Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विश्वकप फाइनलमा एकमात्रै ह्याट्रिक गर्ने खेलाडी को हुन ?

विश्वकप फुटबलको इतिहासमा हालसम्म एकजना खेलाडीले मात्र फाइनल खेलमा ह्याट्रिक गरेका छन् । सन् १९६६ को विश्वकपको फाइनलमा इङ्ल्यान्डका खेलाडी जेफरी हस्र्टले ह्याट्रिक गरेका थिए । उक्त विश्वकपको फाइनलमा इङ्ल्यान्डले अतिरिक्त समयमा तत्कालीन पश्चिम जर्मनीलाई ४-२ गोलले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो । उक्त विश्वकपको फाइनल निकै रोमाञ्चक थियो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णयका लागि अतिरिक्त समय थप गरिएको थियो। त्यसपछि जेफरीले १०१ र १२० मिनेटमा लगातार दुई गोल गर्दै इङ्ल्यान्डलाई विजयी बनाएका थिए । त्यसअघि उनले निर्धारित समयको १८औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए । उक्त विश्वकपमा जेफरीले कुल चार गोल गरेका थिए । अर्को एक गोल भने उनले क्वार्टरफाइनल खेलमा गरेका थिए । उनले क्वार्टरफाइनल खेलको ७८औं मिनेटमा गोल गरेपछि इङ्ल्यान्ड बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई १-० ले हराउँदै सेमिफाइनलमा पुगेको थियो । सन् १९६६ देखि सन् १९७२ को बीचमा इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ४९ खेल खेल्दै २४ गोल गरेका जेफरी हाल ७६ वर्षका भए । जेफरीले इङ्ल्यान्डका लागि सन् १९७० को विश्वकपमा पनि एक गोल गरेका थिए । उनले वेस्टहाम युनाइटेड, स्टोक सिटी, वेस्ट ब्रोमविचलगायतका क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए । सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि उनले लामो समय प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेका थिए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending