Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् । अाजको नयाँ पत्रिकामा खबर छ-यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिकतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए । माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थी संख्या झन्डै दुई लाख छ । नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजार रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताए । नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन् । जसमध्ये आठ हजार ७३ छात्र र ६ एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पाँच सय ६४ सहभागी भएकामा सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४.० सम्म ल्याउनेको संख्या १२ हजार दुई सय ८४ यस्तो छ कक्षा ११ मा भर्ना पाउने मापदण्ड समूह १ : विज्ञान  विज्ञान समूहका फिजिक्स, केमेस्ट्री, बायोलोजी, गणित वा कम्प्युटर विज्ञान विषय अध्ययनका लागि कक्षा ११ मा भर्ना पाउन कम्तीमा जिपिए २ ल्याउनुपर्ने, विज्ञान र गणितमा सी प्लस, अंग्रेजीमा सी तथा सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने । समूह २ –प्राविधिक विषय भोकेसनल ग्रुपका विषयहरू एनिमल साइन्स/प्लान्ट साइन्स, इलेक्टिंकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जिपिए १.६ हुनुपर्नेछ । विज्ञान, गणित र अंग्रेजीमा न्यूनतम सी ग्रेड तथा सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने । समूह ३ गणित, लेखा, अर्थशास्त्र, कम्प्युटर साइन्स, टिचिङ म्याथ, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जोग्राफी, साइकोलोजीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने । ती विषयका लागि एसइईमा म्याथम्याटिक्समा न्यूनतम सी तथा अंग्रेजी, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था गरेको छ । समूह ४ फिजिकल एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजुकेसन, टिचिङ साइन्सका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने छ । एसइईमा साइन्स र म्याथमा न्यूनतम सी र अंग्रेजी, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनुपर्ने हुन्छ । समूह ५ अंग्रेजी, अल्टरनेटिभ इंग्लिस, टिचिङ इंग्लिस र लिंगुस्टिक पढ्नका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने हुन्छ । एसइईमा इंग्लिसमा न्यूनतम सी र नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्छ । समूह ६ मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । इंग्लिसमा सी, नेपाली, म्याथ र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने निर्णय भएको छ । परिषद्ले मास कम्युनिकेसनका लागि डी प्लस नचाहिने गरी निर्णय परिमार्जन गरेको छ । समूह ७ नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । त्यसैगरी नेपालीमा न्यूनतम सी, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ । समूह ८ पोलिटिकल साइन्स, हिस्ट्री, कल्चर, होम साइन्स, सोसियोलोजी, साइकोलोजी, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्सका अध्ययका लागि न्यूनतम जिपिए १.६ चाहिन्छ । यी विषय अध्ययनका लागि एसएलसीमा सोसलमा न्यूनतम सी, नेपाली र इंग्लिसमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ । समूह ९ इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोडक्सन टु पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोमेन्ट एजुकेसन अध्ययनका लागि पनि जिपिए न्यूनतम १.६ चाहिन्छ । त्यसैगरी, एसएलसीमा इपिएचमा न्यूनतम सी, नेपाली, इंग्लिस र साइन्समा न्यूनतम डी प्लसको व्यवस्था गरेको छ । समूह १० ह्युमन भेलु एजुकेसन, जनरल ल, संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन र ल अध्ययनका लागि न्यूनतम जिपिए १.६ का साथै नेपाली, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याएमा विद्यार्थीले भर्ना पाउँछन् । परिषद्ले संस्कृत पढ्नेका लागि इंलिसमा डी प्लस नचाहिने निर्णय गरेको छ । समुह ११ मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा भर्ना पाउने व्यवस्था गरेको छ । समूह १२ डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषयमा न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था छ । सी ग्रेडभन्दा तलकालाई ग्रेडवृद्धिको मौका यस वर्षको परीक्षामा सैद्धान्तिक विषयतर्फ सी, डी प्लस, डी र ई प्राप्त गर्ने विद्यार्थीले सबै विषयमा ग्रेडवृद्धि गर्न पाउने भएका छन् । ती विषयमध्ये विद्यार्थीले चाहेका विषयमा र मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । परीक्षा नियन्त्रण कार्यालयले ग्रेडवृद्धिको परीक्षा २३ साउनदेखि गर्ने भएको छ । १३ हजार ड्रपआउट साधारण र प्राविधिक विषयमा नियमित र एक्जाम्टेडतर्फ कुल चार लाख ८५ लाख ५ सय ८६ ले एसइईको परीक्षा आवेदन फारम भरेका थिए । तर, २१ हजार ८ सय ९७ विद्यार्थी अनुपस्थित भए । साधारणतर्फ नियमितका कुल १३ हजार ९०, एक्जाम्टेडतर्फ आठ हजार ६ सय ५७ ड्रपआउट भएका छन् । प्राविधिकतर्फ नियमितका एक सय ४४ र एक्जाम्टेडका ६ जना ड्रपआउट भए । ११ जनाको रद्द, ७४ कम उमेर यस वर्षको एसइईमा ११ जनाको उत्तरपुस्तिका रद्द भएको छ । ७४ जना कम उमेरका रहेका पनिकाले जनाएको छ । एक हजार ५० जनाको प्रयोगात्मक परीक्षा छुटेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies