Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भारतमा निपाह भाइरसको संक्रमणबाट १२ घण्टाभित्रै थप ८ को मृत्यु, कति जोखिममा छ नेपाल ?

काठमाडौँ । भारतको केरल राज्यमा एउटा नयाँ प्रकारको भाइरसको संक्रमणबाट एकै अरिवार्का तीन जनाको मृत्यु भएपछि यसले स्वास्थ्य चासो बढाएको छ । निपाह नाम दिइएको उक्त भाइरसलाई विश्व स्वास्थ्य संगठनले तीव्र गतिमा फैलिरहेको पशुजन्य संक्रमणको रूपमा परिभाषित गरेको छ । यस भाइरसको प्रकृति पूर्ण रूपमा थाहा पाइनसकिएकाले यसको संक्रमण भइसकेपछि देखा परेका लक्षणहरूको उपचार गर्नु बाहेक अन्य विकल्प नरहेको स्वास्थ्यविदहरू भन्छन् । भारतीय मिडियामा पछिल्लो दुई हफ्तामा केरल राज्यको तटीय सहर कोकिझोडमा एकै परिवारका तीन जनाको ज्यान जाने कारण यहि भाइरसको संक्रमण रहेको तथ्यहरूले पुष्टि गरेको भनी समाचार सम्प्रेषण गरेका छन् । इण्डियन एक्सप्रेसका अनुसार तीनै जनाको ज्यान गएको १२ घण्टा भित्र नै कोकिझाड र मलाप्पुरममा समान प्रकारका लक्षणसँगै थप ८ जनाको मृत्यु भएपछि सरोकारवालालाई झनै चिन्तित बबाइदिएको छ । कस्तो हो यो भाइरस? \"\"विश्व स्वास्थ्य संगठनका अनुसार  निपाह भाइरस (NiV) तीव्र गतिमाफैलिरहेको भाइरस हो जसले मानिस थाथा जनावरहरूमा गम्भीर प्रकारको बिमारी गराउँछ । यस भाइरसको बारेमा सबैभन्दा पहिले १९९८ मा मलेसियाको कम्पङ सुंगाई निपाह भन्ने पत्ता लागेको थियो । यसै ठाउँको नामबाट यस भाइरसको नाम पनि निपाह परेको हो । उक्त समय यस भाइरसले बंगुरहरूलाई संक्रमित बनाएको थियो । यसको विस्तारको प्रक्रिया पनि अचम्म लाग्दो छ । आजसम्म जहाँ जहाँ निपाह भाइरसको संक्रमण भेटिएको छ त्यहाँ यसलाई सर्ने कुनै मध्यम पाइएको थिएन । सन् २००४ मा बंगलादेशमा पनि केही मानिसमा यसको संक्रमण देखा परेको थियो । उक्त समय संक्रमितहरूले खजुरको रुखको चोप सेवन गरेका थिए र त्यहाँसम्म फ्रुटब्याट भनिने एक प्रकारको चमेरो ले उक्त भाइरस पुऱ्याइएको निष्कर्ष निकालिएको थियो । उपलब्ध छैन कुनै उपचार यसका साथै हालैका दिनहरूमा यो भाइरस मान्छेबाट मान्छेमा सर्न थालेको तथ्य समेत फेला परेको छ । भारतका केही अस्पतालहरूमा भर्ना गरिएका संक्रमितहरूमा मान्छेबाट नै उक्त भाइरस सरेको पाइएको थियो । निपाह भाइरसको संक्रमण भएपछि श्वासप्रश्वास सम्बन्धी गम्भीर लक्षण देखा पर्ने या इन्सेफ्लाइटिस हुने बताइएको छ । मानिस एअवं जनावरहरूलाई यस भाइरसको संक्रमणबाट बचाउन सक्ने कुनै औषधि आजसम्म बनेको छैन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन-सीडीसीका अनुसार निपाह भाइरसको संक्रमण इन्सेफ्लाइटिस रोगसँग जोडिएको छ जसले मष्तिष्कमा नोक्सान पुऱ्याउँछ । कस्ता छन् त लक्षण? यस भाइरसले शरीरमा प्रवेश गरेपछि ३ देखि १४ दिनसम्म अत्यधिक ज्वरो र टाउनको दुख्ने कारण बन्न सक्छ। यी लक्षणहरूले २४ देखि ४८ घण्टाभित्र रोगीलाई कोमामा पुऱ्याउन सक्छन् । सुरुमा सास फेर्न समस्या देखिने गरे पनि आधाभन्दा बही रोगीहरूमा स्नायु सम्बन्धी समस्याहरू देखा पर्न सक्छन् । कसरी सर्छ निपाह भाइरस? सन् १९९८-९९ मा यो संक्रमण फैलिँदा २६५ जनामा यसका लक्षण देखा परेका थिए जस मध्ये ४० प्रतिशतमा गम्भीर स्नायु सम्बन्धी समस्याहरू देखा परेका थिए र ती सबैको मृत्यु भएको थियो। सामान्य अवस्थामा यो भाइरस मानिसको सम्पक्मा आउने चमेरा, बंगुर या अन्य संक्रमित मानिसबाट सर्न सक्छ । मलेसिया र सिङ्गापुरमा यो भाइरस बंगुर बाट सरेको थियो भने बंगलादेश र भारतमा यो चमेरा र मानिसबाट सरेको पाइएको छ ।  खुला सीमा र समान जलवायुका कारण नेपालमा पनि यसको जोखिम रहेको भएपनि यसबारे कुनै आधिकारिक जानकारी भने प्राप्त भएको छैन । एजेन्सीहरूको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending