Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

राष्ट्रपतिको कट्टर आलोचक खोज पत्रकारको हत्या

राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका एकजना चर्चित रुसी खोज पत्रकारको युक्रेनको राजधानी किएभमा गोली हानी हत्या गरिएको छ ।

प्रहरीको विज्ञप्तिमा आर्काडी बाब्चेन्कोलाई मंगलवार साँझ गोली हानिएको र त्यसको केहीबेरपछि नै उनको ज्यान गएको उल्लेख गरिएको छ । अहिलेसम्मका प्रमाणहरूले सुनियोजित हत्या भएको संकेत गरेका छन् । बाब्चेन्कोकी श्रीमतीले मंगलवार साँझ बाहिर गोली चलेको सुनिन् । उनले पछाडिबाट गोली हानिएका आफ्ना श्रीमान् रक्ताम्मे अवस्थामा लडिरहेको फेला पारेकी थिइन् । त्यसपछि एम्बुलेन्समा उपचारका लागि लैजाँदै गर्दा उनको मत्यु भयो । सन् २०१६ मा दुर्घटनाग्रस्त रुसी सैनिक विमानका बारेमा लेखेपछि आफूलाई मारिदिने धम्की आएको भन्दै उनले रुस छाडेका थिए । शुरूमा उनी प्राग गए पनि पछि युक्रेनी राजधानीमा सरेका थिए । विगतमा युद्ध संवाददाताका रूपमा पनि काम गरेका उनले किएभको एउटा युक्रेनी च्यानल एटीआर टिभीमा प्रस्तोताका रूपमा काम गर्दै आएका थिए । मस्कोमा १८ वर्षको उमेरमा कानून विषय अध्ययन गर्दै गर्दा उनी सेनामा भर्ना भएका थिए र सन् १९९४ देखि २००० सम्म चेचेन युद्धमा सरिक भए । दवन्द्वसम्बन्धी उनको अनुभव एउटा आत्मकथाको रूपमा प्रकाशित छ । त्यसपछि उनी पत्रकार भए र उनले विभिन्न सञ्चारमाध्यममा काम गरे । बाब्चेन्को रुसी राष्ट्रपति पुटिनका कटु आलोचक थिए र त्यस्ता धारणा राख्ने अरू जस्तै उनी पनि छिमेकी देश युक्रेनमा बस्दै आएका थिए । पछिल्ला दुई वर्षमा किएभमा क्रेम्लिन विरोधी नेता तथा पत्रकारका लागि खतरनाक स्थान बनेको छ किनभने त्यस्ता व्यक्तिहरूलाई त्यहाँ आक्रमण गर्ने गरिएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending