Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु

\"\"डोटी । यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको झण्डै एक वर्षपछि पूर्ण सरसफाइका लागि बहस शुरु भएको छ । ‘१९औँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा यो बहस शुरु भएको हो । गतवर्ष २०७४ असार २८ गते खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । छ वर्षअघिदेखि जिल्लाका विभिन्न भागमा खुल्ला दिसामुक्त घोषणा अभियानसँगै सरसफाइ अभियानले तीव्रता पाएको थियो । जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेपछि भने सरसफाइ अभियानको चर्चा ओझेलमा परेकाले क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले फेरी सरसफाईको बहस अघि बढाएको हो । सोही क्रममा जिल्लामा क्रियाशील पत्रकार, खानेपानी तथा सरसफाइका क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्था तथा विभिन्न विद्यालयका शिक्षकलाई ‘पूर्ण सरसफाइसम्बन्धी अभिमुखीकरण’ दिँदै उक्त अभियानलाई तीव्रता दिन उक्त कार्यालयले आग्रह पनि गरेको छ । “खुल्ला दिसामुक्त घोषणाले मात्रै हाम्रो सरसफाइ अभियान सम्पन्न भएको छैन”, उक्त कार्यालयका सिनियर इन्जिनियर रमेश मण्डलले भने, “अब पूर्ण सरसफाइको अभियानमा पनि सबै जाग्नुपर्छ । यसका लागि पहल पनि गर्ने योजनाका साथ यी अभिमुखीकरण थालेका हौं । ” दिगो विकास लक्ष्यअनुसार राज्यले सन् २०३० सम्ममा ‘सबै जनतालाई दिगो, स्वच्छ खानेपानीको र पूर्ण सरसफाइको पहुँच पु¥याउने’ लक्ष्य लिएको छ । सोहीअनुसार खुल्ला दिसामुक्त घोषणा अभियानसँगै देशव्यापीरुपमा पूर्ण सरसफाइ अभियान पनि सञ्चालन भइरहेका छन् । देशभरि हाल ५४ जिल्ला खुल्ला दिशामुक्त घोषणा भएका छन् । जसमा प्रदेश नं ७ का सबैजसो जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् । भर्खरै सार्वजनिक गरिएको प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा पनि प्रदेशलाई ‘फोहरमुक्त स्वच्छता, प्रदेश नं ७ को प्रतिबद्धता’ भन्ने नारालाई साकार पार्न स्थानीय तह, समुदाय र सरोकारवालाको सहभागितामा अभियान चलाइने बताइएको छ । पूर्ण सरसफाइ अभियानका लागि नेपाल सरकारद्वारा प्रकाशित ‘पूर्ण सरसफाइ मार्गदर्शन–२०७३’ मा योजना तर्जुमा तथा व्यवस्थापन, चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाइ र वातावरणीय सरसफाइजस्ता सातवटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ “यी सूचकहरु पूरा भएको अवस्थामा पूर्ण सरसफाइ भएको मानिन्छ”, सिनियर इन्जिनियर मण्डल भन्नुभयो “तर अहिलेको अवस्थामा यी सबै सूचकको अवस्था दयनीय छ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies