Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

भूूकम्पभन्दा खतरनाक दलाल पुँजीपतिवर्ग

  जनता खुला आकासमुनि भोक, शोक, प्यास, छटपटी र अनिंदोका साथ काला रातहरूसित जुधिरहेको बेला संसद्भवनमा जनताकै प्रतिनिधि भनिएका सभासद्हरूले त्रिपालको हारालुछ गरे । अर्थमन्त्री रामशरण महतले नुवाकोटमा आफ्नो निर्वाचन क्षेत्रमा छानीछानी काङ्ग्रेसीजनलाई राहत वितरण गराए । अर्की एक सभासद्ले त्रिपाल आफ्नो घरमा लुकाएर राखिन् । यो प्रकरणले नेपालका सभासद्हरूका अनैतिकता, लुब्धता, दरिद्रता, लापरबाही, गैर–जिम्मेदारिता, गैर–जवाफदेहिता, संवेदनहीनता, जनताको जीवनप्रति पूर्णतः बेवास्ताजस्ता धेरै प्रवृत्तिहरूलाई एकैचोटि सतहमा ल्याइदिएको छ । बाह्य हस्तक्षेप पनि नयाँ नयाँ शैलीमा प्रस्तुत भएको छ । यसले दलाल पुँजीपतिवर्गको चरित्रलाई राम्ररी उजागर गरेको छ । यतिखेर राष्ट्र र जनताको जीवन बचाउने कुरा प्राथमिकताको विषय हो । यही सन्दर्भमा प्रस्तुत कथा सान्दर्भिक हुने ठान्दछु :
अर्थमन्त्री रामशरण महतले नुवाकोटमा आफ्नो निर्वाचन क्षेत्रमा छानीछानी काङ्ग्रेसीजनलाई राहत वितरण गराए । अर्की एक सभासद्ले त्रिपाल आफ्नो घरमा लुकाएर राखिन् । यो प्रकरणले नेपालका सभासद्हरूका अनैतिकता, लुब्धता, दरिद्रता, लापरबाही, गैर–जिम्मेदारिता, गैर–जवाफदेहिता, संवेदनहीनता, जनताको जीवनप्रति पूर्णतः बेवास्ताजस्ता धेरै प्रवृत्तिहरूलाई एकैचोटि सतहमा ल्याइदिएको छ ।
एकजना डाक्टर बिदाको समय मिलाएर आफू जन्मेहुर्केको गाउँमा पुगेछन् । उनी गाउँमा पुग्दा साँझ परिसकेको रहेछ । त्यही रात गाउँमा ठूलो असिना पानी परेछ । भीषण वर्षाका कारण गाउँमा ठूलो सङ्कट आइलागेछ । गाउँका थुप्रै घरहरू बाढीले बगाएछ । थुप्रै मानिसहरू बेपत्ता भएछन् । थुप्रै घाइते भएछन् । थुप्रैमध्ये एकजना गम्भीर घाइतेको उपचार गर्नुपर्ने परिस्थिति ती डाक्टरको अगाडि आइपरेछ । उनी गाउँमा जाँदा रित्तै हात गएका रहेछन् । उपचार गर्ने कुनै साधन उनीसित रहेनछ । त्यस्तो अवस्थामा ती घाइतेलाई जसरी पनि बचाउनुपर्ने अवस्थामा ती डाक्टरले गाउँमा पाइने घाँस दाउरा काट्ने गरेको हँसियाले पेट चिरेर अपरेसन गरेछन् । अपरेसन सफल भएछ । त्यसपछि उनले गाउँमा बोरा सिउने सियोले चिरेको पेट सिलाएर ती गम्भीर बिरामीको जीवन बचाएछन् । ती डाक्टरको सो कार्य राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बनेछ । ती डाक्टरले ‘मेडिकल इथिक्स’ को आधारमा उपचार नगरेको भनेर आलोचना पनि भएछ । साथै, उनले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि मानिसको जीवन बचाएकोमा प्रशंसा पनि भएछ । अन्तिममा त्यो विषय अदालतसम्म पुगेछ । अदालतले उक्त डाक्टरले ‘मेडिकल इथिक्स’ को पालना नगरेकोेले दण्डित गर्नुपर्ने फैसला गरेछ । साथै, अत्यन्त प्रतिकूल परिस्थितिमा पनि मानिसको जीवन बचाएकोले पुरस्कृत गर्न सम्बन्धित पक्षलाई सुझाव पनि दिएछ । अन्ततः ती डाक्टरलाई सरकारले राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरेछ ।
वैशाख १२ गते आएको ७.८ रेक्टरस्केलको भूकम्प र त्यसपछि पटक पटक आएका विभिन्नस्तरका पराकम्पनजन्य भूकम्पले जनधनको व्यापक क्षति गरेको छ । यसले नेपालको आन्तरिक जीवनमा पुर्याएको क्षति अपूरणीय छ । यो भूकम्पले नेपालको झन्डै आधा हिस्साका भौतिक संरचनालाई जति हल्लाएको छ, त्योभन्दा कैयौँगुणा बढी मानिसभित्रको मुटु हल्लाएको छ ।
अहिले नेपालको परिस्थिति असमान्य छ । वैशाख १२ गते आएको ७.८ रेक्टरस्केलको भूकम्प र त्यसपछि पटक पटक आएका विभिन्नस्तरका पराकम्पनजन्य भूकम्पले जनधनको व्यापक क्षति गरेको छ । यसले नेपालको आन्तरिक जीवनमा पुर्याएको क्षति अपूरणीय छ । यो भूकम्पले नेपालको झन्डै आधा हिस्साका भौतिक संरचनालाई जति हल्लाएको छ, त्योभन्दा कैयौँगुणा बढी मानिसभित्रको मुटु हल्लाएको छ । यतिखेर नेपाली तन, मन पूरै हल्लिएको छ । संसद्वादी दलहरूका असक्षमता र अलोकतान्त्रिक चिन्तन र चरित्रका कारण सङ्कटग्रस्त बनेको नेपालमा अहिले यो प्राकृतिक सङ्कट थपिएको हो । देशमा राजनीतिक सङ्कट चुलिएको बेला थपिएको प्राकृृतिक सङ्कटले ससद्वादी दलहरू अर्थात् दलाल पुँजीपतिवर्गलाई एक किसिमले आनन्दको अनुभूति गराएको कुरा तिनका भनाइ र गराइले प्रमाणित गरैकै छ । यसपटकको भूकम्प त निमित्त मात्र हुन् । राष्ट्रिय सङ्कटको नायक त संसद्वादी दलहरू नै हुन् । अहिले नेपालमा भूकम्पको निहुँमा दलाल पुँजीपतिवर्गलाई लुटको स्वर्ग भएको छ । उनीहरूको कमाउधन्दा सुरु भइसकेको छ । हामीलाई महाभूकम्पमा परी निधन भएकामा गहिरो पीडा छ, घाइते र बेपत्ताजनप्रति गहिरो दुःख छ । यतिखेर उद्धार, राहत वितरण, पुनस्र्थापना तथा पुनर्निर्माणमा सम्पूर्ण जनपक्षीय शक्तिहरू एकजुट हुन आवश्यक छ । भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउनु, घाइतेको तत्काल निःशुल्क उपचार गर्नु र वैकल्पिक बसोवासको व्यवस्था गर्न राज्य असफल भएको छ । यस्तो बेलामा पनि अलमल, ढिलासुस्ती र मनोमानी गर्नु हददर्जाका अनैतिकता हो । राज्यका सम्पूर्ण एकाइहरू परिचालन गर्ने र बिनाभेदभाव तत्काल राहत सामग्री उपलब्ध गर्न सरकार असफल भएको छ । क्षति भएका सांस्कृतिक सम्पदाहरूको तत्काल पुनर्निर्माण थाल्न र राहतका नामामा भएका सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्न पनि राज्य सफल देखिएन ।
भारतीय सेना, पुलिस र पत्रकारको ज्यादतीले सीमा नाघेको छ । भूकम्पपीडित संस्कृतिकर्मी–स्रष्टाहरूलाई विशेष राहतको व्यवस्था गर्नु तथा महाविपद्को घडीमा उद्धार र राहतमा जुट्नुको कुनै विकल्प छैन । राष्ट्र सङ्कटको घडीबाट गुज्रिरहेको यतिबेला बाह्य शक्तिहरू चलखेल गर्नु उनीहरूको अनैतिकताको पराकाष्ठा हो ।
नेपालको राष्ट्रिय अस्मितामाथि आँच आउनेखालका काम हामीलाई अस्वीकार्य छ । भारतीय सेना, पुलिस र पत्रकारको ज्यादतीले सीमा नाघेको छ । भूकम्पपीडित संस्कृतिकर्मी–स्रष्टाहरूलाई विशेष राहतको व्यवस्था गर्नु तथा महाविपद्को घडीमा उद्धार र राहतमा जुट्नुको कुनै विकल्प छैन । राष्ट्र सङ्कटको घडीबाट गुज्रिरहेको यतिबेला बाह्य शक्तिहरू चलखेल गर्नु उनीहरूको अनैतिकताको पराकाष्ठा हो । त्यसकारण राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा एकताबद्ध हुनु हामी सबैको पहिलो कार्यभार हो । सरकारले अमेरिकी सैनिक तथा अन्तर्राष्ट्रिय आईएनजीओ कर्मचारीका नाममा आएका विदेशी दूतहरू फिर्ता पठाउन र राहत वितरणका नाममा अन्तर्राष्ट्रिय आईएनजीओका नामबाट नेपालमा भएको हस्तक्षेपलाई रोक्न सकेन । नेपालमा भारतीय दादागिरी पुरानै परम्परा हो । उसले नेपालमा राहत तथा उद्धारका नाममा गुप्तचरी गरिरहेको छ । स्वार्थ र शर्तसहित तथाकथित सहयोगका नाममा हुने सार्वभौमिकतामाथि हस्तक्षेप हामीलाई अमान्य छ । हामीलाई हाम्रो राष्ट्र, हाम्रो राष्ट्रिय जीवन सर्वप्रिय छ । भारतीय सेनाले विमानस्थलको क्याम्प खडा गरेर बसेको र सरकारका प्रतिनिधिको निर्देशनको अवज्ञा गरेको कुराले नेपालीको मन असाध्यै दुःखेको छ । यतिखेर हामी सबैले एक स्वरमा भन्नुपरेको छ– भारतीय सरकार ! राहतका नाममा आहत नदेऊ, गुप्तचरी नगर, आफ्नो विस्तारवादी नीति बन्द गर ।
सबैतिरबाट नाङ्गिएको, असफलसिद्ध भएको सरकार र संसद्वादी दलहरू यो भूकम्पको निहुँमा आफ्नो आयु बढाउन चाहिरहेका छन् । यही कुरालाई बल पुग्नेगरी माओवादीको एउटा हिस्साले पनि राष्ट्रिय सरकारको डम्फू बजाउनु उदेकलाग्दो भएको छ ।
सबैतिरबाट नाङ्गिएको, असफलसिद्ध भएको सरकार र संसद्वादी दलहरू यो भूकम्पको निहुँमा आफ्नो आयु बढाउन चाहिरहेका छन् । यही कुरालाई बल पुग्नेगरी माओवादीको एउटा हिस्साले पनि राष्ट्रिय सरकारको डम्फू बजाउनु उदेकलाग्दो भएको छ । राष्ट्रिय सरकारको डम्फू सरकार तथा संसद्वादी दलहरूप्रति जनताको आक्रोश मत्थर पार्ने षड्यन्त्रबाहेक अरू केही होइन । दलालहरूका यस्ता षड्यन्त्रलाई बेलैमा चिर्नु जरुरी छ । कुनै पनि असली माओवादी दलाल पुँजीपतिवर्गको सेवक हुनै सक्तैन । पहिलो संविधानसभा त असफल भयो भयो, दोस्रो संविधानसभा पनि असफलताको सन्निकट पुगिसकेको यतिबेला नेपालको राजनीतिक मुद्दाहरू जस्ताको तस्तै छन् । वास्तवमा नेपालको समस्या यो भूकम्पले पैदा गरेका समस्याहरूभन्दा निकै भयावह छन् । सत्तामा दलाल पुँजीपतिवर्गको हालीमुहाली छ । यो वर्गलाई हटाएर राज्यसत्तामा जनतालाई पु¥याउनु र नेपालीहरू आफ्नो समस्या आफैँ समाधान गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित गरेर देखाउने बेला पनि यो हो । नेपालको सरकार, संसद्वादी दलहरू र ब्युरोक्रेसीप्रति अन्तर्राष्ट्रिय जगत्को नकारात्मक धारणा यसपटक छर्लङ्ग भएको छ । यो उनीहरूको इथिक्समाथि ठूलो प्रश्नचिन्ह हो । संसद्वादी दलहरूको अवस्था ‘१२ वर्ष बाइबल पढायो, भूकम्प आउँदा राम राम’ भनेजस्तै भएको छ ।
भारत र अमेरिकाले नेपालको उत्तरी सिमानामा दिएको चासोलाई सरकारले प्रस्ट पार्नुपर्छ । यस्तो पीडाका बेलामा पनि धर्म परिवर्तन गराउन खोज्ने पश्चिमाहरू कति पाखण्डी रहेछन् भन्ने कुरा पनि यसपटक जनताले बुझ्ने अवसर पाएका छन् ।
भारत र अमेरिकाले नेपालको उत्तरी सिमानामा दिएको चासोलाई सरकारले प्रस्ट पार्नुपर्छ । यस्तो पीडाका बेलामा पनि धर्म परिवर्तन गराउन खोज्ने पश्चिमाहरू कति पाखण्डी रहेछन् भन्ने कुरा पनि यसपटक जनताले बुझ्ने अवसर पाएका छन् । राष्ट्रमाथि आइपरेको यति ठूलो विपत्को घडीमा पनि मानवीय समवेदना र मानवीय इथिक्स अर्थात् नैतिकता देखाउन नसक्नुले दलाल पुँजीपतिवर्गको अन्त्यको अवश्यम्भावितालाई थप पुष्टि नै गरेको छ । राजनीतिक, वैचारिक, सैद्धान्तिक, दार्शनिक र व्यावहारिक रूपमा इथिक्सविहीन भइसकेका संसद्वादी दलहरू अर्थात् दलाल पुँजीपतिवर्गले अब नेपालको सङ्कट समाधान गर्न सक्छन् भनेर सोच्नु जस्तो विडम्बना अरू के हुन सक्छ ? यिनीहरूले विगतमा माओवादीसित गरेको सहमति र सम्झौताको कुन धाराको पालना गरे ? समानान्तर सत्ता सञ्चालन गरेर आएको माओवादीलाई यिनीहरूले कहिले सत्तामा पहुँच दिनुपर्ने कुरा गरे ? महान् जनयुद्धलाई अवमूल्यन गर्ने तिनीहरू को हुन् ? बाह्यशक्तिको सहयोग र इशारामा माओवादीलाई घेराबन्दी गर्नु यिनीहरूको कस्तो इथिक्स हो ? त्यसैले अहिले परिस्थिति भनेको संसद्वादी दलहरूले माओवादीसित गरेको सहमति र सम्झौताको इमानदारीपूर्वक कार्यान्वयन गर्ने बेला हो । अन्यथा, भूकम्पबाट भएको आहात त केही समयपछि मत्थर हुँदै जाला, जनताले आफ्ना पीडा विस्तारै बिर्संदै जालान् तर संसद्दवादी दलहरू अर्थात् दलाल पुँजीपतिवर्गद्वारा पैदा गरिएको सङ्कटले अर्को राजनीतिक भूकम्प आउने कुरा निश्चित छ । यो भूकम्पबाट पैदा भएका समस्याहरूको व्यवस्थापन मात्र होइन, राजनीतिक व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बेला हो ।
राष्ट्र र जनताको जीवन बचाउने कुराभन्दा ठूलो इथिक्स संसारमा अरू केही हुन सक्दैन । भूूकम्पभन्दा खतरानाक छ– दलाल पुँजीपतिवर्ग । यो वर्गलाई आफ्नो र आफ्नो प्रभुभन्दा बाहेक अरूको कसैको सरोकार नै हुँदैन । यो वर्गसित लड्ने शक्ति भनेको माओवादी मात्रै हो ।
यतिखेर माथिको कथाको डाक्टरजस्तै सबैले आ–आफ्नो क्षमता, सीप र इमानदारिता प्रस्तुत गरेर राष्ट्र र जनताको जीवन बचाउने बेला हो । राष्ट्र र जनताको जीवन बचाउने कुराभन्दा ठूलो इथिक्स संसारमा अरू केही हुन सक्दैन । भूूकम्पभन्दा खतरनाक छ– दलाल पुँजीपतिवर्ग । यो वर्गलाई आफ्नो र आफ्नो प्रभुभन्दा बाहेक अरूको कसैको सरोकार नै हुँदैन । यो वर्गसित लड्ने शक्ति भनेको माओवादी मात्रै हो । नेपालको दलाल पुँजीपतिवर्गलाई पराजित नगरीकन जनताले मुक्तिको सास फेर्न असम्भव छ । भूकम्पबाट पैदा भएका समस्यासित लड्दै गर्दा दलाल पुँजीपतिवर्गसितको लडाइँलाई पनि तीब्रता दिनु आवश्यक छ । असली माओवादीबिना नेपालको कुनै पनि शक्तिले महासङ्कटसित लड्छु भन्नु सोम शर्माको कथासिवाय केही होइन । दलाल पुँजीपतिवर्गको ढाडमा टेकेर टाउकोमा हान्ने बेला यही हो ।

जेठ २, २०७२ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies