Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पत्रकारितालाई मर्यादित बनाउनुपर्नेमा सरोकारवालारुको जोड

काठमाडौँ। अब बन्ने कानूनमा पत्रकारितालाई थप मर्यादित बनाउनुपर्ने आवश्यकतामाथि सरोकारवालाले जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको ‘प्रेस काउन्सिल ऐनको मस्यौदा, गोपनीयताको हकसम्बन्धी कानून र पत्रकार आचारसहिंता’ विषयक अन्तक्र्रियामा उनीहरुले नेपाली पत्रकारितालाई थप मर्यादित र व्यवस्थित बनाउने कानून बनाउनुपर्ने आवश्यकता औल्याए । काठमाडौँका जिल्ला न्यायाधीश रमेश पोखरेलले पत्रकारको कलम भाँच्ने खालका कानून ल्याउन नहुने बताउँदै समाचार लेख्दा पत्रकारले पनि अरुलाई क्षति हुन्छ कि हुँदेन भनेर सोच्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “इमान्दारितालाई दख्खल पु¥याउने काम गर्नु हुँदैन ।” न्यायाधीश पोखरेलले काउन्सिलमा प्रदेशको प्रतिनिधित्व गराएर यसलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिदैं उजुरी पर्नुभन्दा अगाडि नै काउन्सिलले सञ्चारमाध्यमको अनुगमन गर्नुपर्ने बताए । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले प्रेस स्वतन्त्रताका नाममा आचारसहिंता उल्लंघन गर्न नपाइने बताउँदै प्रेस स्वतन्त्रताका कुरालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदा उजुरी अध्ययनमा समस्या परेको बताए । उनले काउन्सिल ऐन कानून, न्याय तथा संघीय मामिला मन्त्रालयमा सुझावका लागि पठाइएको उल्लेख गर्दै आचारसंहितासम्बन्धी एक हप्ताको प्रशिक्षण तालीम दिएरमात्र पत्रकारिता गर्न पाउने नयाँ व्यवस्था ल्याउन थालेका जानकारी दिए । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले प्रेस स्वतन्त्रता बन्देज गराउने खालका कानून संशोधन गर्नुपर्ने बताउँदै काउन्सिलको अध्यक्ष नियुक्तिलाई स्वायत्त बनाउनुपर्ने र काउन्सिललाई प्रदेशसम्म पु¥याउनुपर्ने धारणा व्यक्त गरे । काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले सामाजिक सञ्जाललाई पनि समेट्ने खालका काउन्सिल ऐन ल्याउनुपर्नेमा जोड दिदैं सञ्चारमाध्यमलाई थप व्यवस्थित, जिम्मेवार र मर्यादित बनाउने कुरा ऐनमा समेट्नुपर्ने बताए। गोपनियता हकसम्बन्धी विधमान अन्तर्राष्ट्रिय मापदण्डका आधारमा गोपनियताको हकसम्बन्धी ऐन बनाउनुपर्छ, उनले भने “पत्रकारिता पेशालाई बन्देज गराउन खालका कुरा ऐनमा राख्नु हुँदैन् ।” नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता भनेको मनपरीतन्त्र नभएको उल्लेख गर्दै अव सबै सञ्चारमाध्यमलाई अनुगमन गर्ने खालका काउन्सिल बन्नुपर्नेमा जोड दिए । राष्ट्रिय समाचार समिति ९रासस०का नायब महाप्रवन्धक सुरेन्द्र नेपालीले प्रतिलिपी अधिकारका कुरालाई पनि काउन्सिल ऐनमा समेट्नुपर्ने बताए । प्रहरी उपरीक्षक रामदत्त जोशीले पत्रकारितासम्बन्धी मुद्दालाई काउन्सिलमा नै पठाउने गरेको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: