Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पर्यटकीय बसपार्क कान्तिपथबाट सर्याे

काठमाडौँ। तीन दशकदेखि कान्तिपथ सडकलाई पर्यटकीय बसपार्कका रूपमा प्रयोग गर्दै आएका बस अब त्यहाँबाट हट्ने भएका छन् । राजधानीबाट देशका विभिन्न पर्यटकीय गन्तव्यमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक बोकेर आवतजावत गर्ने बसलाई सोह्रखुट्टेस्थित सडकमा सार्न लागिएको हो । बस आगामी असार १६ गते कान्तिपथबाट सोह्रखुट्टे सारिनेछ । गृह प्रशासन सुधार योजना बमोजिम गृहमन्त्रीको निर्देशनमा पर्यटक बसलाई अन्यन्त्र सार्न लागिएको हो । पर्यटक बसपार्कलाई स्थानान्तरणका लागि काठमाडौँ महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा एउटा समिति गठन गरिएको थियो । जसमा ट्राफिक प्रहरी, सरोकारवाला निकाय र वडा प्रतिनिधि सहभागी थिए । काठमाडौँ महानगरपालिकाका सहसचिव ज्ञवालीले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाउन लागिएको बताए । उनले भने, “सुन्दर महानगर निर्माणका लागि बसपार्क स्थान्तरणले राम्रो सहयोग पुग्ने छ । ” कान्तिपथबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर काठमाडौँ–पोखरा र काठमाडौँ–सौराह जाने गर्दै आएका छन् । कान्तिपथबाट बसपार्क हटाएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने भएकाले क्षणिक समयका लागि सोह्रखुट्टेलाई प्रयोग गर्न दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले बताए । गृहमन्त्रीको निर्देशनपछि पर्यटकीय सवारी साधनलाई नयाँ बसपार्कमा स्थानान्तरण गर्ने महानगरपालिका र ट्राफिक प्रहरीको तयारी भए पनि व्यवसायीले नयाँ बसपार्क जान नमानेपछि अहिले अस्थायीरुपमा सोह्रखुट्टे करिडोरलाई सवारी छुट्ने स्थानका रुपमा प्रयोग गर्न लागेका हुन् । टुरिष्ट बस एशोसिएसन अफ नेपाल ९टिवान०का संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले बसपार्क हटाउँदा पर्यटकलाई आवतजावतमा समस्या हुने भएकाले ठमेल क्षेत्रवरपर नै सरकारले दिगो रुपका लागि बसपार्क निर्माण गरिदियोस् भन्ने हाम्रो माग हो भने। सरकार, महानगरपालिका र वडाले इच्छा देखाए ठमेल आसपासको क्षेत्रमा पर्यटकीय बसपार्क निर्माण गर्न सकिने उहाँको भनाइ थियो । मुलुकको पर्यटन विकास गर्न पर्यटकीय सवारी साधनका लागि बेग्लै बसपार्क बनाउनुपर्ने अध्यक्ष आचार्यले बताए । मुलुकको विकासका लागि पूर्वाधार महत्वपूर्ण कुरा भएको उनको भनाइ थियो । हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म कान्तिपथमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका र रातिको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर राख्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending