Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

के चिन भ्रमणले सम्बन्धमा सकारात्मक कोल्टो फेरेकै हो ?

काठमाडौँ। बहुआयामिक महत्वका दृष्टिले हेरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका अवसरमा भएका दुईपक्षीय सम्झौताले नेपालीले परिकल्पना गरेका सपना यथार्थमा परिणत हुने लक्षण देखा परेको छ । नेपाली चिनियाँ लगानी भित्र्याउन, आपसी सम्बन्धमा नयाँ आयाम थप्न र रेलमार्ग निर्माणको तयारी गर्न भ्रमण ऐतिहासिक सावित भएको हो । भ्रमणका कारण दुई देशको सम्बन्धमा सकारात्मक कोल्टो फेराइ शुरु भएको छ । नेपाल सरकारको पर्याप्त गृहकार्य नहुँदा विगतका सम्झौतालाई अघि बढाउने सम्बन्धमा थप प्रगति हुने सम्भावना चाँहि पूरा नभएको कूटनीतिक मामिलाका जानकार एवं विज्ञको भनाइ छ । उनहरुले प्रधानमन्त्रीको यो भ्रमणले नेपालको समृद्धिका लागि भरपर्दो आर्थिक साझेदारीको रुपमा चीनको भूमिका अझ बढ्ने सुनिश्चितता भएको बताए। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागका प्रमुख डा खड्ग केसीले भ्रमण राजनीतिक, आर्थिक र रणनीतिक हिसाबले सफल भएको बताउँदै दुई सरकारबीचको उच्चस्तरीय संवाद र सहमतिले विश्वासको थप वातारण बनेको प्रतिक्रिया दिए । नेपालको भूराजनीतिक स्थितिमा जलस्रोतको विकासमा चिनियाँ निजी क्षेत्रका लगानी भित्र्याउने सम्झौता, रेलमार्ग सम्झौता, प्रसारण लाइन विस्तार र नेपाली बजार विस्तार आर्थिक हिसाबले महत्वपूर्ण भएको डा केसीको भनाइ छ । “अलिकति भिन्न र उन्नत परिवेशमा भएको मेरो दोस्रोे भ्रमण फलदायी हुनेछ, नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउने तथा गहिराइमा पु¥याउनेछ, आपसीमैत्री सम्बन्धलाई माथि उठाउन सुदृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर म चीन आएको छु”, प्रधानमन्त्री ओलीको चीन भ्रमणको यो भनाइले करीब सार्थकता पाएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा अपेक्षा गरिएअनुसार व्यापार र पारबहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर नभए पनि निकट भविष्यमा त्यो कार्य हुने अपेक्षा डा केसीले व्यक्त गरे । प्रोटेकलमा हस्ताक्षर नभए उत्तरततर्फको पराबहन विकल्पको लक्ष्य प्राप्त नहुने उहाँको टिप्पणी छ । डा. केसीले भने, “हामीले आर्थिक सहयोगका लागि तत्काल ठूलो सहयोगको अपेक्षा गर्दै, प्रसारण लाइन विस्तार, रेलमार्ग सम्झौता र मानवीय स्रोतको सहयोगले दक्षिणतर्फको परनिर्भता हटाउन योगदान गर्नेछ ।’ नेपालले २०७२ सालमा भारतीय पक्षबाट नाकाबन्दी खेपिरहेको समयमा अघिल्लो प्रधानमन्त्रीत्वकालमा ओलीले चीन भ्रमण गरेर व्यापार र पारबहन सम्झौता गरेपछि उत्तरी छिमेकीसँगको पारबहनको विकल्पको सम्भावनाको ढोका खुलेको थियो । कूटनीतिज्ञ डा भेषबहादुर थापा पनि भ्रमण सकारात्मक भएको र यसले नेपाल चीन सम्बन्धमा नयाँ आयाम शुरुवात गरेको बताउँदै ‘भूपरिवेष्टित मुलुकले समुद्रसँगको सम्पर्क र वैकल्पिक मार्गका विषयमा पुनः जोड दिइएको छ भने । “चीनले जुन खालको सद्भाव नेपाललाई देखायो, त्यो महत्वपूर्ण छ, रेलमार्ग, प्रसारण लाइनलगाययतका विषयमा भएका सम्झौता कार्यान्वयनमा जोड दिनुपर्छ,” उनले भने, “नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति चीनले दिएको सम्मान महत्वपूर्ण छ ।” “हामीले परिकल्पना गरेका सपना यथार्थतामा परिणत हुने लक्षण देखा परेको छ, आपसी सम्बन्धमा सकारात्मक कोल्टो फेरेको छ, यसलाई कार्यान्वयनमा लानुपर्छ,” कूटनीतिज्ञ डा थापाले भने । नेपालको संविधान जारीपछिको निर्वाचनबाट बहुमत प्राप्त पार्टी एकतासहित शक्तिशाली वाम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीबाट भएकोे औपचारिक चीन भ्रमणलाई चीनका लागि पूर्व परराष्ट्रविद् हीरण्यलाल श्रेष्ठले रेलमार्ग र प्रसारण लाइनको सम्झौता दूरगामी महत्वको भएको र अब नेपालको उत्तरी क्षेत्र अनिकालले भोकै मर्न नपर्ने बताए । चीनको सीमाना जोडिने नेपाली एक भूभागबाट अर्को भूभागमा जाँदा तिब्बतको बाटो प्रयोग गरी कार्गो आदानप्रदान गर्न भ्रमणका अवसरमा भएको सहमति महत्पवूर्ण छ । “नेपालका विभिन्न प्रदेश सरकारका कार्यक्रम र बजेटमा उत्तरी नाका सञ्चालन, सीमापार व्यापार र आर्थिक केन्द्र सम्पर्कमा ल्याउने विषय समावेश हुनु तथा चीनमा नयाँ सम्झौता हुनुले दुई देशबीच स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापार बढ्ने आधार खडा भएको छ,” उनले भने, “दुईपक्षीय व्यापार घाटा घटाउने र नेपालमा विशेष आर्थिक क्षेत्र बनाउने सम्झौताले नेपाली उत्पादन चीन पठाएर व्यापार वृद्ध हुनेछ ।” समृद्धिका लागि आर्थिक भरपर्दो साझेदारीका रुपमा चीनका भूमिका अझ बढ्ने सुनिश्चितता लागि पाइला चाल्ने काम भ्रमणले गरेको छ । चालू आवको १० महिनामा रु एक खर्ब २७ अर्ब ६९ करोडको सामान चीनबाट आयात भएको छ भने रु दुई अर्ब ७६ करोडको सामान निर्यात भएको छ । यो ६ दशमलव ३ प्रतिशत निर्यात र ९३ दशमलव ७ प्रतिशत आयात हो । “अघिल्लो पटक भएको ऐतिहासिक महत्वका सन्धि सम्झौतालाई अगाडि बढाउने काम यो भ्रमणले गरेको छ, चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले भने, “चिनियाँ रेललाई काठमाडौँसम्म ल्याउने प्रयास उल्लेखनीय छ, विगतका सहमति पूरा नहुने त होइन भन्ने आशंका पनि अन्त्य भएको छ ।” डा थापाले भने, “पारबहन सम्झौताको प्रोटोकल तयारीमा नेपाल सरकारले आवश्यक गृहकार्य पूरा नगरेकाले हस्ताक्षर नभएको हुन सक्ने बताउँदै तिब्बती राजमार्ग प्रयोगको सहमतिले वैकल्पिक व्यवस्थाका लागि मार्ग खडा गरेको प्रतिक्रिया दिए । प्रधानमन्त्री ओली र चीनका समकक्षीस्तरको औपाचारिक वार्ता र १४ बुँदे सहमति, निजी क्षेत्रका व्यवसायीसँग ऊर्जा, सिमेन्टलगायतका क्षेत्रमा भएका सम्झौता, राष्ट्रपति सि जिनपिङसँगको भेटवार्ता, दुईपक्षीय संयुक्त वक्तव्य जारी हुनु भ्रमणका उपलब्धि हुन् । पाँचौँ शताब्दीमा नेपाली भिक्षु बुद्ध भद्र अध्ययनका क्रममा चीन गएदेखि नेपाल र चीनबीच जनस्तरको सम्बन्ध विकास भएको हो । सातौँ शताब्दीमा राजकुमारी भृकुटीको तिब्बतका राजासँग भएको विवाह, १३ औँ शताब्दीमा कलाकार अरनिकोको भ्रमण हुँदै सन् १९५५ देखि औपचारिक कूटनीतिक सम्बन्ध दुई देशका सम्बन्धका केही आयाम हुन् । सन् २०१२, जनवरीमा चीनका प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ पक्षबाट उच्चस्तरीय भ्रमण नभएको स्थितिमा पनि प्रधानमन्त्री ओलीको भ्रमणले नयाँ आयाम थपेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending