Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

तरकारी व्यापारले सर्लक्कै फेरिएको सियावतीको जीवन

\"\" लहान । कुनै बेला घरबाट निस्कन र कसैसँग हतपति बोल्नसमेत लजाउने सिरहा लक्ष्मीपुर गाउँपालिका–६ सलोखरीकी सियावतीदेवी रामलाई अहिले बजारमा तरकारी पु¥याउन भ्याइनभ्याई भएको छ । सामान्य लेखपढ गर्नसमेत नजानेकी सियावतीलाई बिहान हुनेबित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजिकको शहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ । एक वर्षअघिसम्म पूँजीको अभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उनी अहिले गाउँ नजिकैको शहर बजारमा तरकारी खरिद बिक्री गरेर राम्रो आम्दानी गर्दै आएकी छिन् । आयआर्जनको गतिलो आधारसँगै सियावतीको जीवनमा परिवर्तनमात्र होइन, परिवारको पहिचानसमेत फेरिएको छ । आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहु महाजन कहाँ बनिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै उनी भनिन्, “पहिले ज्याला मजदूरीमा सधँै काम गरेर जीविकोपार्जन गरिरहेकी थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौ–धौ हुन्थ्यो ।” ज्याला मजदूरीमा दिनभरि काम गर्दा मात्र तीन किलो धान ज्याला पाइन्थ्यो, त्यसकारण परिवार चलाउन समस्या हुन्थ्यो, सियावतीले भनिन्, “तर अब मेरो त्यो दुःखको दिन कटेको छ ।” अहिले तरकारी व्यापार गरेरै पाँचजना परिवारको गुजारा चलाउँदै आएकी छु, उनी भनिन् । दुई वर्षदेखि तरकारी व्यवसाय शुरु गरेकी उनले परिवारको गुजारा चलाउन मात्रै होइन, छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएकी छन् । त्यतिमात्रै होइन, त्यही तरकारी व्यापारबाट घडेरीका लागि १० धुर जग्गासमेत जोडेकी छन् । सधँै घरबाट निस्कन र बोल्न लजाउने स्वभावकी सियावतीको जीवनमा आएको यो परिवर्तन कुनै चमत्कारिक शक्तिबाट नभई समग्र विकास सेवा केन्द्रले सञ्चालन गरेको सशक्तीकरण कार्यक्रमबाट आएको हो । शुरु शुरुमा म धेरै लजाउँथे, के गरौं नगरौँ भन्ने थाहै थिएन, सधैँ मजदूरी गरेर जेनतेन परिवारमात्रै पाल्थेँ, सियावतीले भनिन्, “तर, जब समग्र सामुदायिक विकास केन्द्रले गाउँमै कार्यक्रम सञ्चालन गरे, तबदेखि मेरो जीवनमा परिवर्तन आयो ।” केन्द्रकै कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियतामा गठन भएको मिलन सामाजिक परिवारमा आबद्ध भएकी उनी त्यही सामाजिक परिवारको सहयोगमा दुई वर्षअघिदेखि तरकारी व्यवसाय शुरु गरेको बताउँछिन् । सिरहाको लहान, गोलबजार, धनगढीमाईलगायत बजारबाट तरकारी खरिद गरी लक्ष्मीपुर, पोखरभिण्डा, पतारीलगायतका बजारमा तरकारी व्यापार गर्दै आएकी सियावती भन्छिन्, “अहिले त्यही तरकारी व्यापारबाट दैनिक रु ३०० देखि रु एक हजारसम्म नाफा भइरहेको छ ।” आफू आबद्ध भएको सामाजिक परिवारबाट रु १५ हजार ऋण लिएर शुरु गरेको तरकारी व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गरेर समूहमै बचत गर्दै आएको उनी बताउँछिन् । शुरु शुरुमा तरकारी व्यापार गर्न लाज लाग्थ्यो, उनी भनिन्, “तर, समग्र विकासको चन्देश्वर राम सरले तरकारी किनबेच गर्ने तरिका बताउनुका साथै एक दुई हटियासँगै तरकारी किन्नबेच गर्न सहयोग गरेपछि विस्तारै मलाई पनि हिम्मत आयो र लाज मानेरै भए पनि मैले तरकारी किनबेचलाई निरन्तरता दिँदै आएँ ।” यसरी विस्तारै लाज हट्दै गएको र प्रगतिको ढोकासमेत खुल्दै गएको उनको कथन थियो । आफ्नो तरकारी व्यापार प्रगतिको पथमा अघि बढ्दै गएपछि परिवारमा हुँदै आएको झैभगडासमेत रोकिएको सुनाउँदै सियावतीले अहिले आफ्नो पति रामउदगारले पनि आफ्नो व्यापारमा साथ दिँदै आएको बताए । पहिला कुनै काम गर्दा साहु महाजनबाट मासिक ब्याजमा ऋण लिनुपर्ने बाध्यताबाट समेत मुक्त भएकामा खुसी व्यक्त गर्दै उनी भनिन्, “तरकारी व्यापारका कारण अहिले साहु महाजनको ऋणबाट मुक्ति पाएको मात्र होइन, गरिबी जीवनबाट समेत छुटकारा पाएको छु ।” जीवनसंगीनीको साहसिक कदमबाट उत्साहित भएका रामउदगार भन्छन्, “मैथिलीमा एउटा भनाइ छ, जेने करे कपार, से करे व्यापार ९जे सम्भव छैन भाग्यबाट त्यो सम्भव छ, व्यापारबाट० हो रहेछ, त्यो मैले महसुस गरेँ ।” श्रीमतीको तरकारी व्यापारबाट आफू उत्साहित भएको रामउद्गारको कथन छ । यसरी सियावतीदेवी जस्तै महिला घरेलु तथा साना व्यापार व्यवसायमार्फत आत्मनिर्भर बन्ने बाटोमा अग्रसर भए समाजमा छिट्टै परिवर्तन आउन सक्ने स्थानीय बुद्धिजीवीको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies