Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

फेसबुकले तपाईंसँग किन मागिरहेको छ नग्न तस्बिर ?

बेलायती प्रयोगकर्तालाई फेसबुकले निर्वस्त्र तस्बिर पठाउन आग्रह गरिरहेको छ । बदलाको भावनामा सोसल मिडियामा पोष्ट गरिने अन्तरंग पलका तस्बिरलाई फेसबुकमा अपलोड हुनबाट जोगाउनका लागि यस्तो गरिएको बताइएको छ । यस्तो प्रकारको प्रविधीको प्रयोग बच्चामाथि गरिएको दुर्व्यवहारको तस्बिरको पोस्टिङ रोक्नका लागि गरिएको छ । फेसबुकले यो प्रविधी अष्ट्रेलियामा प्रयोग गरेको थियो र अब यसलाई ब्रिटेन, अमेरिका र क्यानडामा प्रयोग गर्ने कोसिस गरिएको छ । फेसबुकका एक प्रवक्ताले बीबीसी न्यूजबीटलाई ब्रिटेनका मानिसहरुका लागि यो एक खुल्ला प्रस्ताव भएको जानकारी दिएका छन् । फेसबुकले उक्त प्रविधी अष्ट्रेलियामा कसरी अपनाएको थियो भन्ने बारे कुनै जानकारी दिएको छैन तर मानिसको विश्वास जित्नका लागि यो एक महत्वपूर्ण कार्य हो । के तपाईं फेसबुकलाई आफ्ना गोप्य तस्बिर पठाउन तयार हुनुहुन्छ ? तपाईंका ती तस्बिर फेसबुकले पूर्ण संवेदनशीलता अपनाएर कसैमाझ सार्वजनिक नगर्ने कुरामा ढुक्क हुन सक्नुहुन्छ ? यो आइडियाले कसरी काम गर्छ ? यदि तपाईं कुनै तस्बिरका कारण तनावमा हुनुहुन्छ भने फेसबुकले तपाईंलाई यसबारे आफ्नो पार्टनरसँग कुरा गर्न सल्लाह दिन्छ । ब्रिटेनमा बदलाको भावनामा अंतरंग तस्बिर पोष्ट भएकोमा उजुरीका लागि हेल्पलाइन छ । हेल्पलाइनमा उजुरी दिएपछि त्यहाँका कर्मचारीले फेसबुकसँग सिधा सम्पर्क गर्दछन् । नग्न तस्बिर कसले हेर्नेछन् ? फेसबुकको ग्लोबल हेड अफ सेफ्टी एन्टिगोन डेविसले न्यूजबीटसँगको कुराकानीमा उक्त फोटो पाँचजना सदस्य रहेको एक समूहले हेर्ने बताए । उनका अनुसार ती पाँच सदस्य प्रशिक्षित समिक्षक हुनेछन् । सबै फोटोलाई एक विशेष डिजिटल फिंगरप्रिन्ट दिइन्छ जसलाई ह्याश भनिन्छ । त्यसपछि डेटाबेशको रुपमा एउटा कोड स्टोर गरिनेछ । यदि कसैले त्यही फोटो अपलोड गर्ने कोसिस गरे, यसले उक्त कोडको अनुसन्धान गर्नेछ र फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा आउनुअघि नै ब्लक गरिदिन्छ । के यो आइडियाले काम गर्ला ? एन्टिगोन डेविसले यसको शत प्रतिशत ग्यारेन्टी नभएको स्विकार गरेका छन् । उनका अनुसार यदि त्यही फोटोलाई एडिट गरिन्छ भने फेसबुकको सिस्टममा रहेको मूल फोटोभन्दा त्यो भिन्न हुन्छ, जसलाई अपलोड गर्न सकिन्छ । यद्यपी, यसलाई थप प्रभावशाली बनाउने कोसिस भइरहेको उनले जानकारी दिएका छन् । एन्टिगोनका अनुुसार तपाईंलाई तनाव दिइरहेको उक्त तस्बिर तपाईंसँगै हुनुपर्छ । उदाहरणका लागि यदि तपाईंका पूर्व प्रेमीले आफ्नो मोबाइलबाट तपाईंसँग नभएका गोप्य तस्बिर अपलोड गर्छन् भने यो तरिका तपाईंलाई काम लाग्दैन । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending