Khabar Dabali २५ मंसिर २०८१ मंगलवार | 10th December, 2024 Tue
Investment bank

मूर्तिकलाबाटै ७ नं प्रदेशलाई चिनाउने धोको छ, लामिछानेकाे

\"\"धनगढी। धनगढीको हसनपुरका २७ वर्षीय दीपक लामिछाने आफ्नै घरमा मूर्ति बनाउन बेलाबखत माटो पिट्ने र मुछ्ने काम गर्दै गरेको भेटिन्छन् । कैलाली बहुमुखी क्याम्पसबाट समाज शास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहनुभएका लामिछाने २०७२ सालको विनाशकारी भूकम्पपछि पहिलो पटक धरहराको आकर्षक मूिर्त बनाएर एकाएक चर्चामा आए । त्यो भन्दाअघि लामिछाने साधारण माटोको चुला बनाएर आफ्नो सीपलाई अभ्यस्त गराउने प्रयत्नमा मात्र ध्यान दिन्थे । सानो छँदा छरछिमेकका साथीभाइसँग खेल्ने क्रममा लामिछानेले पहिलोपटक माटाको चुलो बनाएका थिए । पछि त्यही माटाको चुलोले नै लामिछानेलाई कलाको दुनियाँमा प्रवेश गरायो । माटोको चुलो धेरैलाई मन परेपछि चुलो बिक्री गर्दै लामिछानेले आफ्नो खर्चको जोहो पनि गर्न थाले। अहिले उनले बनाएका विभिन्न देवीदेवताका मूर्ति, कर्णाली नदीमाथि बनेको सुदूरपश्चिम प्रदेश नम्बर ७ लाई चिनाउने दक्षिण एसियाकै नमूना ‘केबुल स्टेट ब्रिज‘ (कर्णाली पुल), कञ्चनपुरको महाकाली नदीमाथि बनेको एसियाकै लामो झोलुङ्गे पुल, स्वयम्भू, ताजमहल, पूर्व राजारानीका मूर्ति लगायतमा पोखिएको लामिछानेको कला सर्वत्र रुचिको विषय बनेको छ । आफूले बनाएका मूर्ति रु पाँच हजारदेखि रु ५० हजारसम्ममा बिक्री गर्ने गरेको बताउनुहुने लामिछानेकहाँ बेलाबखत मूर्ति खरिदका लागि आउनेको लर्को नै लाग्ने गरेको छ । “स्नातकोत्तर पढ्दै गरेको मान्छेले मूर्ति बनाउँदा रहेछन् भनेर शुरु शरुमा परिवार र साथीभाइले होच्याउँथे,” लामिछानेले भने – “अहिले त तिनै होच्याउनेहरु पनि यसै पेशाका पारखी बन्न थालेका छन् ।” सफल मूर्तिकार बन्ने चाहना बोक्नु भएका लामिछानेले दृढ अठोटका साथ आफ्नो पेशालाई निरन्तरता दिनुभएपछि पहिले नकारात्मक र घृणाको नजरले हेर्नेहरु अहिले तारीफ गर्न थालेका छन् । “लामिछानेले कुँदेका आकर्षक मूर्ति लोभलाग्दा र सुन्दर मात्रै छैनन्, स्थानीय प्रर्यटन प्रवद्र्धनको गतिलो माध्यम पनि बन्नसक्ने देखिएको छ, मूर्ति अवलोकन गर्दै गरेका स्थानीयवासी महेन्द्र बमले भने–“यस्तो कलाले पोख्त थप युवा हाम्रो समाजलाई चाहिएका छन् ।” देशभित्र उपयुक्त काम नभएर वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढ्दै गएका बेला रचनात्मक र सिर्जनात्मक कार्यले स्वदेशमै मनग्य आम्दानी गर्न सकिने अनुभव लामिछाने सुनाउछन् । आफूले बनाएका मूर्ति बेचेर आएको रकमबाट उनी ललितकला प्रतिष्ठानमा अध्ययन गर्ने योजनामा छन् । छोराको मूर्ति बनाउने सीप र कलाको प्रतिभा देखेर उनको परिवारमा खुशीको सीमा नै छैन । “पढेको छोरोले कतै जागिर खाला भनेको त आफैं सीप सिकेर कमाउन थालेको छ,” मूर्तिकार लामिछानेका बुबा ढलकबहादुर लामिछानेले भने – “मूर्ति बिक्री गरेर मासिक रु ३० देखि ५० हजार कमाउँदा खुशी र सन्तुष्ट छौँं ।” सीप र दृढ इच्छाशक्ति भएर सिर्जनात्मक काममा लाग्न सके आफ्नै देशको माटोले पनि आर्थिक जीवनमा परिवर्तन ल्याइदिन्छ भन्ने उदाहरण बनेका छन् लामिछाने । माटोको मूर्तिमै आफ्नो भविष्य बनाउन कस्सिएका पौरखी युवा लामिछानेले अहिलेसम्म मूिर्त बनाउन कुनै पनि औपचारिक तालीम भने लिएको छैन । शिवरात्री, कृष्णजन्माष्टमि, सरस्वती पूजा, दुर्गा पूजा, मेला, महोत्सवका बेलामा मूर्तिको माग बढी आउने गरेको लामिछानेले बताए। स्नातकोत्तर तहको अध्ययन गरिरहेका भएका लामिछाने माटो बाहेक सिमेन्ट, फाइबर लगायतका वस्तुबाट मूर्ति बनाउने ज्ञान सिक्न यससम्बन्धी औपचारिक तालीम लिने सोचमा छन् । मूर्तिकलामार्फत नै प्रदेश नं ७ का पर्यटकीय स्थललाई देश र विदेशमा चिनाउने लक्ष्य उनको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy