Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

जिल्लामा रगत अभाव

\"\"चितवन । चर्को गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दैनिक १०० युनिटभन्दा बढी रगतको माग हुने गर्छ । जिल्ला को सदरमुकाममा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र सरकारी भरतपुर अस्पतालसहित दुई दर्जन निजी अस्पतालमा दैनिक हुने शल्यक्रियाका कारण रगतको माग बढी हुने गरेको छ । दुर्घटनाका घाइतेका लागि पनि रगत आवश्यक पर्ने गर्छ । जिल्लाका ३०० संघसंस्थाले तालिका बनाएर रक्तदान गर्ने गरेको भए पनि वैशाख १५ देखि भदौ १५ गतेसम्म विगतका वर्षहरुमा झैँ यस वर्ष पनि रगतको अभाव हुन थालेको उहाँले बताए । जिल्लामा स्वतःस्फूर्तरुपमा संगठित युवाको संस्था ‘युथ फर ब्लड’, अन्य स्वयंसेवी संस्था र बिरामीका आफन्तले दिएको रगत बिरामीलाई दिइँदै आएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्रले रगतको माग बढ्ने र मागअनुसारको आपूर्ति बढ्न नसकेपछि प्रोत्साहनका कार्यक्रम शुरु गरेको छ । जसका लागि स्थानीय निकायसँग समन्वय गरी रक्तदान गर्ने संस्थालाई सहयोग गर्न थालिएको छ । भरतपुर महानगरपालिकाले एकजना रक्तदाता बराबर रु ५० र भरतपुर महानगरकै वडा नं ३, ४, १२ र २२ ले रु एक–एक सय र वडा नं ६ र ९ ले रु १५० आ–आफ्नो वडामा हुने रक्तदान कार्यक्रमको आयोजकलाई सहयोग उपलब्ध गराउँदै आएका छन् । त्यसैगरी रत्ननगर नगरपालिकाले रु १००, खैरहनी नगरपालिकाले रु १००, राप्ती नगरपालिकाले रु ५० र माडी नगरपालिकाले खर्चको आधारमा सहयोग गर्ने जनाएका छन् । यससँगै रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्थालाई आर्थिक सहयोगका लागि अन्यत्र भौँतारिनु पर्दैन । नेपाल अण्डा उत्पादक संघले एक रक्तदाता बराबर रु २५ सहयोग उपलब्ध गराउँदै आएको छ । अठार वर्षदेखि ६० वर्ष उमेरसम्मकाले रक्तदान गर्न उपयुक्त हुन्छ । रातो रक्तकोषको आयु ९० दिनको हुने गर्छ । सधैँ यो शरीरमा उत्पादन भइरहने र नष्ट पनि हुने गर्छ । त्यही नष्ट हुने रगत दिएर बिरामीलाई जीवनदान गर्न सकिने भएकाले यसलाई पुण्य कामका रुपमा लिएर रक्तदान गर्ने गर्छन् । पछिल्ला वर्षहरुमा युवा पलायन हुने कारणले रक्तदाताको संख्यामा कमी आएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE