आषाढ़ २ गते, २०७५ शनिवार 16th June, 2018 Sat१२:०६:०० मा प्रकाशित
जाजरकोट।बिहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्ष बालविवाह न्यूनीकरण वर्षको रुपमा मनाइने भएको छ ।
सामाजिक दबाब बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कार समेत गरिने निर्णय गरिएको छ । चितारा युवा संरक्षकमञ्च नामक एक गैरसरकारी संस्थाले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा २०७५ साललाई बालविवाह न्यूनीकरण गर्ने वर्षको रुपमा मनाउने निर्णय गरेको हो ।
स्थानीय तहमा रहेका महिला विकास शाखा, विद्यालय र अन्य सरोकारवाला सबैलाई साथमा लिएर यो वर्ष बालविवाह न्यूनीकरण अभियानकै रुपमा लाग्ने संस्थाका अध्यक्ष रामजंग शाहले बताउनुभयो । उहाँले भन्नुभयो–“एकै पटक बालविवाह अन्त्य गर्न नसके पनि जनचेतनाका माध्यमबाट जिल्लाभर अभियान छाड्ने छौं र धेरै हदसम्म बालविवाह न्यूनीकरण हुनेछ ।”
बालविवाह न्यूनीकरणका लागि संस्थाका कार्यसमिति सदस्य, साधारण सदस्य र कर्मचारीले सात बुँदे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । आफ्नो घरपरिवारमा बालविवाह पूर्ण रुपमा निषेध गर्ने, बालविवाहको भोज, निम्ता, जन्ती र बाजा वहिष्कार गर्ने, बालविवाहलाई बढावा दिने तथा प्रोत्साहित गर्ने कुनै पनि काम नगर्ने, समुदायमा बालविवाह न्यूनीकरणका लागि पैरवी गर्ने, कार्यक्रम सञ्चालन गर्ने जस्ता प्रतिबद्धता गरिएको छ ।
कार्य योजनामा बालविवाह न्यूनीकरणका लागि विद्यालय अभियान, किशोरकिशोरी कार्यक्रम, आमसञ्चारका माध्यमबाट जनचेतना फैलाउने, बालविवाह गर्नेलाई सामाजिक वहिष्कार गर्ने जस्ता दबाबमूलक कार्यक्रम समेत अभियानमा समेटिने पाँच तारा युवा संरक्षक मञ्चकी बाल अधिकृत अञ्जु भट्टराईले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा, जिल्ला प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंह लगायतका सरोकारवालाले पनि बालविवाह न्यूनीकरणको अभियानमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
नायिका रेखा थापाले निर्माण गरिरहेको बालविवाहमा केन्द्रीत मालिका चलचित्रको समेत केही समय अघि जाजरकोटमै छायाङ्कन गरिएको थियो । आगामी लक्ष्मीपूजामा रिलिज हुने मालिकाले पनि बालविवाह न्यूनीकरणमा सघाउ पु¥याउने कार्यकारी निर्माता नरबहादुर कार्कीको दाबी छ ।
महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: