प्रयोग समितिका अनुसार तस्करीको सुनमा वैदेशिक रोजगारीमा गएका युवाको कमाइ प्रयोग हुने गरेको देखिएको छ । विशेषगरी दुबई र दुबई ट्रान्जिट बनाएर वैदेशिक रोजगारीमा जाने युवाको रेमिटेन्सबापतको रकम यस कार्यमा प्रयोग हुने गरेको समितिको दाबी छ । वैदेशिक रोजगारीमा गएका युवाले कमाएको रकम उतै खरिद हुने र आश्रित परिवारलाई नेपालस्थित तस्करले त्यसबापतको रकम उपलब्ध गराउने गरेको समितिको अनुसन्धानबाट खुलेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies