Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

नेकपाको आम्दानी मासिक १० करोड, कसरी उठ्छ पैसा ?

काठमाडौं । पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ । पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले लेभी उठाउने गरी पार्टी विधानको नियमावली बनाएपछि नेकपाले लेभीबाटै करोडौं रकम आम्दानी गर्ने भएको हो । अाजको अन्नपूर्णमा खबर छ-‘विधानअनुुसार पार्टी सदस्यको वर्गीकरण गरिएको छ र त्यही आधारमा नियमावलीमा सदस्यता, नवीकरण शुुल्कको व्यवस्था गरिएको छ’, नियमावली तयार पार्न गठित कार्यदलका सदस्य तथा नेकपाका स्थायी समिति सदस्य वेदुुराम भुुसालले अन्नपूर्णलाई भने । दुई ठूला कम्युनिस्ट घटक तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकतापछि गत वैशाखमा बनेको नेकपाले नयाँ पार्टी सञ्चालनका लागि विधान तथा नियमावली निर्माण गरेको हो । नेकपाले आफ्नो नवनिर्मित पार्टीको संगठन सदस्य नै ७ लाखभन्दा बढी रहेको दाबी गर्दै आएको छ । पूर्व एमालेको ३ लाख र पूर्व माओवादीको (विराटनगर महाधिवेशन २०६९ सालअनुसार) ४ लाख संगठित सदस्य रहेको दाबी छ । यी दुुईको संगठित सदस्यता जोड्दा ७ लाख पुुग्छ । नेकपाका संगठित सदस्यले अब पार्टी सदस्यता कायम राख्न विधान तथा नियमावलीमा व्यवस्था भएबमोजिम मासिक एक सय रूपैयाँ पार्टीलाई बुुझाउनुु पर्ने हुुन्छ । ७ लाख संगठित सदस्यले मासिक सय रूपैयाँका दरले लेभी बुुझाउँदा नेकपाले ७ करोड रूपैयाँ आम्दानी गर्नेछ । साधारण सदस्यले मासिक २० रूपैयाँ लेभी बुुझाउनुु पर्नेछ । नेकपाको विधानले सदस्य, संगठित सदस्य र मानार्थ सदस्य गरी तीन प्रकारका सदस्यको व्यवस्था गरेको छ । मानार्थ सदस्यका लागि भने विधानमा लेभी रकम तोकिएको छैन । स्वेच्छिक सहयोग गरेमा नेकपाले मानार्थ सदस्यबाट पनि लिनेछ । संगठित सदस्यभन्दा साधारण सदस्यको संख्या सबैजसो राजनीतिक दलमा बढी हुुने गरेका छन् । नेकपाका कम्तीमा १० लाख साधारण सदस्य रहेको नेताहरूले दाबी गर्दै आएका छन् । गत निर्वाचनमा तत्कालीन एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ र माओवादीले १३ लाख ३ हजार ७ सय २१ मत ल्याएका थिए । यी दुुई पार्टीको समानुुपातिक मत जोडदा ४४ लाख ७७ हजार २ सय १५ मत हुुन्छ । यसमध्ये कम्तीमा १० लाख नेकपाका साधारण सदस्य रहेको नेताहरूको दाबी छ । १० लाख पार्टीका साधारण सदस्यमध्येबाट मासिक २ करोड आम्दानी हुुने देखिन्छ । त्यस्तै सांसद, मन्त्री तथा राजनीतिक नियुुक्ति पाउनेहरूबाट पनि नेकपाले मासिक रूपमा लेभी उठाउनेछ । ‘सांसद, मन्त्री, राजनीतिक नियुुक्ति लिनेबाट पनि पार्टीले मासिक रूपमा विशेष लेभी लिने नीति बन्छ, यो पार्टीका सम्बन्धित कमिटीले निर्णय गरेर लिने हुुन्छ’, नियमावली बनाउन गठित कार्यदलका सदस्य तथा पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटाले बताए । पार्टी एकीकरणभन्दा अगाडि साविकका एमालेले सांसद तथा मन्त्रीहरूबाट मासिक १३ हजार र माओवादीले मासिक १२ हजार लेभी उठाउँदै आएका थिए । एकीकरणपछि भने मन्त्री तथा सांसदबाट कति लेभी बुझाउने भन्ने विषयमा कुुनै निर्णय भइसकेको छैन । दुुवै घटकबाट पूर्ववत् लेभी भने बुझाइरहेको नेकपा संसदीय दलका प्रमुुख सचेतक देव गुुरुङले बताए । नेकपासँग अहिले राष्ट्रिय सभा तथा प्रतिनिधिसभातर्फ कुुल २ सय १३ सांसद छन् । सांसद तथा मन्त्रीहरूबाट मासिक १२ हजार रूपैयाँका दरले लेभी उठाइए पनि कुुल २५ लाख ५६ हजार रूपैयाँ मासिक रूपमा उठ्नेछ । यसमा प्रदेश सभाका सांसद तथा मन्त्रीहरूको रकम जोडिएको छैन । केन्द्रीय सदस्य देवकोटाका अनुुसार यसरी उठ्ने लेभी पार्टीका तहगत कमिटीमा प्रतिशतका आधारमा भागबन्डा लगाइनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending