Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कतारमा छोरालाई मृत्युदण्ड सुनाएपछी चौधरी दम्पती विह्वल

बर्दिवास । ‘हजुर, आब हमसभ केकर भरोसा मे जियब ?’ (हजुर, अब हामी कसको भरोसामा बाँच्नु) आफ्नो आसाभरोसाको एक मात्र छोरा अनिल चौधरीलाई कतारमा मृत्युदण्ड कार्यान्वयन गर्ने त्यहाँको अदालतको आदेशले विह्वल बनेकी महोत्तरी जिल्लाको औरही नगरपालिका–१ की करीब ५० वर्षीया देवी चौधरीले बुधबार बिहान सञ्चारकर्मीसँग भने । वैदेशिक रोजगारीमा सन् २०१५ को अगष्ट महिनामा कतार गएका २३ वर्षीय अनिललाई कतारी नागरिक उमेर मोहम्मद उमेर अल रमजालनी अल नाउयोमीको हत्या अभियोगमा करीब तीन महिनाअघि गत मार्चमा त्यहाँको प्रारम्भिक अदालतले दोषी ठहर गर्दै सुनाएको मृत्युदण्डको सजाय अब गोली हानेर कार्यान्वयन गर्ने आदेश गरेपछि औरही–१ को चौधरी परिवार चिन्तामा डुबेको छ । ‘नई हजुर, हमर बौवा बड सज्ञान अई, उ ककरो माइर नई सकैछै’ (होइन हजुर मेरो बाबु (छोरा) धेरै ज्ञानी छ, उसले कसैलाई मार्नै सक्दैन) देवीले भक्कानिँदै भने– ‘ओकरालेल किछ सोइच दिय, हमसभ बौवाक् साथ में बुढारी काइट सकी’ ९तपाइँहरुले उबारे केही सोची दिनुस्, हामी छोराको साथमा बुढ्यौली काट्न सकौ । अनिललाई गरिएको मृत्युदण्डको फैसला कार्यान्वयन गर्न त्यहाँको प्रारम्भिक अदालतले आदेश गरेको खबर फैलिएपछि अहिले औरही–१ स्थित भाडामा बसेका चौधरी परिवारको डेरा अगाडि आफन्त, छरछिमेकको बाक्लो आवतजावत बढेको छ । आफूहरुप्रति सहानुभूति दर्साउन आउने जोसुकैसँग अनिलका बाबु करीब ६० वर्षीय श्यामकिशोर चौधरी र आमा देवी बिलौना गर्दागर्दै मुच्र्छा पर्छन् । नजिक हुनेले चिसो पानी छेपेर बौराएपछि फेरि दुवै बूढाबूढी बिलौना गर्न थाल्छन् । ‘दुनु बेटीके सादी कैलावाद सब भरोसा ओकरे में टिकल छल, मुदा भगवान् के हमरा सभक खुशी मञ्जुर नई भेल’ (तीन सन्तानमध्ये दुई छोरीको विवाहपछि सबै आशा उसमैं टिकेको थियो, तर, भगवान्लाई हाम्रो खुशी मञ्जुर रहेनछ), बाबु श्यामकिशोर चौधरीले बिलौना गर्दै आगन्तुकसँग भने–, ‘अहाँँ सभगोटे ओकर कल्याणक लेल पुकारा किया दियौँ, जे हमर बेटा के हमसभ देख पावी’ ९तिमीहरु सबैले उसका लागि पुकारा गरी दिनु ताकि हामी छोरा हेर्न पाउँ । आफ्नो घर लडेपछि नजिकै एउटा कोठा भाडामा लिएर ठेलागाडामा सानो व्यापार गरेर गुजारा चलाउँदै आएका श्यामकिशोरको ठेला अब थन्किएको छ । दिनहुँ अनिलबारे चासो राख्दै आफन्त र शुभचिन्तकको ओइरो लागेपछि यो परिवार झन् विह्वल हुने गरेको छ । ‘एत्त सभ के देखैछी, मुदा हमर बौवा नइ अई, कि जानु हे भगवान् कोन दिन देखलेल हमरा जीवित रखने छह’ (यहाँ अरु सबै देख्दैछौँ, तर हाम्रो बाबु छैन, के जानौँ हे भगवान्, कस्तो दिन हेर्न हामीलाई जिउँदो राखेका छौँ) बिलौना गर्दागर्दै बूढा ढल्दा बूढीले थुम्थुम्याउने र बूढी ढल्दा बूढाले थुम्थुम्याउने गरेका यी बूढाबूढीको छोरो निर्दोेष भएकाले न्याय पाउने आश भने मरेको रहेनछ । ‘निचका अदालत के फैसला मे अपन कतार में रहवाला नेपाल के हाकिमसभ उपरी मुद्दा पहुचौने अई’ (त्यहाँको तल्लो अदालतको फैसला हाम्रा कतार बस्ने नेपाली हाकिमले माथिको अदालत पु¥याएका छन्), बाबु श्यामकिशोरले आँगनभरि जम्मा भएका आगन्तुकलाई सुनाउँदै भने –, ‘अहाँँसभ एत्त स ओत्ततक पहल किया दियौँ, हमर बौवा चैल आओत’ (तपाइँहरु यहाँ (काठमाडौँ) देखि उनि (कतार) सम्म पहल गरी दिनोस्, हाम्रो बाबु (छोरा) आउँछ । कतारको जेलमा रहेका छोरा अनिलले आफू निर्दोष रहेको बताउँदै आएको र कतारस्थित नेपाली राजदूतावासले सर्वोच्च अदालतमा मुद्दा पु¥याएको कुरा बुझेको यो दम्पतीले सर्वोच्चबाट न्याय पाएर छोरा छुट्ने आश मारेको छैन । पछिल्लो पटक परराष्ट्र मन्त्रालयले सर्वोच्चमा मुद्दा लड्ने खर्च जुटाएर दूतावासलाई पठाएको कुरा थाहा पाएपछि छोरो छुटेर आउने आश चौधरी दम्पतीले सँगालेको औरही–१ का राजनीतिक, सामाजिक कार्यकर्ता सरोज यादव बताउछन् । ‘उ असल र मेहनती युवा हो, उ निर्दोष सावित भएर फर्कने कुरामा उसका बाबुआमा र हामी छिमेकीको आश मरेको छैन’ यादवले भने । ढलेको घर रहेको ठाउँमा सातधुर घडेरी र चौडीमा सात कट्ठा जग्गा भएको चौधरी दम्पतीको भरणपोषण भने अनिलले पठाउने रकमबाट हुँदै थियो । सन् २०१७ को अप्रिलमा पक्राउ पर्नुअघि साढे तीन लाख रुपैयाँ रकम अनिलले पठाएको बाबु श्यामकिशोरको भनाइ छ । पठाएको पैसाले ऋण तिरेर आफूहरुको खेवा खर्च पनि चल्न पुग्ने भएपछि अब चै आउने रकम सञ्चिता हुन्छ भन्ने आश पालेका चौधरी दम्पतीलाई छोराको अवस्थाले दयनीय अवस्थामा पु¥याएको छ । ‘कि लिखल हई भाग में, कि जानी’ ९के लेखिएको छ, भाग्यमा के जानौँ० छाति पिट्दै रोइरहेकी पत्नी देवीलाई फुल्याउँदै श्यामकिशोरले ढाडस दिँदै भने–, ‘भगवान् में भरोसा करु, सब ठिक भजायत’ (भगवानमा भरोसा गर, सब ठीक हुन्छ) । नेपालबाट कामका लागि कतार पुगेका अनिल त्यहाँको एक कम्पनीमा लेवरको रुपमा कार्यरत थिए । अहिले कतारस्थित नेपाली दूतावासले अनिलको जीवनरक्षाका लागि कतारको सर्वोच्च अदालतमा अपिल गरेको छ । कतारस्थित नेपाली दूतावासले नेपाल सरकारसँग उनको जीवनरक्षाको लागि पहल गर्न ३० हजार रियाल (करीब रु ६० लाख) माग गरेको छ । दूतावासको उक्त प्रस्तावबारे परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा छलफल भइरहेको सूचना आफूले पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies