यस कारण त्यागे सांसद गोपाल शर्माले नेकपाको केन्द्रीय सदस्य पद
जेष्ठ ११ गते, २०७५ शुक्रवार 25th May, 2018 Fri१३:४९:१० मा प्रकाशित
काठमाडौं । पद पाउन नेपालका दलहरुमा नेताहरुको मारामार,रोइलो हुन्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका लागि केही समय नेताबीच दौडधुप नै चल्यो । तर एकजना नेता अन्य भन्दा फरक देखिएका छन् । रुकुमबाट नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनाइएका गोपाल शर्मा‘अनल’ ले भने पाएको पद पनि छाडेको घोषणा गरेका छन् ।
अाजको अन्नपूर्णमा खबर छ-उनले आफू भन्दा क्षमतावान र धेरै होनाहार नेता छुटेकाले उनीहरुका लागि पद त्याग गरेको बताएका छन् । तत्कालीन माओवादी केन्द्रका रुकुम अध्यक्ष शर्माले आफुले पाएको पद असन्तुष्टिले भन्दा पनि अगुवालाई अवसर दिन छाडेको बताएका छन् ।
उनले भूमिका नभएकाहरुलाई भूमिका दिन आफुले केन्द्रीय सदस्य पद छोडेको बताए । ‘म त सांसद छँदैछु नि, किन मलाई दोहोरो पद चाहियो\', उनले भने, \'अरु साथीहरु भूमिकाविहीन हुनुहुन्छ, उहाँहरुलाई समेट्दा काम गर्न पनि सजिलो हुन्छ ।’
रुकुमका पूर्व पाल्पा जिल्ला इन्चार्ज वसन्त शर्मा र विप्लवबाट आएका महेन्द्र केसीलाई भूमिका दिन आफुले पद छाडेको उनले बताए । गोपाल शर्मा पाल्पाको सेक्रेटरी हुँदा वसन्त शर्मा पाल्पा इन्चार्ज थिए ।
\'वसन्त शर्मा लामो समय पाल्पाको इन्चार्ज हुनुभयो, महेन्द्र केसी विप्लवबाट नेतृत्व लिएर माओवादी केन्द्रमा आउनु भएको हो\', उनले थपे, ‘उहाँसँगै विप्लवबाट आउने केन्द्रीय सदस्य भइसके तर उहाँ पर्नु भएन, उहाँहरुलाई जसरी पनि केन्द्रीय समितिमा समेट्नु पर्छ ।’ गोपाल शर्माको नेतृत्वमा स्थानीय निर्वाचनमा माओवादी केन्द्रले रुकुममा अन्य दललाई स्वीप गरेको थियो ।
उनले आफु केन्द्रीय सदस्य हुन लायक नभएर छाडेको भन्ने कुरा गलत रहेको बताए । ‘बाँके बर्दियाको इन्जार्चमा २०५८ साल नै थिए, त्यो भन्दा अगाडि विद्यार्थीको नेतृत्व गरेको थिएँ\', उनले भने, \'म भन्दा जुनियरहरु धेरैजना केन्द्रीय कमिटीमा हुनुहुन्छ तर भूमिका नपाएका अग्रजहरुलाई भूमिका दिनुपर्छ भन्ने मेरो मत हो ।’
केन्द्रीय सदस्य परिग्याग गरेका शर्मा रुकुमका प्रदेश सांसद हुन । उनले छुटेका होनहार नेतालाई केन्द्रीय कमिटिमा समेट्ने अरुले पनि सदासयता देखाउनु पर्ने बताए । ‘सांसद हुने केन्द्रीय सदस्य हुनै पर्छ भन्ने छैन\', शर्माले भने,\'छुटेकालाई समेट्न अरुले पनि मैले जस्तै त्याग गर्नु सक्नु भयो भने नेकपा अझै सशक्त हुन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: