Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः महामन्त्री बर्तौला

काठमाडौं । टुटफुटबाट कमजोर बनेको राप्रपाका सबै समुह ढिलोचाँडो एकै ठाउँमा आउने राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले ठोकुवा गरेका छन् । आज पार्टीको रामेछाप–काठमाडौं सम्पर्क समाजको कार्यक्रममा बोल्दै बर्तौलाले पार्टी फुट्नु ठूलो गल्ती भएको भन्दै अब एक नहुनु अर्को महागल्ती हुने हुँदा एकताको विकल्प नभएको जिकिर गरे । उनले एकीकृत पार्टीको महाधिवेशनको जगमा टेकेर एकता हुने स्पष्ट पारे । हामीबिच कुनै सैद्धान्तिक वैचारिक मतभेद छैन, सानातिना प्राविधिक कुराको समाधान खुल्ला छाती र पार्टीको सुदुर भविश्यलाई केन्द्रमा राखेर मिलाइन्छ । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य लालध्वज लामाले संगठन सुदृढीकरणलाई महत्वका साथ अगाडि बढाउनु पर्नेमा जोड दिए । तीन नम्बर प्रदेशका सांसद रिता माझीले युवा पुस्तालाई राप्रपामा प्रचुर संभावना र अवसर रहेको भन्दै मुलुकको राष्ट्रियता, प्रजातन्त्रको संरक्षणका साथै आर्थिक समृद्धिको निमित्त राप्रपाले लिएको बाटो नै सही भएको दाबी गरिन् । कार्यक्रममा अर्का केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खड्काले सैद्धान्तिक र वैचारिक रुपमा प्रतिबद्ध कार्यकर्ताको जमातले मात्र गन्तब्यमा पुगिने भन्दै प्रवासमा रहेका लाखौं परिश्रमी युवाहरुलाई देश निर्माणमा स्वदेश फर्काउनु आवश्यक भएको विचार ब्यक्त गरे । कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती श्रेष्ठ, राजु श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेका थिए । बुद्धिकृष्ण चौहानको संयोजकत्वमा राप्रपाको काठमाडौं–रामेछाप सम्पर्क समाज भेला आयोजक समिती गठन भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending