Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

दुवै युवा संगठनका कार्यक्रम स्थगित, राजनीतिक गतिविधि गर्न नपाइने

काठमाडौँ। युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल) को एकीकरणका लागि दुवै संगठनका आगामी कार्यक्रम स्थगित गरिएको छ । दुवै संगठनका कार्यक्रम स्थगित भएपछि अब दैनिक कार्यक्रम, सांगठनिक प्रशासनिक तथा राजनीतिक गतिविधि गर्न नपाइने तर यसअघि संगठन एकीकरणका लागि पार्टीले गठन गरेको कार्यदलले भने अब संगठनका कार्यक्रमलाई अगाडि बढाउने भएको छ । पार्टीले युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डे, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) रहेको कार्यदल गठन गरेको थियो । सोही कार्यदलले दुवै संगठनका प्रतिनिधि समेटेर नयाँ समूह गठन गर्ने र त्यसले एकीकरणका लागि थप गृहकार्य गर्ने युवा संघ नेपालका महासचिव नरेश शाहीले जानकारी दिए । संगठनलाई तल्लो तहदेखि नै शक्ति सन्तुलनको सिद्धान्तमा अगाडि बढाइने भएको छ । पार्टीले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने निर्णय गरेपछि देशभरका जनवर्गीय संगठनले पनि सोही विषयलाई सैद्धान्तिक तथा वैचारिक दृष्टिकोण बनाउने भएका छन् । तल्लो तहमा नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने, शक्ति पृथकीकरणको अभ्यास गरी कार्यविधि तयार गर्ने र युवाबीच लोकप्रिय कार्यक्रम लैजाने दुवै संगठनमा समझदारी भएको एकीकरणका लागि गठन गरिएको विधान तथा संगठन मस्यौदा समितिले जनाएको छ । विधान र संगठन कस्तो निर्माण गर्ने, कस्तो सांगठनिक संरचना तयार गर्ने, संगठनलाई कसरी युवामैत्री बनाउने, संगठनको विधि र प्रक्रिया के हुनेलगायत विषयमा प्रतिवेदन तयार हुने क्रममा छ । दुई पार्टी एकीकरण भएपछि जनवर्गीय संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने भनिएकाले त्यसका लागि आवश्यक समन्वय र सहकार्य भइरहेको जनाइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: