Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

यी ६ देशः जहाँ यस कारण पुरुषभन्दा महिलाको बैंक खाता धेरै छ

विश्वमा जम्मा ६ वटा देशहरू मात्र छन् जहाँ पुरुषको तुलनामा महिला बैंक-खातावाल धेरै छन् । ती देश हुन्- आर्जेन्टिना, जोर्जिया, इण्डोनेसिया, फ्रान्स, मंगोलिया तथा फिलिपिन्स ।

विश्व बैंकको पछिल्लो प्रतिवेदन- ग्लोबल फाइन्डडेक्समा १४० भन्दा धेरै देशहरूमा वयस्कहरू बैंक खातामाथि कसरी पहुँच कायम गर्छन्, कसरी पैसा तिर्छन्, बचत, सापटी तथा जोखिम कसरी व्यस्थापन गर्छन् भन्ने अध्ययन गरिएको थियो । ५० करोडभन्दा धेरै वयस्कहरू वा ६९ प्रतिशत वयस्कहरूसँग \"बैंक खाता\" छ वा मोबाइलबाट पैसा तिर्ने वा अन्य बैंक सुविधा लिनसक्छन् । सन् २०११ मा यो आँकडा ५१ प्रतिशतमा थियो । तर यो प्रतिवेदनअनुसार महिलाहरू पुरुषभन्दा पछाडि नै परिरहेका छन् । ७२ प्रतिशत पुरुषसँग बैंक खाता छ र त्यसको तुलनामा ६५ प्रतिशत महिलासँग मात्र बैंक खाता छ । महिला र पुरुषबीच सात प्रतिशतको फरक देखिएको छ जुन सन् २०११ देखि परिवर्तन भएको छैन । धेरै देशहरूमा महिला तथा पुरुषबीचको अन्तर कम हुँदै गएपनि यस्तो देखिएको हो । उदाहरणका लागि भारतमा ८३ प्रतिशत पुरुष अनि ७७ प्रतिशत महिलासँग बैंक खाता छ । सन् १०१४ मा २० प्रतिशत रहेकोमा महिला-पुरुषको अन्तर अहिले छ प्रतिशतले झरेको छ । यूरोप, दक्षिण अमेरिका तथा एसियाका यी छ फरक देशहरू कसरी लैङ्गिक प्रवृत्तिको फरक धारमा उभिएका छन् त ? विश्व बैंककी अग्रणी अर्थविद् लिओरा क्लापरले केही सङ्केतहरू प्रस्तुत गरेकी छिन् । फिलिपिन्सको हकमा, डा. क्लापरले बताइन्, \"विदेश गएर महिलाहरू धेरै काम गर्ने देखिएको छ र उनीहरूको बैंक खाता पनि छ किनकि रेमिट्यान्समार्फत् घर पैसा पठाउन तथा घरायसी खर्च चलाउन त्यो आवश्यक छ\"। यी ६ वटै देशमा (लाओसको अपवाद छाडेर) सरकारी कार्यक्रमअन्तर्गत पुरुषले भन्दा महिलाले नगद पठाउँदा केही रकम पाउने गर्छन् । मंगोलियामा ४३ प्रतिशत महिलाले त्यस्तो माध्यमबाट पैसा पाउने गर्छन् जबकि २४ प्रतिशत पुरुषले मात्र त्यहाँ त्यसरी पैसा पाउँछन् । इण्डोनेसियामा \"सक्रिय\" बैंक खाताहरूमा त्यस्तो उल्लेख्य लैङ्गिक असमानता छैन वा ती खाताहरू गएको वर्ष कम्तीमा एकपटक पैसा जम्मा गराउन वा निकाल्न प्रयोग भएको छ । भन्नुपर्दा, कुनै एउटा समयमा, सरकारी कार्यक्रमअन्तर्गत महिलाले उनीहरूको खातामार्फत् पैसा पाएका छन् तर पूरै रकम पाइसकेपछि उनीहरूले अन्य प्रयोजनका लागि आफ्नो बैंक खाता प्रयोग गर्न बन्द गरे । तर फिलिपिन्स अपवाद हो । त्यो देशबाहेक अन्य कुनै देश छैन जहाँ पुरुषको तुलनामा महिलासँग \"सक्रिय\" बैंक खाता हुनसक्छ । भारतले, उदाहरणका लागि, ब्याङ्क खाता खोल्ने विषयमा लैङ्गिक अन्तरलाई मेट्न सकेको छ ‍तर आधाभन्दा धेरै महिलाका खाताहरू \"निष्क्रिय\" छन् । डा. क्लापर भन्छिन्, \"त्यसैले भारतलाई लिएर कडा चुनौती भनेको महिलाले प्रयोग गर्ने वित्तीय उत्पादनहरूको डिजाइन गर्नु हो ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies