Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पूर्वपदाधिकारीलाई यस्तो सुविधाको तयारी

काठमाडाैं । सरकारले पूर्वपदाधिकारीका रूपमा राष्ट्रपतिदेखि सभामुखसम्मलाई राज्यबाट नियमित सुविधा उपलब्ध गराउने गरी विधेयक ल्याउने तयारी गरेको छ । गृह मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा कानुन र अर्थ मन्त्रालयले सहमति दिइसकेका छन् । मस्यौदा मन्त्रिपरिषद्मा लैजाने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले पूर्वपदाधिकारीका रूपमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री/मन्त्रिपरिषद्का अध्यक्ष, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख/संविधानसभा अध्यक्ष/राष्ट्रिय सभा अध्यक्ष भई निवृत्त भएका व्यक्तिलाई सुविधा दिने ऐन ल्याउन लागेको हो । अाजको नयाँ पत्रिकामा खबर छ-केही पूर्वपदाधिकारीहरूले पहुँचका आधारमा सुविधा लिएर आलोचित बन्न थालेपछि सरकारले ऐन ल्याउन लागेको हो । यसअघि पनि पटक–पटक ऐनको मस्यौदा भए पनि पूर्वपदाधिकारीहरूलाई सेतो हात्तीका रूपमा पाल्न खोजिएको भन्दै आलोचना भएको थियो । नयाँ मस्यौदामा पूर्वराष्ट्रपतिले मासिक ५० हजार र पूर्वउपराष्ट्रपतिले मासिक ४० हजार भत्ता पाउने उल्लेख छ । तर, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशलाई भने मासिक भत्ता नदिने उल्लेख छ । यस्तै, सरकारले काठमाडौं उपत्यका वा कुनै प्रदेश राजधानीमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख रुपैयाँ घरभाडा दिइने व्यवस्था प्रस्ताव छ । ती ठाउँमा घर भएमा भने मासिक एक लाख घर मर्मत खर्च पाउनेछन् । यस्तै, पूर्वउपराष्ट्रपति/प्रधानमन्त्री, प्रधानन्यायधीश/सभामुखले भने घर भाडा शीर्षकमा मासिक ७५ हजार मात्र प्राप्त गर्नेछन् । सुविधामासिक भत्ता राष्ट्रपतिलाई मासिक ५० हजार उपराष्ट्रपतिलाई ४० हजार आवास सुविधा काठमाडौं उपत्यका वा कुनै प्रदेश राजधानीमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख रुपैयाँ घरभाडा दिने । पूर्वउपराष्ट्रपतिरप्रधानमन्त्री, प्रधानन्यायाधीशरसभामुखलाई मासिक ७५ हजार घरभाडा । सवारीसाधन तथा इन्धन सुविधा हरेक पदाधिकारीलाई एउटा सवारीसाधन र मर्मतका लागि मासिक २५ हजार रुपैयाँ दिने । इन्धन : हरेक पूर्वपदाधिकारीलाई मासिक दुई सय लिटर पेट्रोल/डिजेल र प्रत्येक तीन महिनामा पाँच लिटर मोबिल । निजी सचिवालय र कर्मचारी पूर्वराष्ट्रपतिले उपसचिवस्तरको कर्मचारी, सवारीचालक र कार्यालय सहयोगी एक–एकजना पाउनेछन् । पूर्वराष्ट्रपतिबाहेक अन्य पूर्वपदाधिकारीले शाखा अधिकृतस्तरको एकजना र सवारीचालक एकजना पाउनेछन् । सुरक्षासम्बन्धी व्यवस्था पूर्वपदाधिकारीको सुरक्षा खतराको मूल्यांकन गरी आवश्यक सुरक्षा उपलब्ध गराइनेछ । सुविधा प्राप्त नहुने अवस्था सरकारी कोषबाट पारिश्रमिक पाउने गरी निर्वाचित, मनोनीत वा नियुक्त भई सार्वजनिक पदमा बहाल रहेसम्म । महाअभियोग लागेर पदमुक्त भएमा । नैतिक पतन देखिने फौजदारी अभियोगबाट कसुरदार ठहरिएकोमा ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending