Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

डोनाल्ड ट्रम्प र किम जोङको बैठक जुन १२ मा हुने

रद्द गरिएको एक हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर बैठक पूर्वनिर्धारित समयमै हुने बताएका छन् ।

एकजना उच्च उत्तर कोरियाली दूतसँग ह्वाइट हाउसमा भेटेपछि उनले यस्तो बताएका हुन् । ती दूत किम यङ-चोलले उत्तर कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र हस्तान्तरण गरेका थिए । शुरूमा ट्रम्पले त्यो पत्र निकै चाखलाग्दो भनेर व्याख्या गरे । तर पछि उनले पत्र खोलिनसकेको बताए । ट्रम्पले शिखर बैठक एउटा शुरूवात मात्रै भए पनि अन्ततोगत्वा त्यो सफल हुने आफ्नो विश्वास रहेको बताए । उनले उत्तर कोरियासँगको सम्बन्ध बनिरहेको र त्यो निकै सकारात्मक रहेको उल्लेख गरे । एन्थोनी जर्चर भन्छन्, यो ट्रम्पको कूटनीति हो। विश्वले यस्तो अपेक्षा गरेको हुँदैन । \"हामीले यस्तो खालको शासनसत्ता विगतमा कहिल्यै देखेका थिएनौँ । किनभने ट्रम्प विगतमा चुनिएका अमेरिकी राष्ट्रपतिभन्दा नितान्त फरक छन् ।\" शुरूमा \'आगो र क्रोध\' सम्बन्धदेखि \'लामो समययताकै सबैभन्दा राम्रो सम्बन्ध\' भनेर ट्रम्पले भनिरहँदा शिखर बैठक पहिले आयोजना हुने र त्यसपछि नहुने भनियो। अहिले आएर फेरि हुने भनिएको छ । ऐतिहासिक वार्ताहरू गरिरहँदा ट्रम्पले पत्रकारहरूसँग पूर्वयोजना विनाकै १६ मिनेट लामो सवाल-जवाफको सत्र बिताएका थिए र विश्वको ध्यान आफूतिर खिचेका थिए । कानून पारित गर्न गाह्रो छ। अझ रुसले चुनावमा गरेका भनिएका हस्तक्षेपविरूद्धको अनुसन्धान झेल्नु आवेगपूर्ण छ । तर ह्वाइट हाउसमा \'उत्तर कोरियाका दोस्रा वरिष्ठ नेता\'लाई स्वागत गर्नु तुलनात्मक रूपमा सजिलो छ । ट्रम्पले भइरहेका प्रगतिको स्वागत गरे पनि उनले आगामी शिखर बैठकबाट गरिएका अपेक्षाहरूलाई भने कमै रहन थिए । त्यसक्रममा उनले शिखर बैठक एउटा भव्य हस्ताक्षर समारोहमा रुपान्तरण हुनेछ भनेर अपेक्षा नगरिएको बताए । अहिले सिंगापुर बैठक पहिलो पाइला मात्रै हुने देखिन्छ । त्यसले दुई नेताहरूलाई ऐतिहासिक फोटो खिचाउने अवसर दिनेछ। र, भविष्यमा महत्त्वपूर्ण समझदारीको अपेक्षा गरिनेछ । अघिल्लो वर्ष धेरैले युद्धतर्फ उन्मुख भएको भनेका राष्ट्रपतिका लागि त्यो अपेक्षा गरेभन्दा बढी हो ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending