Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

ट्रम्प भन्छन्-अमेरिका आप्रवासी शिविर बन्दैन

आप्रवासनप्रति आफ्नो प्रशासनले लिइरहेको नीतिको पक्षमा उभिएका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आफूले \'आप्रवासीहरूको शिविर\' बन्न नदिने बताएका छन् ।

ह्वाइट हाउसमा उनले भने, \"संयुक्त राज्य अमेरिका आप्रवासीहरूका लागि एउटा शिविर बन्ने छैन् ।\" सप्ताहन्ततिर सार्वजनिक तस्वीरहरूमा आवश्यक कागजात नभएका बालबालिकाहरूलाई टेक्ससस्थित तारवार लगाइएको एउटा केन्द्रमा राखिएको देखिन्छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार निकायका प्रमुखले त्यो अवस्था \'स्वीकार गर्न नसकिने खालको भएको\' भन्दै ट्रम्प प्रशासनको नीतिको भर्त्सना गरेका छन । सोमबार राष्ट्रपति ट्रम्पले भने, \"हेर्नुस् युरोपमा के भइरहेको छ, अरू ठाउँहरूमा पनि के भइरहेको छ त्यो पनि हेर्नुस्, हामी अमेरिकामा त्यो हुन दिने छैनौँ ।\" यसअघि ट्रम्पले लाखौँ आप्रवासीहरूलाई बसोबासको अनुमति दिएर युरोपेली देशहरूले ठूलो गल्ती गरेको बताएका थिए । खासगरी उनले जर्मन चान्सर एंगेला मर्केलको नाम तोकेरै आलोचना गरे । \"\" आप्रवासीसम्बन्धी विषयका कारण जर्मनहरू आफ्ना नेताहरूको विरोधमा उभिन थालेको ट्रम्पको भनाइ छ । मर्केल आफ्ना आन्तरिक मामिलामन्त्रीसँग आप्रवासी मुद्दालाई लिएर मतभेदमा छिन् । शरणका लागि अन्यत्र दर्ता भइसकेका आप्रवासीलाई अनुमति दिन नहुने पक्षमा आन्तरिक मामिलामन्त्री छन् । उनले यो महिनाको अन्त्यसम्ममा आप्रवासनसम्बन्धी इयुभरिको एउटा सम्झौता सुनिश्चित गर्न मर्केललाई समयसीमा दिएका छन् । त्यसो गर्न मर्केल विफल भए संवैधानिक व्यवस्था कायम राख्न आफूले जर्मनीको सीमामा कडाइ गर्ने उनले बताएका छन् । व्यापक आलोचनाका बावजुद ट्रम्प प्रशासनले मेक्सिकोबाट गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने सन्दिग्ध आमाबुवालाई उनीहरूको सन्तानबाट अलग राख्ने आफ्नो नीतिको बचाउ गरेको छ । ह्वाउट हाउसमा कडा प्रश्नोत्तर भएको पत्रकार सम्मेलनमा आन्तरिक सुरक्षासम्बन्धी मन्त्री क्रिश्चन नेल्सनले अमेरिकालाई समवेदना र मुटु भएको एउटा देशको रूपमा वर्णन गरिन् । ट्रम्प र कंग्रेसबीचको विवादमा आप्रवासी बच्चाहरूलाई अस्त्र बनाइएको भन्ने आरोपको नेल्सनले खण्डन गरिन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies